- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचर‘आर्थिक शसक्तिकरणको केन्द्र’

‘आर्थिक शसक्तिकरणको केन्द्र’

- Advertisement -spot_img

महिलाहरुको आर्थिक तथा सामाजिक रुपमा सशक्तिकरणका लागि ग्रामीण महिला उत्थान स्थापना भएको करिब २५ वर्ष भयो । दाङसहित सल्यान, प्यूठान, नेपालगञ्ज लगायतका जिल्लामा शाखा स्थापना गरेको संस्थाले विभिन्न सहकारी तथा लघुवित्त सञ्चालन गरेको छ । संस्थामा अहिले करिब ४२ हजार महिलाहरु आवद्ध भएका छन् । संस्थामार्फत महिला दिदीबहिनीहरु व्यक्तित्व र नेतृत्व विकास गर्दै आर्थिकरुपमा समेत सक्षम भएका छन् । संस्थाले गरेका गतिविधि, सम्भावना, चुनौतीलगायतका विषयमा संस्थाका अध्यक्ष आशमानी चौधरीसँग कुराकानी गरेका छौं ।


हिजोआज केमा व्यस्त हुनुहुन्छ ?

यही सामाजिक कार्यमा नै दिनहरू बित्ने गर्छ । ग्रामीण महिला केन्द्रको एउटा परिकल्पना बोकेर २०५१ साल मंसिर २१ गतेबाट यात्रा शुरू भएको हो । त्यही यात्रामा अनवरतरूपमा लागि परेको छु ।
महिला दिदीबहिनीहरूको लिडरसिप र आत्मनिर्भर र सशक्त समाज निर्माणको परिकल्पनालाई परिपूर्ति गर्नको लागि महिला दिदी बहिनीहरूसँग बालबालिकाहरूसँग गाउँ–गाउँमा गएर हिजोको अवस्था कस्तो थियो ? आजको अवस्था कस्तो छ ? भनेर बुझ्ने र अब कसरी जानुपर्छ भन्ने सन्र्दभमा नै बितिरहेको छ ।

संस्थाको नेतृत्व गरेर सामाजिक काम गर्दा कस्तो लागि रहेको छ ?

वास्तवमा काम गर्दै जाने क्रममा जब २०५१ सालमा मैले गरेका संघर्षहरू सम्झिन्छु कि हामी महिलाहरूको कुरा गर्दाखेरी हाँस्यास्पद थियो । कि भाले बास्ने ठाउँमा पोथी कराई रहेको छ भन्ने कुराहरू आउँथ्यो, मनोबल गिराउने कामहरूसमेत हुन्थे । हुन त अहिले पनि त्यो समाज छ । अहिले पनि अर्कै तरिकाबाट हेरिन्छ ।
महिलाले नेतृत्व गरेको काम कस्तो होला ? सफल हुन्छ र ? भन्ने प्रश्नहरू तेर्साउने गरिन्थो । मेरो २५ वर्षको सामाजिक क्षेत्रको कामको अनुभवमा मैले त्यो देखे । महिलाहरू घरभित्रै सीमित हुनुपर्छ ।
घरकै काम गर्नुपर्छ । बच्चाबच्चीलाई स्याहार्नुपर्छ । घरको चार दिवारको भित्रको व्यवस्थापन गर्नुपर्छ भन्ने थियो । तर अहिले आएर कस्तो देखिन्छ भन्ने महिला दिदी बहिनीहरू हरेका ठाउँमा नेतृत्वदायी भूमिकामा बस्नुभएको छ र हुनुपर्छ भन्ने कुराहरू हामी उठाईरहेका छौँ । हिजोको दिनमा के थियो ? भने महिला दिदीबहिनीहरू पढ्न पाएका थिएनन्, लेख्न पाएका थिएन् ।
मलाई स्मरण छ २५ वर्ष अगाडीको कुरा गर्दा खेरी कापी र कलम त दिदीबहिनीहरूको लागि हँुदैनथ्यो । त्यो समयमा हामीले साक्षरता कक्षाहरू गाउँ–गाउँमा चलायाँै ।
जो दिदीबहिनीहरूले कम्तीमा पनि स्कुल जान नपाएकाहरूलाई व्यवहारिक कक्षाहरू होला, सैद्धान्तिक कक्षाहरू होला । उनीहरूलाई आफने नाम लेख्न सिकाउनेको लागि,
आफ्नो परिचय दिनसक्ने वातावरण निर्माण ग¥यो र यो अभियानमा २०५१ सालदेखि लाग्यो । त्यसपछि हामी महिलाहरूलाई साक्षर मात्रै होइन् आर्थिक सशक्तीकरण गराउनतर्फ पनि लाग्नुपर्छ भनेर योजना बनायो ।
त्यसपछि हामीले बचत गर्न सक्ने र केही व्यवसाय सञ्चालन गर्नको लागि महिला समूह गठन गरेर लघुवित्त कार्यक्रम ग¥यो ।

