- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरके हो, रजस्वला ? बार्ने कि नबार्ने ?

के हो, रजस्वला ? बार्ने कि नबार्ने ?

- Advertisement -spot_img

‘रज’ भनेको एक किसिमको तरल पदार्थ हो । ‘स्वला’भनेको दूषित, प्रदूषित, अशुद्ध, दुर्गन्धित, अपवित्र, निषेधित र असांसर्गिक हो । महिलाको जनेन्द्रीय अंगबाट निश्चित समयावधि भित्र स्वाव हुने एक प्राकृतिक नियम नै रजस्वला हो ।
यो एउटा सृष्टिको आधारशीला पनि हो । यदि यो जो कोही महिलामा यथा समयभित्र यो नियमित प्रक्रिया रोकियो भने पारिवारिक सृष्टिको कार्यमात्र रोकिदैन महिलाका हरेक अवस्थमा यसले रोगको लाक्षणिक अवस्थाको सिर्जना गर्दछ ।
त्यसैले हरेक उमेर पुगेका युवतीदेखि लिएर परिपक्व महिलाहरूमा यो निश्चित समयावधिभित्र हुनु नितान्त जरूरी र अपरिहार्य छ ।
विशेषगरी चार हप्तादेखि साढे चार हप्ताको बीचमा यो रजस्वला हुनुलाई स्वभाविक मानिन्छ भने त्यो भन्दा अघि वा पछि भयो वा गयो भने त्यसलाई स्वभाविक मानिन्छ भने त्यो भन्दा अघि वा पछि भयो वा गयो भने त्यसलाई स्वाभाविक मानिदैन ।
समयको विकास र परिवर्तन शील गतिसँगै यसलाई बुझ्ने र बुझाउने भाषा र शब्दमा पनि फरक, भिन्न र पृथक हुँदै आएको मानिन्छ । हिजोको समयमा सामान्य, सरलीकृत तथा गाउँघरको भाषामा भन्नुपर्दा यो रजस्वलालाई पाखा लागेको, बाहिर सरेको, पर सरेको, नछुने भएको, एक्लो भएको, पखाला लागेको,
चमारले छोएको र कुना लागेको भन्ने गरिन्थ्यो । यी बाहेक अन्य धेरै शब्दहरू पनि छन् जो जातीय सम्बन्धी पेचिलो भएकोले यहाँ उठाउने प्रयास गरिएन । रजस्वला भनेको संस्कृत भाषामा आधारित शब्द हो ।
आजभोलि यसलाई सहजीकरणको लागि भनौं वा सभ्य र शिक्षित भएर भनौं मिन्सुरेन्स वा पिरियड भन्ने गरिन्छ । विशेषत महिला जातिमा देखिने यो प्रक्रिया पछिल्लो समयमा बार्ने वा नबार्ने र छुने वा नछुने ?
जस्ताको लागि बहस चल्दैछ र महिलाले पनि यसमा आफ्नो जातीय अधिकार र जातीय अस्तित्व जोडेर नबार्ने र नमान्ने भन्नेमा बढीको मत देखिन्छ । तर कुरा निकै भिन्नै छ । बार्नेका नाममा घरै त्याग्ते,
ओछ्यानै त्याग्ने र गाँस, बास र कपास नै त्याग्ने भनेको होइन । हाम्रो धर्मशास्त्रले भनेको के हो ? भने यो एउटा श्रापित दोष हो । यो दोष लागि सक्यो भने महिलाको शरीरमा रक्त प्रवाह हुँदासम्म बार्न, छुट्टै बस्न, छुट्टै सुत्न र अर्काले पकाएको खान नितान्त जरूरी छ ।
तपाई दरबारभित्र बस्न सक्नुहुन्छ, तपाई महलभित्र बस्न सक्नुहुन्छ, तपाई घरभित्र बस्नु सक्नुहुन्छ, तपाई आफ्नो वासस्थानभित्र बस्न सक्नुहुन्छ । तर तपाई तपाई यो समयावधिमा सुत्ने स्थान, विछ्याउने कपडा र खाने,
पिउने, भाँडा निश्चित हुन जरूरी छ । तपाई आज यो कोठा सुत्ने, भोलि त्यो कोठा सुत्ने, पर्सि अर्को कोठा सुत्ने नगर्नुहोस् । ओढ्ने र ओछ्याउने कपडा पनि मौसल अनुसार थोरै वा धेरै भएपनि निश्चित बनाउनुहोस् ।
