Friday, April 19, 2024
Homebreaking-newsसेनाको गाडी दुर्घटना एकको मृत्यु

सेनाको गाडी दुर्घटना एकको मृत्यु

- Advertisement -spot_img

दाङ, २९ माघ । नेपाली सेनाको ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने छजना घाइते भएका छन् । बुधबार सल्यानबाट बुटवल जाँदै गरेको सपुत गण ब्यारेक सीमखर्क सल्यानको लु १ ग १२३ नम्बरको ट्रक राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर–कपुरकोट सडक खण्डको चोरखोलामा दुर्घटना भएको हो ।
दुर्घटनामा परी सिमखर्क ब्यारेकमा कार्यरत सेनाका जमदार यादव प्रसाद धरेलको मृत्यु भएको नेपाली सेनाको १९ नं बाहिनी तुलसीपुरका सहायक बाहिनीपति महासेनानी अलिन सिंहले जानकारी दिए ।
गाडीमा रहेका सातजनामध्ये सिमखर्कमा कार्यरत जमदार धरेलको घटनास्थलमै मृत्यु भएको भने मेजर ईश्वर सिलवालसहित छजना घाइते भएका छन् ।

घाइते हुनेहरूमा विपिन श्रेष्ठ, मोहन थापा, जयप्रसाद बोहरा, विशाल गुरूङ, रोशन हित रहेका छन् । दुर्घटना भएको गाडी सडकबाट करिब ५ सय मिटर तल जंगलमा खसेको छ ।
दुर्घटनामा परी घाइते भएकाहरूको राप्ती प्रादेशिक अस्पतालमा प्राथमिक उपचार गरेर थप उपचारको लागि सेनाको हेलिकोप्टरबाट सैनिक अस्पताल काठमाडौँ पठाइएको सहायक बाहिनीपति सिंहले बताए ।
उनका अनुसार उक्त ट्रक सल्यानको सल्लीबजारमा रहेको सेनाको निर्माण सामग्री र बन्दोबस्तीको सामग्री लिएर बुटवल पृतनामा जाँदै थियो ।
डोल्पा दुनै सडकखण्डको निर्माणको लागि लगिएको सामग्री र सेनाको आन्तरिक बन्दोबस्तीको सामान बुटवल लगिदै थियो । ट्रकमा हातहतियारसहित सडक निर्माणमा प्रयोग हुने विस्फोटक पदार्थसमेत रहेको बुझिएको छ । उक्त ट्रक सल्यानको सल्लीबजारबाट सामान लिएर आएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here