- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeसम्पादकीयशिक्षामा निजी लगानी

शिक्षामा निजी लगानी

- Advertisement -spot_img

निजी क्षेत्रबाट शिक्षामा लगानी बढिरहेको छ । देशभर सयौं निजी विद्यालयहरूले शिक्षा प्रदान गरिरहेका छन् । सरकारीस्तरबाट पूरा हुन नसकेको शिक्षालाई निजी क्षेत्रबाट पूरा गरेको दाबी लगानीकर्ता तथा निजी शिक्षा संस्था सञ्चालन गर्नेहरूको दाबी छ । वर्तमान अवस्थालाई हेर्दा त्यो विश्वास गर्ने आधारहरू पनि रहेका छन् ।
शैक्षिक गुणस्तरमा दक्षता हासिल गरी दक्ष जनशक्ति उत्पादन गर्दै संस्थागत विद्यालयले शिक्षाको आधारभूत आवश्यकता पूरा गर्न लागिरहेको बताइरहदा सरकारी विद्यालयहरूको अवस्था कमजोर नै देखिन्छ ।
सरकारले शिक्षामा अरबौं लगानी गरेपनि सरकारी विद्यालयको शिक्षामा गुणस्तरता आउन नसक्दा निजी विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्र्षण बढ्दै गएको देखिन्छ ।
विद्यार्थी र अभिभावकको चाहनाअनुसार संस्थागत विद्यालयले आफ्ना क्रियाकलाप सञ्चालन गर्ने गरेका छन् । संस्थागत विद्यालयका कारण कतिपय ठाउँका सामुदायिक विद्यालय सञ्चालन गर्न नै सकस परेका उदाहरण पनि छन् ।
समाज रूपान्तरणमा शिक्षाको अहम् भूमिका हुन्छ, त्यसैअनुरूप नै संस्थागत विद्यालयले आफ्ना गतिविधि सञ्चालन गर्ने गरेका छन् । शैक्षिक सुधारमा निजी विद्यालयले महत्वपूर्ण भूमिका खेलेका छन् ।
समयसापेक्ष निजी विद्यालयले गतिविधि सञ्चालन गर्दा पनि अभिभावक तथा विद्यार्थीको विश्वास बढ्दै गएको हुनसक्छ । यति हुँदाहँुदै पनि संस्थागत विद्यालयमा गरिब तथा विपन्न परिवारका छोराछोरीले पढ्न नसक्ने अवस्था छ ।
संस्थागत विद्यालयमा शैक्षिक शुल्क वैज्ञानिक नहुँदा विद्यार्थीले महंगो शुल्कमा अध्ययन गर्नुपरेको यथार्थता छ । जसका कारण निजी विद्यालयमा विपन्न वर्गको पहुँच पुग्न सकेको छैन् ।
संस्थागत विद्यालयले अनिवार्यरूपमा प्रदान गर्नुपर्ने १० प्रतिशत छात्रवृत्तिले केही विपन्न वर्गका समेटिन थालेका छन् । कतिपय विद्यालयले कागजमा मिलाएर छात्रवृत्तिमा आफन्तका छोराछोरी नै पढाइरहेको गुनासो पनि छ । संस्थागत विद्यालयले आफ्नो साखलाई बचाउनका लागि यस्ता सानातिना कुरामा अल्झिन हुँदैन् ।
संस्थागत विद्यालयसँगको प्रतिष्पर्धाका कारण पनि सरकारी विद्यालयको शिक्षाको गुणस्तरमा पछिल्लो समय सुधार हुन थालेको छ । निजी क्षेत्रबाट शिक्षामा गरिएको लगानीले आज दक्ष जनशक्ति उत्पादन भइरहेको छ,
यसलाई सकारात्मक मान्न सकिन्छ । संस्थागत विद्यालयले अभिभावक तथा विद्यार्थीको चाहनाअनुसारको शिक्षामा जोड दिनुपर्छ । जिल्लामा भएका संस्थागत विद्यालयमा भौतिक संरचनाको अभाव पनि देखिन्छ ।
विद्यालयमा बालमैत्री शिक्षाको विकास हुन सकेको छैन् । जसले गर्दा केही अभिभावक तथा विद्यार्थीको रोजाईमा जिल्ला बाहिरका विद्यालयमा पर्ने गरेको छ ।
विद्यालय बालबालिकको सिकाइथलो भएकाले उनीहरूको रूचिअनुसारका सामाग्री प्रदान गरी सिकाइलाई थप प्रभावकारी बनाउनुपर्छ । व्यवसाय हैन सेवामुखी भएर शिक्षण संस्था सञ्चालन गरिनुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here