- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsरेडक्रस दाङको सभापतिमाः आचार्य

रेडक्रस दाङको सभापतिमाः आचार्य

- Advertisement -spot_img

हापुरे, २९ माघ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङको सभापतिमा पुनः नारायण आचार्य चयन भएका छन् । शाखाको हापुरेमा सम्पन्न ३६औँ जिल्ला सम्मेलनले आचार्य पुनः सभापतिमा सर्वसम्मत चयन भएका हुन् । शाखाको सोमबार सम्पन्न सम्मेलनले आचार्यको सभापतित्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
दुई वर्षे कार्यकालको लागि उपसभापति मदन गौतम, महिला उपसभापतिमा भगवती शर्मा, मन्त्रीमा प्रकाश श्रीवन्द, कोषाध्यक्षमा खुसल तर्ताल, उपमन्त्रीमा विष्णुबहादुर थापा, उपकोषाध्यक्षमा ज्ञानप्रसाद आइतबारे चयन भएका छन् ।
त्यस्तै कार्यसमिति सदस्यहरूमा भिमलाल मरासिनी, देविका नेपाली, हरिहर पौडेल, मदन धिताल, प्रमोद पौडेल, दिपक यादव, देवी घिमिरे, लक्ष्मी आचार्य, लोकराज वली र नरेशजंग राणालाई सर्वसहमतिमा चयन भएका छन् ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङका सभापति नारायण आचार्यको सभापतित्व तथा प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीको प्रमुख आतिथ्यता एवं नेपाल रेडक्रस सोसाईटी प्रदेश नं. ५ का अध्यक्ष शम्भुप्रसाद पोख्रेलको विशिष्ठ आतिथ्यतामा सम्मेलनको उद्घाटन गरिएको हो ।
सम्मेलनको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले मानवीय सेवाको क्षेत्रमा रेडक्रसले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा मानवीय सेवाको क्षेत्रमा अझ फराकिलो तरिकाले काम गर्न आवश्यक रहेको बताए ।
दाङमा रेडक्रसले विपद् पूर्वतयारीको क्षेत्रमा रेडक्रसले अग्रणी भूमिका निर्वाह गरेको भन्दै स्थानीय सरकारसँग रेडक्रसले समन्वयात्मक तरिकाबाट मानवीय सेवाको लागि कार्य गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी ५ नम्बर प्रदेशका अध्यक्ष शम्भुप्रसाद पोख्रेल, बबई गाँउपालिका अध्यक्ष भुवनेश्वर पौडेल, उपाध्यक्ष सावित्रा विश्वकर्मा, नेकपा दाङका अध्यक्ष टिकाराम खड्का, नेपाली काँग्रेस दाङका सदस्य राजु आचार्य, टोपबहादुर महतरा,
पवननगर उपशाखा सभापति दोर्णबहादुर वलीलगायतले रेडक्रस दाङले सामाजिक काममा महत्वपूर्ण भूमिका निर्वाह गरिहेको भन्दै प्रशंसा गरे । माघ २७ र २८ गते दुई दिनसम्म सञ्चालन भएको ३६औँ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमको सहजीकरण शिव थापाले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here