यसैलाई प्रत्येक दिन सरसफाई र धुने गर्नु सक्नुहुन्छ तर बदल्न पाउनु हुन्न । तपाईले शरीरमा पहिरिने कपडा प्रत्येक दिन बदल्नुहोस् । वा धोएर मात्र लगाउनुहोस् ।
आफू सुतेको स्थानलाई प्रत्येक दिन गोबर, माटो वा पानीले मात्र भएपनि पोछा लगाउनुहोस् । यति सम्भव छ भने पानीमा फिटकिरी र नुन राखेर सुतेका स्थानलाई पोछा लगाउनुहोस् ।
प्रत्येक रात सुतिसकेपछि भोलिपल्ट बिहान आफू उठेसँगै आफू सुतेका कपडा बाहिर घाममा घरको आँगनभन्दा पर सुकाउनुहोस् र आफ्नो सुतेको स्थान खाली गरेर नुन पानी, फिटकिरी पानी वा गोबर पानीले लिप्ने,
पोत्ने वा पोछा लगाउने गर्नुहोस् । आफ्नो आङको कपडा पनि बदल्नुहोस् । खोला, धारा, पधेंरा वा बाथरूमा स्थान तय गरी कपडा धुने र नुहाउने गर्नुहोस् । हाम्रो हिन्दूधर्म शास्त्रले कसैलाई पनि रजस्वला बर्नाका लागि कफ्र्यु आदेश जारी गरेको छैन । यो रजस्वला बार्ने भएको आफ्ना सासूका लागि होइन,
आफ्ना ससूराका लागि होइन र जेठाजुका लागि होइन, आफ्नी जेठानीका लागि होइन, आफ्ना देवरका लागि होइन, आफ्नी देउरानीका लागि होइन, आफ्नो नन्द र आमाजुका लागि होइन,
आफ्ना पति र छोराछोरीका लागि पनि होइन । यो बार्ने भनेको त नितान्त आफ्नै लागि, आफ्ना इष्टदेवताको लागि आफ्नै कुलदेवताको लागि, आफ्नै भूमिदेवता तथा वास्तुदेवताको लागि, आफ्नै पितृदेवताको लागि र आफूले मान्ने, जान्ने, ठान्ने र पुज्ने ३३ कोटी देवीदेवताका लागि हो ।
अतः यदि कोही महिलालले आफ्ना देवता पितृ तथा कुललाई मान्नु हुन्न र पुज्नु हुन्छ भने तपाईले आफ्नो पिरियड बार्ने पर्दछ । यदि कुनै महिलाले आफ्ना देवीदेवता, कूल तथा पितृको आस्था,
विश्वास भरोसा र पूजाआजा गर्नुहुन्न भने नबार्नुहोस् । बार्नु कुनै जरूरी छैन । तपाईले आफ्नो शरीरबाट प्रकट हुने अशुद्ध पदार्थलाई नैतिकताका साथ स्वीकार्नु हुन्छ भने अनिवार्य ३ दिन बार्नुहोस् ।
तपाई ४ दिनमा आफ्ना पति र सन्तानका लागि मात्र शुद्ध हुनुहुन्छ, त्यो बाहेक अन्यका लागि शुद्ध मानिनु हुन्न । अतिथि, मान्यजन र देवताका लागि ५ दिनमा तपाई शुद्ध मानिनु हुन्छ र पितृका लागि ७ दिनमा शुद्ध मानिनुहुन्छ ।

कसैले रजस्वला भएको समयमा भगवानको पूजा गर्छ भनेपनि उसलाई छुट छ र कुनै किसिमको प्रतिवन्ध पनि छैन । तर त्यो पूजा कसैका लागि पनि फलदायी र स्वीकार्य बन्दैन । अवोध मूर्ति र अवोध तस्विर नबोले पनि आफूभित्रको आत्मा त बोलिरहेको हुन्छ र साक्षीका रूपमा बसीहरेको हुन्छ । त्यो आत्मारूपी भगवान्ले त्यसलाई घृणा गरिरहेको हुन्छ, जसका कारण स्वयम् व्यक्तिलाई नै पछुतो बनाइरहेको हुन्छ । त्यसले समाजका लागि सभ्य र भव्य हुनका लागि यदि महिला कहिल्यै रजस्वला हुँदैनन र भएपनि बार्दैनन् भने त्यसको सम्पूर्ण दोष महिलामा नै निहीत हुन जाने हो ।


तसर्थ यहाँ बार्ने कि नबार्ने ? भनेर बहस, छलफल वा वादविवाद र कुनै पनि योजना र परियोजना बनाउनै पर्दैन । जसले आफ्नो शरीरको पिरियडलाई श्रापित (अशुद्ध) प्रक्रिया मान्य ठान्छ र जान्छ भने त्यस्तोले मात्र बार्नुहोस् । यदि बार्नुहुन्छ भने नियमपूर्वक बार्नुहोस् । कसैलाई देखाउन र समाजको गाल छल्लका लागि पनि नबार्नुहोस् ।
