- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsठूलो हैन असल बनौंः मदनकृष्ण

ठूलो हैन असल बनौंः मदनकृष्ण

- Advertisement -spot_img

ज्ञानज्योतिको रजतजयन्ती …
तुलसीपुर, २९ माघ । ज्यानज्योति एजुकेशन फाउण्डेसनले आफ्नो २५औँ वर्ष उत्सव मनाएको छ । ज्ञाानज्योति मावि बन्गैबाट सुरू भएको ज्ञानज्योति फाण्डेसन अहिले २५ वर्ष पूरा भएको हो ।
२५ वर्षको अवसरमा ज्ञानज्योतिले रजत महोत्सव मनाएको छ । रजतजयन्तीको बरिष्ठ हाँस्य कलाकार मदन कृष्ण श्रेष्ठले उद्घाटन गरेका थिए ।
बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले ठूला मान्छेहरूले देश बिगारेको बताएका छन् । मान्छे ठूलो नभएर असल बन्नुपर्ने भन्दै हरेक व्यक्ति ठूलो मान्छेभन्दा पनि असल मान्छे बन्नुपर्ने बताए ।
ठूला बनेका मान्छेहरूले देशलाई बर्बाद बनाएको प्रति चिन्ता व्यक्त गरे । ज्ञानज्योतिले पनि असल मान्छे उत्पादन गरिरहेको र गर्ने बताए ।
२५ वर्ष पुग्दै गर्दा ज्ञानज्योतिको अवस्था यति राम्रो देखियो त्यसकारण असल मान्छे उत्पादन नै हो । श्रेष्ठले देशको समृद्धिका लागि इमान्दारिताका साथ काम गर्ने असल व्यक्तिको खाँचो रहेको बताए ।
त्यसैले ठूलो मान्छे होइन हरेक विद्यार्थी असल मान्छे बन्न आवश्यक छ । विद्यालय घरपछिको दोस्रो शिक्षाको थलो रहेको भन्दै उनले विद्यालयले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञान दिनुपर्ने बताए ।
सामाजिक कार्यले हरेक कोही व्यक्तिलाई अगाडी बढ्न मद्दत पुग्ने बताए । त्यो लयमा ज्ञानज्योति देखिएको उनले बताए । उनले आफ्नो रचना भएका गीतहरू प्रस्तुत गरेका थिए ।

मान्छे ठूलो नभएर असल बन्नुपर्ने भन्दै हरेक व्यक्ति ठूलो मान्छेभन्दा पनि असल मान्छे बन्नुपर्ने र ठूला बनेका मान्छेहरूले देशलाई बर्बाद बनाएको मदनकृष्ण श्रेष्ठले बताए ।


ज्ञानज्योती फाउण्डेसनका संस्थापक अध्यक्ष टिकाबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा मदन पुरस्कार प्राप्त साहित्यकार निलम कार्की निहारीकाले हरेक विद्यार्थीको भविष्य निर्धारण विद्यालयले गर्नुपर्ने बताइन् ।
‘विद्यालयमा विभिन्न शिक्षासँगै नैतिक शिक्षा प्राप्त हुन्छ’ उनले भनिन्, ‘त्यसैले हरेक विद्यार्थीको भविष्य निर्धारण गर्ने काम विद्यालयले गर्न आवश्यक छ ।’
कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पस घोराहीका पूर्व क्याम्पस प्रमुख नारायण सिंह गुरूङ, बाल साहित्यकार जयन्ता सत्याल, कलाकार श्रेष्ठकी छोरी एवं गायिका सराना श्रेष्ठ, प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष मधुशुधन केसी, नेसनल प्याब्सन दाङका उपाध्यक्ष भोजराज न्यौपाने,
नेपाल पत्रकार महासंघ दाङका सहसचिव शर्मिला डिसी, तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष खेमराज वली, त्रिसिद्धेश्वरी राप्ती यातयात प्रालिका अध्यक्ष सुरेस हमाल, तुलसीपुर उद्योग वाणिज्य सघंका महासचिव रूपबहादुर खत्री,
विद्यार्थी सोनाली गुप्तालगायतले समाज परिवर्तनका लागि ज्ञानज्योतिले शिक्षा क्षेत्रमा गरेका कार्यहरूको प्रशंसा गरेका थिए । समाज रूपान्तरणका लागि शिक्षाको अति नै आवश्यक रहेको समेत औल्याए ।

ज्ञानज्योती बालआश्रम सञ्चालन गर्ने

ज्ञानज्योतिको रजतजयन्तीको अवसरमा सामाजिक कार्यको घोषणा गरिएको छ । ज्ञानज्योति फाउण्डेशनका सिइओ सुरेन्द्र जिसीले शिक्षा क्षेत्रमा मात्रै नभएर अब सामाजिक उत्तरदायित्व अन्तर्गत बालआश्रम सञ्चालन गर्न लागेको सार्वजनिक गरेका हुन् ।
उनले अभिभावकविहीन र जेहेन्दार बालबालिकाको लागि आश्रम सञ्चालन गर्न लागिएको बताए । पहिलो वर्ष २५ जनाबाट सुरू हुने आश्रम एकसय जनाको क्षमता रहेको बताए । बालआश्रमको ब्यानर श्रेष्ठले उद्घाटन गरेका थिए ।
त्यस्तै २५औँ रजत महोत्सवका अवसरमा विद्यालयले प्रकाशन गरेको रजत स्मारिका विमोचन पनि गरिएको छ । विगत २५ वर्षदेखि पश्चिम दाङमा रहेर शिक्षा प्रदान गर्दै आएको ज्ञानज्योति मावि अहिले फाउण्डेसनका रूपमा रूपान्तरण भइसकेको छ । फाउण्डेसनअन्तर्गत विभिन्न ठाउँमा गरेर जिल्लामा १० वटा विद्यालय सञ्चालनमा रहेका छन् ।
कार्यक्रममा लामो समयदेखि विद्यालयमा अध्यापन गराउँदै आएका दर्जनौँ शिक्षक, शिक्षिकाहरूलाई सम्मान एवं पुरस्कृत गरिएको छ । ज्ञानज्योति माविका सिइयो सुरेन्द्र जिसीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक बसन्त आचार्यले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here