- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsनिजी क्षेत्रले शिक्षाको अभाव हटाएको छः सापकोटा

निजी क्षेत्रले शिक्षाको अभाव हटाएको छः सापकोटा

- Advertisement -spot_img

नेशनल प्याब्सनको पाँचौं अधिवेशन …
तुलसीपुर, २९ माघ । नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले राज्यले पूरा गर्न नसकेको शिक्षाको अभावलाई निजी क्षेत्रले पूरा गरिदिएका बताएका छन् । राज्यको आधारभूत आवश्यकता संस्थागत विद्यालयहरूमार्फत पूरा भएको बताए ।
नागरिकमा रहेको शिक्षाप्रतिको अभावलाई निजी क्षेत्रले पूरा गर्दै आएको भन्दै सरकारले संस्थागत शैक्षिक संस्थालाई अंकुश लगाउन खोज्नु गलत भएको जिकिर गरे ।
नेशनल प्याब्सन दाङको पाँचौ जिल्ला अधिवेशनको मंगलबार तुलसीपुरमा उद्घाटन गर्दै अध्यक्ष सापकोटाले यस्तो बताएका हुन् । उनले निजी विद्यालयलाई चपेटामा पार्ने शैलीमा बनाईएका नीति तथा ऐनले सरकार आफैमा अन्यौल रहेको बताए ।
पछिल्लो समय शिक्षा मन्त्रालयले तय गरेका ऐन तथा नीतिका कारण वर्षेनी १० हजार अब्बल विद्यार्थीहरू ओझेलमा पर्ने अवस्था सिर्जना भएको बताए । उनले निजी संस्थालाई अलग राखेर मुलुक कहिल्यै समृद्ध बन्न नसक्ने बरू असफल हँुदै जाने दाबी गरे ।
‘एउटै तहको पाठ्यक्रम फरक–फरक शैलीको हुँदा विद्यार्थीहरू पढ्ने उमेरमा विद्यालय बाहिर हुनुपर्ने वाध्यता रहेको छ’ उनले भने– ‘यसर्थ कानुनी राज्यमा कानुनी उपचार खोज्न जरूरी छ,
यसका लागि हामी तयार छौँ ।’ संस्थागत विद्यालय रहने वा नरहने सवालमा शिक्षा नीतिले निजी विद्यालयहरूलाई अन्यौलमा पारेको भन्दै शैक्षिक लगानी गर्न सरकारले उत्प्रेरित गर्न जरूरी रहेको बताए ।
केन्द्रीय महासचिव सुवास न्यौपानेले नेशनल प्याब्सनले बालवालिकाको हक, अधिकारका लागि मात्र नभई सामाजिक उत्तरदायित्व, शैक्षिक गुणस्तरीयतालाई समेत पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको बताए ।
शिक्षाका माध्यमबाट समाज रूपान्तरण गर्न जरूरी रहेको भन्दै उनले बालबालिकालाई कस्तो शिक्षा दिनुपर्छ ? भन्ने विषयमा हरेक विद्यालयहरू ध्यान केन्द्रित हुन आग्रह गरे ।
संस्थागत विद्यालयहरू सामुदायिक विद्यालयका बाधक नभएको बताउँदै उनले भने– ‘यदि सामुदायिक विद्यालयको स्तरोन्नतिका लागि हाम्रो सहयोगको आवश्यक पर्छ भने हामी सहयोग गर्न तयार छौँ ।’
कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले निजी क्षेत्रले राज्यका शैक्षिक उद्देश्य, लक्ष्य र गन्तव्यलाई आफ्नो क्षेत्रबाट अतुलनीय योगदान पु¥याएको बताए ।
नेशलन प्याब्सनका प्रदेश नं. ५ प्रुमख सुबोध कुमार डाँगीले समाज रूपमान्तरणमा संस्थागत विद्यालयहरूले अतुलनीय योगदान पु¥याएको बताए ।
नेशनल प्याब्सन निजी विद्यालयहरूका लागि मात्र नभई देशको शैक्षिक क्षेत्रमा अभिभावकको भूमिका निर्वाह गरेकाले यस विषयमा सरकार सकारात्मक हुन जरूरी रहेको बताए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगर शिक्षा संयोजक देवराज विश्वकर्मा, नेशनल प्याब्सनका केन्द्रीय सचिव कुशल रानाभाट, केन्द्रीय सदस्य प्रकाश कुमार शर्मा, कुवेर बस्नेत, प्रदेश नं ५ उपाध्यक्ष विष्णु पौडेल, यातायात व्यवसायी सुरेश हमाललगायतले शैक्षिक संस्थाहरू गुणस्तरीय, उदाहरणीय बनाउन जरूरी रहेको बताए ।
आफ्नो शैक्षिक संस्थाले शिक्षा क्षेत्रमा के गरिरहेको छ ? के गर्दैछ ? कुन गतिविधिले कस्तो प्रभाव पार्छ भन्ने विषयमा आत्मसमीक्षा गर्न आवश्यक रहेको बताए ।
ठूला संगठन नभई बलियो संगठन निर्माण गर्न जरूरी रहेको उनीहरूको भनाई थियो । नेशनल प्याब्सन दाङका अध्यक्ष भिमबहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष भोजराज न्यौपानेले गरेका थिए भने सहजीकरण सचिव ठाकुर डाँगीले गरेका थिए ।

सम्पादक भट्टराई सम्मानित

नेसनल प्याब्सन दाङले प्रदेश टुडेका सम्पादक गोपाल शर्मा भट्टराईलाई सम्मान गरेको छ । शैक्षिक क्षेत्रमा पत्रकारिताको माध्यमबाट अतुलनीय योगदान पु¥याएको भन्दै जिल्ला अधिवेशनका अवसरमा सम्मान गरेको हो ।
नेशनल प्याब्सन दाङले सम्पादक भट्टराईसँगै गोरक्ष राष्ट्रिय दैनिक कार्यकारी सम्पादक खेमराज रिजाल, रिपोर्टर्स क्लवका अध्यक्ष शरद रेग्मी र नयाँ युगबोध राष्ट्रिय दैनिक संवाददाता दशरथ घिमिरेलाई सम्मान गरेको हो ।

वर्ष उत्कृष्ट विद्यार्थी छनोट

नेशलन प्याब्सन दाङले छान्दै आएको वर्ष उत्कृष्ट विद्यार्थी २०७६ सार्वजनिक गरिएको छ । नेशनल प्याब्सन दाङको आयोजना, एभरेष्ट ब्रिज होमको मुख्य प्रायोजन र प्रदेश टुडे दैनिकको मिडिया पाट्र्नरमा सञ्चालित यस वर्षको वर्ष उत्कृष्ट विद्यार्थी ज्ञानज्योति माविका छात्र सुरज लाभ र पिपुल्स ल्याण्ड इङ्लिस सेकेन्डरी स्कुल बाघमारेकी छात्रा बन्दना वली भएका छन् । विगत तीन वर्षदेखि वर्ष उत्कृष्ट विद्यार्थी छनोट गरिदै आएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here