महिला समूह गठन गर्दाको अनुभव ?

वास्तवमा कस्तो लाग्छ भन्ने शुरूको समयमा म आफै गाउँमा महिला समूह बनाउन जाने बेलामा मलाई अझै पनि ताजा स्मरण छ । म नजिकैको कुरा गर्छु ।
यही घोराही उपमहानगरपालिका वडा नं १४ को झिगौरामा जाने समयमा त्यहाँ थारू समुदायको ठूलो बस्ती छ । त्यो तपाईलाई पनि थाहा नै छ ।
त्यो ठाउँमा जाने समयमा समूह गठन गराउनको लागि म जान्थे । त्यहाँ मलगायत मेरो टिम त्यहाँ जाने बेला त्यहाँका महिला दिदीबहिनीहरू समूहमा बस्नुपर्छ, यो समूहमा किन बस्नु प¥यो भनेर उहाँहरू छिटुवा,
गैजा र हसियाँहरू बोकेर घाँस काट्न जाने गर्नुहुन्थ्यो । हामी उहाँहरू नआउँदासम्म पर्खेर बस्थ्यौँ । एक पटक होइन्, दुई पटक होइन पाँचौ पटकमा उहाँहरूलाई समूहको फाईदाहरूको बारेमा बुझाउन सफल भएका थियौँ । अवस्था त्यस्तो थियो । बचत गर्नुपर्छ आफ्नो लागि हो भनेर सम्झाउँदा पनि सहजै विश्वास गर्दैनथे ।

कतिजनाबाट समूह सुरू गर्नुभयो र अहिले कतिजना पु¥याउनु भएको छ ?

यो संस्था स्थापना गर्दाखेरी त अब थाहा नै छ कि संस्था भन्ने कुराहरू सबैजनाले एकैपटक सोच र परिकल्पना गरिएको हुँदैन् । कसैले एउटा बाटो देखाई दिने हो ।
शुरूमा आजभन्दा २५ वर्ष अगाडी संस्था स्थापना गर्ने समयमा सातजना दिदीबहिनीहरूको कार्यसमितिबाट हामी सुरूवात ग¥यो ।
सञ्चालक समितिमा नै हामी सबै महिलाहरू मात्रै भयौँ । हामी पनि केही गर्न सक्छौँ यो समाजको लागि भनेर अठोट लियौँ र अहिले ४२ हजारभन्दा बढी दिदीबहिनीहरू सदस्य हुनुहुन्छ ।
ग्रामीण महिला उत्थान केन्द्रको लघुवित्त कार्यक्रम दाङ, सल्यान, प्यूठान, नेपालगञ्ज, बाँके जिल्लालगायतमा शाखाहरू छन् । हामीले प्रदेश नं. ५ का १२ वटै जिल्लामा शाखा बनाउने योजना बनाएका छौँ ।
विभिन्न ठाउँमा १८ वटा शाखा छ भने हामीले प्रोजेक्टमार्फत सेवा पु¥याएका अहिले प्यूठानमा तीनवटा सहकारी, देउखुरीमा चारवटा सहकारी, घोराहीमा दुईवटा सहकारी र सल्यानमा तीनवटा सहकारी सञ्चालन गरेका छौँ ।
महिला दिदीबहिनीहको आयआर्जन र जीविकोपार्जनसँग प्रत्यक्ष जोडिएर आर्थिक सशक्तिकरण कसरी पु¥याउने र आत्मनिर्भर कसरी बनाउने हेतुले पनि करिव १० हजारभन्दा पनि परिवारहरू आवद्ध हुनुहुन्छ ।
हामीले त्यहाँ पनि काम गरिरहेका छाँै । हामीले विना धितो एक हजारदेखि १० लाख रूपैयाँसम्म लगानी गरेर काम गरिहेका छौँ ।

