- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsसक्सेसमा निःशुल्क स्वास्थ्य शिविर

सक्सेसमा निःशुल्क स्वास्थ्य शिविर

- Advertisement -spot_img

तुलसीपुर, २९ माघ । तुलसीपुर–९ बेलुवामा रहेको सप्तरंगी मिडियम स्कुल (सक्सेस) एकाडेमीमा अभिभावक र विद्यार्थीको लागि निःशुल्क स्वास्थ्य शिविर गरिएको छ ।
जिनोमेटिक डाइग्नोष्टिक ल्याब्रोटरीको प्राविधिक सहयोगमा मंगलबार निःशुल्क स्वास्थ्य शिविर गरिएको विद्यालयले जनाएको छ । विद्यालयमा अध्ययनरत बालबालिका तथा अभिभावकका लागि सञ्चालन गरिएको शिविरमा १ सय २० जनाले स्वास्थ्य जाँच गरेका थिए ।
शिविरमा अभिभावकको रक्तचाप र सुगर जाँच गरिएको विद्यालयका प्रिन्सिपल छविकुमार वलीले जानकारी दिए । उनका अनुसार डाइग्नोष्टिकका डा.रविन गोसारले निःशुल्क स्वास्थ्य जाँच गरेका हुन् ।
विद्यालयमा आज निशुल्क दन्त जाँच शिविर पनि सञ्चालन गरिएको थियो । बिआर डेण्टल हस्पिटल तुलसीपुरको प्राविधिक सहयोगमा विद्यालयमा निःशुल्क दन्त जाँच शिविर सञ्चालन गरिएको हो ।
शिविरमा विद्यालयमा अध्ययनरत विद्यार्थीको निःशुल्क जाँच गरिएको थियो । शिविरमा बिआर डेण्टलका डाक्टर विपि भुसालसहितको समूहले विद्यार्थी तथा अभिभावकको निःशुल्क दाँत जाँच गरिएको थियो ।
विद्यालयले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेपछि आफूहरूलाई सहज भएको अभिभावकले बताएका थिए । उनीहरूले विद्यालयले विभिन्न समयमा फरक–फरक किसिमका कार्यक्रमको आयोजना गर्ने गरेकाले नै तुलसीपुरमा फरक पहिचान बनाएको भन्दै आगामी दिनमा यस्तै किसिमका कार्यक्रमको आयोजना गर्न सुझाएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here