यदि कसैले यसलाई प्राकृतिक नियम ठान्नु हुन्छ, मान्नुहुन्छ, जान्नुहुन्छ र यसलाई स्याहार्न र बार्न जरूरी ठान्नु हुन्न भने नबार्नुहोस् । किनभने बारेर हुने फाइदा पनि तपाईले नै भोग्ने हो र नबारेर हुने बेफाइदा पनि तपाईले नै भोग्ने हो ।
असर्थ यसका लागि जनचेतना फैलाउने जमर्को पनि गर्नुहोस् । यदि नबार्नेका नाममा अति भएको छ र त्यो अतिले महिलाको खति बनाएको छ भने जोडतोडका साथ कुरा उठाउनुहोस् होइन यथास्थिति र परिस्थितिमा रहेर सम्बन्धित व्यक्ति मात्र निश्चित घेरामा चलेको छ भने त्यसलाई आत्मसात् गर्नुहोस् ।
मैले सुनेको छु कि यो महिनाबारी भएको वा रजस्वला भएको फूल फुलेको हो रे ! यसपछि फल लाग्ने रे ! यस्ता हावादारी गफ लगाउन कुनै पनि महिलाले नजान्नुहोला र नसिक्नुहोला ।
तपाईलाई सृष्टिका हर्ताकर्ता कसैले तपाईको शरीरमा फूल फुलाउने शक्ति दिएर पठाएका छैनन् । तपाई सृष्टिको अभिन्न अंग हो हो र नारी तथा महिला शक्तिविना संसार चल्दैन र टिक्दैन पनि ।
तर यसोा भन्दैमा महिलाका सम्पूर्ण फोहर सुन र हिराका मोहर भन्ने भन्ने नठान्नु होला । फोहरलाई फोहर भन्न जान्नुहोस् र सिक्नुहोस् । रजस्वलालाई लालपाति फुलेको नठान्नुहोस् । न मान्नुहोस् र नजान्नुहोस् ।
यदि आफूमा फूल फुलेको ठानेर, मानेर, जानेर तपाई तपाईको घर परिसर, मठमन्दिर, परिवार, छिमेक, समाज, यत्रतत्र र सर्वत्र चल्नुभयो भने तपाईका देवी शक्ति, पितृशक्ति र कुलशक्ति तंगभंग, छेद–विच्छेद, ध्वंस–विध्वंस र नास–विनास हुनेछन् । जसको कारण तपाईको परिवारमा आयु, आरोग्य, धननाश हुनेछन् ।
जसको कारण तपाईको परिवारमा आयु, आरोग्य, धनधान्य, सुख, शान्ति, समृद्धि र सन्तुष्टि क्रमशः हराउँदै जानेछ । तपाईमा शारीरिक मनोबल घट्दै जाने ।
तपाईको आन्तरिक शक्ति नष्ट हुँदै जानेछ । तपाईको रोग प्रतिरोधात्मक क्षमता घट्दै जानेछ । तपाईको मन, बचत, कर्ममा त्रुटी आउनेछ ।
तपाईका चारै दिशा र चारै ढोका विस्तारै बन्द हुँदै जानेछन् । तपाईका दश–दिशा र दश ढोका पनि विस्तारै बन्द हुँदै जानेछन् । तपाईलाई एक किसिमको तनाव, थकाई, पीडा, अशान्ति, अपशोच र असन्तुष्टि बढ्दै जानेछ ।
तपाईमा भएको साहस पनि कम हुँदै जानेछ । शरीरमा नयाँ–नयाँ रोगको प्रकोप बढ्नेछ । तपाईको आँखा, छाला, रगत, हड्डी, नशा, पेट, तल्लोपेट, महिला अंगलगायत पाठेघरमा समस्या उत्पन्न हुनेछ ।
महिलामा हुने फर्टिलिटी अर्थात् सन्तान उत्पादन हुने गुण नष्ट भएर जानेछ । तपाईको ग्रहमा वास्तुदोष बढ्दै जानेछ । तपाईको सपनाका दृश्यहरू बिग्रदै जानेछन् । तपाई स्वम् आफैमा दिक्दारीको पात्र बन्नु हुनेछ ।
त्यसैले रजस्वला कसैका लागि मानिदिने र बारीदिने कुरा होइन । सो एउटा रोग निम्त्याउने संक्रमणको भय जस्तै अवस्था हो । यो अवस्थालाई राम्रोसँग व्यवस्थापन गर्नु, स्याहार्नु र सम्हाल्नु हरेक महिलाको नैतिक जिम्मेवारीको कुरा हो ।
