- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeविचारशिक्षा यस्तो होस्

शिक्षा यस्तो होस्

- Advertisement -spot_img

श्रीराम दहित

शिक्षालाई दोस्रो आँखाको रूपमा लिइन्छ । भौतिक आँखाले वरपरका वस्तु देख्न सक्दछौं । तर शिक्षा त्यो वस्तु हो जो वरपर वातावरण बाहेकका वस्तु देख्न सक्ने बनाउँछ ।
पत्रपत्रिका, पुस्तक, ग्रन्थ, इतिहास तथा विगतका गतिविधि अवलोकन अध्ययनबाट शिक्षा प्राप्त गर्न सकिन्छ । आधुनिक युगमा दैनिक जीवन सहजरूपमा सञ्चालन गर्न शिक्षाको अति आवश्यक छ ।
अशिक्षित व्यक्ति समयानुकूल सहजै अगाडि बढ्न सक्दैन किन कि उसले भूत, वर्तमान र भविष्यको बारेमा अध्ययन गरेको हुँदैन ।
शिक्षाको अभावमा व्यक्तिमा संकीर्णता बढ्दै गएको हुन्छ । शिक्षा प्राप्तिपश्चात् सहज, सभ्य संस्कृति संरक्षण, अर्थ उत्पादन गर्न अत्यावश्यक छ । सभ्य, सुसंस्कारित, स्वस्थ्य तथा समृद्धिका लागि शिक्षा हरेक नागरिकको पहुँचमा हुनुपर्छ ।
विश्वमा विकसित तथा विकासोन्मुख नेपालजस्ता देशले मानव मूल्य मान्यता अनुसारको शिक्षा नीति निर्माण गरी कार्यान्वयन गर्न गराउन जरूरी छ ।
तहगत रूपमा आधारभूतदेखि उच्च तहसम्म देश सुहाउँदो व्यावसायिक, प्राविधिक, नैतिक, साँस्कृतिक तथा विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने पाठ्यक्रम लागू गर्नु गराउनु आजको आवश्यकता हो ।
भौतिकरूपमा भोक मेटाउन भोजनको जरूरी भए झैँ मानसिक रूपमा भोक मेटाउन शिक्षाको अपरिहार्यता छ । शिक्षा हरेक वर्ग, समुदाय, जाति तथा क्षेत्रका लागि सर्वसुलभ रूपमा पहुँचता ल्याउन सामाजिक अभियन्ता,
राजनीतिकर्मी, संघसंस्था, नेपाल सरकार र सरोकारवाला सम्पूर्णले आ–आफ्नो तहबाट प्रयत्नशील रहनुपर्नेछ । देशभरको तथ्यांकअनुसार सरदर ८५ देखि ९० प्रतिशत शिक्षित तथा साक्षर जनसंख्या देखिए तापनि तथ्यांकअनुसार वास्तविक अवस्था त्यसो नरहेको अभियन्ताहरू बताउँछन् ।
नागरिकमा चेतनास्तर गराउन औपचारिक तथा तहगत शिक्षा मात्रले सम्भावना देखिदैन । आर्थिक सामाजिक तथा उमेरका कारणले औपचारिक शिक्षाबाट बञ्चित दैनिक जीवनका आधारभूत विषयवस्तुको बारेमा अनजान व्यक्ति समूहका लागि अनौपचारिक प्रौढ, किशोरकिशोरी, आमा, कृषि शिक्षा निरन्तर सञ्चालनमा आउन आवश्यक छ ।
दक्ष, अर्धदक्ष तथा सेवा निवृत्त जनशक्तिको सदुपयोग गरी ग्रामीण किसान र शहरी क्षेत्रका मजदुरहरूका लागि व्यावसायिक सुरक्षासम्बन्धी शिक्षा प्रदान गराएमा देशको समग्र समृद्धिमा टेवा पुग्ने थियो ।
वार्षिक बजेटको ३०÷४० प्रतिशत रकम शिक्षा क्षेत्रका लागि विनियोजन गरेता पनि बालुवामा पानीको उखान चरितार्थ भएको गुनासो विश्लेषक तथा शिक्षाविद्हरूको बेला–बेलामा आएता पनि सकारात्मक सुझावको रूपमा लिनेदिने नभएको हो कि ?
आधारभूततह विद्यालय तथा विश्वविद्यालयमा प्रतिशोधको भावबाट सरकारी तथा राजनैतिक दल विशेषको प्रत्येक्ष हस्तक्षेप वा प्रभावमुक्त गराउन जरूरी छ ।
विद्यालय व्यवस्थापन समितिले गर्नुपर्ने काम, कर्तव्य र अधिकार विपरीत एकातिर शिक्षा ऐन अर्कोतिर मुख पर्खाइ यात्रा गर्दा साँढेको जुधाइ बाच्छाको मिचाइ कलिला बालबालिका भविष्य माथि खेलवाड गरी राजनैतिक रणभूमी विद्यालय बनेको छ । राजनीति गर्नुछ भने तहगत रूपमा हुने आवधिक निर्वाचनमा सेवाभावका साथ सहभागिता जनाऔं ।
संघीय, प्रदेश तथा स्थानीय तहमा शिक्षा क्षेत्रमा विज्ञ स्वतन्त्र व्यक्तिलाई निष्पक्ष रूपमा नियुक्त गरि भागबण्डारहित नियुक्ति प्रक्रिया अपनाई बालबालिकालाई आजका साझेदार भोलिका वास्तविक कर्णधार बनाउन हामी सबैले आत्मसात् गर्नुपर्ने छ । निर्माणका क्रममा कसैलाई दोषारोपण गरी पन्छिने दुर्घटनापछि पछुताउनुको विकल्प छैन ।
प्राथमिक तथा आधारभूत तहको शिक्षापछि अर्थ, राजनीति, व्यापार, प्रविधि तथा आध्यात्म लगायतका विषयमा देशको जनसंख्यालाई आवश्यक दक्ष जनशक्ति उत्पादन गरिनुपर्छ ।
सर्वसुलभ स्वावलम्बी स्वरोजगारमूलक तथा दक्ष जनशक्ति अभाव नहुने अवस्थाको सिर्जना हुने गरि दीर्घकालिन शिक्षा नीति निर्माण र कार्यान्वयनमा जोड दिनुपर्ने देखिन्छ ।
व्यक्तिलाई शिक्षा र विद्या एक साथमा प्रदान गराउन सकेमात्र उच्च शिक्षा हासिलपश्चात् कार्यान्वयनको अवस्थामा सहजता हुनेछ । शिक्षित व्यक्तिले जबसम्म मानव मूल्य मान्यताको महत्व बुझ्न् बुझाउन सक्दैन तबसम्म उसले प्राप्त गरेको उपाधी व्यर्थ हुन्छ । त्यसका लागि जीवन विद्या सुसंस्कारयुक्त ज्ञान विद्या प्रदान गराउन अत्यावश्यक छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here