महिलाहरूलाई आर्थिक सशक्तिकरण गर्नुपर्छ भन्ने सोंच कसरी पलायो ?

म पनि एउटा महिला हो । म एउटा संयुक्त परिवारमा हुर्किएको छोरी । मेरो परिवार त्यसमा पनि थारू समुदायको करिव ३० जनाको संयुक्त परिवारमा हुर्किए । मैले परिवारमा पितृसत्तात्मक हाबी भएको देख्थे ।
छोरालाई मात्र, उर्जा, हौसला दिईनथ्यो कि तिमीले हरेक काम गर्न सक्छौँ भनेर तर छोरीहरूलाई घरकै काममा सीमित राखिन्थ्यो । जबकी एउटै कोखबाट जन्मिएका छोरा र छोरीको विभेद एउटै परिवार, घरमा देखियो नि ?
त्यसपछि मैले पनि केही गर्नुपर्छ भन्ने एउटा सोंच आयो र महिला दिदीबहिनीहरूलाई पनि अगाडी बढाउनुपर्छ भन्ने सोंच आयो । राम्रो काम गर्दा साथ सहयोग पनि मिल्दो रहेछ ।

अबको योजना के छ ?

अबको योजना भनेको पनि त्यहि नै हो । दिदीबहिनीहरूलाई आत्मनिर्भर बनाउने नै हो । उहाँहरू सशक्तिकरण कसरी गराउन सकिन्छ भन्नेमा नै केन्द्रित छौँ ।
बालबालिकाहरूलाई पनि शिक्षाको कुरा होस्, स्वास्थ्यको कुरालाई कसरी जोडेर लैजाने भन्ने छ । त्यस्तै अर्को योजना भनेको १२ वटै जिल्लाको दिदीबहिनीहरूलाई त्यहाँको आवश्यकता के छ भनेर शाखाहरू स्थापना गरेर काम गर्ने योजना बनाएका छाँै ।

यहाँसम्ममा आईपुग्दा के कस्ता चुनौतीहरूको सामना गर्नुप¥यो ?

चुनौतीहरू त अब काम गर्दासँगै आउने रहेछन् । अवसरसँगै चुनौती पनि जोडिएको हुन्छ । ति चुनौतीहरूलाई सामना गर्न सक्यो भने उपलब्धिहरू हासिल गरिदो रहेछ । काखमा सानो बच्चा थियो । अभियान सफल हुन्छ त ?
भन्ने पनि हुनुहन्थ्यो ? यो संस्थाले काम गर्न सक्छ र ? भन्ने जस्ता चुनौतीहरू पनि आए । त्यसमा एउटा परिवारको पनि साथ चाहिन्छ । २५ वर्षको यात्राको चुनौतीहरू भन्दाखेरी कतिवटा किताव बन्छ म भन्न सक्दैन् ।

एउटा महिला नेतृत्व हुनको लागि के कुरा हुनुपर्दो रहेछ ?

कुनै पनि महिला कुनै ठाउँको नेतृत्व लिनको लागि हरेक महिलासँग पहिलो कुरा ईच्छा शक्ति चाहिन्छ । अर्को कुरा निरन्तरता चाहिन्छ । त्यसैगरी प्रतिवद्धता अनि उर्जा पनि आवश्यक पर्छ कि मैले केही गर्नुपर्छ भनेर ।
कुनै पनि जिम्मेवारीमा हुनुहुन्छ भने त्यो जिम्मेवारी निभाउनु पर्छ र आफ्नो जिम्मेवार के हो ? भन्ने कुरा बुझ्नुपर्छ । समय अनुकूल आफूलाई लैजान सक्नुपर्छ ।

संस्थाले के काम गरिरहेको छ ?