कसैले रजस्वला भएको समयमा भगवानको पूजा गर्छ भनेपनि उसलाई छुट छ र कुनै किसिमको प्रतिवन्ध पनि छैन । तर त्यो पूजा कसैका लागि पनि फलदायी र स्वीकार्य बन्दैन । अवोध मूर्ति र अवोध तस्विर नबोले पनि आफूभित्रको आत्मा त बोलिरहेको हुन्छ र साक्षीका रूपमा बसीहरेको हुन्छ ।
त्यो आत्मारूपी भगवान्ले त्यसलाई घृणा गरिरहेको हुन्छ, जसका कारण स्वयम् व्यक्तिलाई नै पछुतो बनाइरहेको हुन्छ । त्यसले समाजका लागि सभ्य र भव्य हुनका लागि यदि महिला कहिल्यै रजस्वला हुँदैनन र भएपनि बार्दैनन् भने त्यसको सम्पूर्ण दोष महिलामा नै निहीत हुन जाने हो ।
अब बार्ने वा नबार्ने ? निर्णय आफै गरौं । आफ्नो अधिकार यदि रजस्वला नबारेर पूरा हुने हो भने त्यो पनि हाम्रा लागि स्वीकार्य छ तर तपाई कहिल्यै र कुनै पनि बेला कमजोर र पीडामा रहनु, बस्नु र बाँच्नु हुँदैन ।
यी जति पनि विधि, नियम, नीति, संस्कृति र संस्कार छन् ती सबै महिलाका लागि छन् । तयो किन हो भने महिला नै यो धर्ती र पृथ्वीको शक्ति भएकोले महिलामा भएको शक्ति सदासर्वदा यथावत कायम रहोस् भनेर पनि हाम्रो धर्मशास्त्रले महिलालाई बढी बन्धनमा राखेको हो ।
जति नियम र विधिमा बाँधिन्छन् त्यति नै महिला शुद्ध, पवित्र र शक्तिशाली हुन्छन् । बालकदेखि वृद्धसम्म, राजादेखि रंकसम्म, देवतादेखि असुरसम्म सबैलाई महिलाको साथ, हात, गाथ, सहयोग र शक्तिको खाँचो छ ।
त्यसैले पनि यो शक्तिलाई कहि कतैबाट ढल्कन दिन र कमजोर हुन नदिनको लागि देवता, ऋणिमुनीहरूलेब नाएको नियम आजसम्म पनि चल्दै छ ।
यदि यो अकाट्य नियमलाई तोड्न खोजेमा, मोड्न खोजेमा, भंग गर्न खोजेमा र विस्थापित गर्न खोजेमा नारीमा भएको अन्तरनिहीत (आन्तरिक) उर्जाको क्षयीकरण अवश्य हुनेछ ।
हामीले देखेका, सुनेका र भोगेका पनि छौ कि हिजोका नारीजस्ता आजका नारी बलिया, शक्तिशाली र दीर्घायु छैनन् किनभने महिला भने भन्न र स्वीकार्न सकेका छैनन ।
यो आफैमा दुःखद घटना हो । मानव शरीर आफैमा शुद्ध होइन र छैन । यसलाई शुद्ध बनाउने कर्म र विधिले हो । आफूले आफूलाई शुद्ध बनाउने नियम र कर्मलाई समेत मान्नु हुन्न भने हामीलाई भन्नु नै के छ र ?
तर दुःखको कुरा यो हो कि आफ्नै घरभित्रको देवता तथा पितृ कूलका लागि पनि नियम र आचरण मान्दैन भन्नु धर्म र आचरण विपरीत हो । यो बेला महिलाको सवालले त्यति सभ्य बन्न दिदैन ।
विज्ञानले समेत यतिबेला महिलाको रक्तश्रावमा विषाक्त नामको व्याक्टेरिया हुने कुराको पुष्टि गरिरहदा महिलाबाटै रजस्वलालाई खुकुलो पार्नुपर्छ भन्दा र आवाज उठाउँदा कता–कता आफ्नै खुट्टामा ताकि–ताकि बञ्चरो हानेको भान हुन्छ ।
यत्रतत्र, सवत्र चलेपनि र चलाएपनि देवीदेवता तथा कूल, पितृ छन् भने सबै महिलाले आफ्नो पिरियडलाई होसियारी र बुद्धिमानीपूर्वक स्याहार्नु होला र बार्नुहोला ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here