ग्रामीण महिला उत्थान केन्द्र वि.स २०५१ साल मंसिर २१ गते विधिवत रूपमा जिल्ला प्रशासन कार्यालय दाङमा दर्ता भएको हो । समाज कल्याण परिषद्मा यो संस्था आवद्ध भएको जानकारी गराउन चाहन्छु ।
‘आत्मनिर्भर र सशक्त समाज सिर्जना’ भन्ने मूल परिकल्पनाका साथ स्थापना भएको हो । संस्थाले पछाडी पारिएका महिला, बालबालिका, लैंगीक विभेदिकरण, सीमान्तकृत र विपन्न समुदायहरूको उत्थान, समानता, न्याय तथा प्रतिष्ठानका लागि पौरवी गर्नुका साथै अधिकार प्राप्तीका लागि पनि आवाज उठाउँदै आईरहेको छ ।
संस्थाले आयआर्जन, जीविकोपार्जन कार्यक्रम कार्यक्रममार्फत महिला, विपन्न तथा पछाडी पारिएका समुदायको जीवनस्तर सुधार गर्नको लागि आयआर्जन तथा जीविकोपार्जन कार्यक्रमहरू गरिरहेको छ भने शिक्षा,
स्वास्थ्य र पोषण, जलवायु परिवर्तन र विपद् व्यवस्थापन र सुशासनको क्षेत्रमा काम गरिरहेको छ । त्यसैगरी पारस्परिक जवाफदेहिता परियोजना, पशु वस्तुको मूल्य शृङ्खलामा आधारित साना किसानहरूको संस्था सवलीकरण परियोजना, लघुवित्त कार्यक्रमहरू सञ्चालन भईरहेका छन् ।

आर्थिक सशक्तिकरणको लागि कसरी काम गरिरहनुभएको छ ?

महिलाहरूको आर्थिक सशक्तिकरण गर्नको लागि नेपाल राष्ट्र बैकवाट वि.स २०६० सालमा वित्तीय मध्यस्थतामा कार्य गर्ने अनुमति प्राप्त गरी नेपालमा रहेका विद्यमान गरिबीलाई सम्बोधन गर्न लघुवित्त कार्यक्रममार्फत सामूहिक जमानीमा बैंक तथा वित्तीय संस्थासम्म पहुँच नपुगेका विपन्न समुदायका आर्थिक विकासको लागि विना धितो कर्जा प्रवाह गर्दै आईरहेका छौँ ।
यही २०७६ साल बैशाख २ गतेदेखि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ र कम्पनी ऐन २०६३ को अधिनमा रही संस्था प्रवद्र्धक रहने गरी आत्मनिर्भर लघुवित्त वित्तीय संस्था स्थापना गरी सम्पूर्ण लघुवित्त कारोवार आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लि.लाई हस्तान्तरण गरेको छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

ग्रामीण महिला उत्थान केन्द्रको बारेमा र मेरो २५ वर्षदेखिको अनुभव शेयर गर्ने अवसर दिनुभयो त्यसको लागि धन्यबाद । यो २५ वर्षको यात्रा त्यति सहज थिएन् सबै दातृनिकाय, शुभ चिन्तकहरूलाई धन्यवाद दिनसक्छु र दिदीबहिनीहरूलाई के भन्न चाहन्छु भन्ने मैले केही गर्न सक्छु, मेरो,
परिवारको लागि र समाजको लागि भएपनि केही गर्नुपर्छ भने दृढशक्ति बनाएर अगाडी बढ्न सुझाव दिन्छु । हाम्रो संस्थामा आवद्ध भएका दिदीबहिनी र आवद्ध नभएकाहरूको लागि उहाँहरूको माग र आवश्यकताअनुसार सहयोगी बनेर सेवा गर्नको लागि लागि परेका छौँ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here