- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsरहर र लहरमा हुँदैन, पत्रकारिता

रहर र लहरमा हुँदैन, पत्रकारिता

- Advertisement -spot_img

नारायणपुर, २९ माघ । घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा सञ्चालन भएको दुईदिने पत्रकारिता तथा उद्घोषण तालिमको मंगलबार समापन गरिएको छ ।
पत्रकारिता तथा उद्घोषणमा नवप्रवेशी युवायुवतीहरूका लागि तालिम सञ्चालन गरिएको हो । तालिम सोमबार र मंगलबार गरी दुई दिनसम्म सञ्चालन भएको हो ।
स्वतन्त्र पत्रकार संघ नेपाल दाङका अध्यक्ष भुवन गौतमको तथा घोराही उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष चित्रबहादुर डाँगीको प्रमुख आतिथ्यता एवं स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष केबि मसालको विशिष्ठ आतिथ्यतामा तालिमको समापन गरिएको हो ।
तालिमको समापन गर्दै वडा अध्यक्ष डाँगीले वडाका नागरिक सुसूचित भएमात्रै वडाको विकास हुने बताए । ‘जनतालाई सुसूचित बनाउने भनेको पत्रकारिता नै हो, यसैको आधारभूत तालिम वडामा भएका युवायुवतीहरूलाई प्रदान गरेका छौँ’
उनले भने– ‘जब मानवीय विकास हुँदैन्, तबसम्म भौतिक विकासले गुणात्मक परिमाण लिदैन ।’ नागरिकहरू अहिले पनि आफ्ना गाउँ ठाउँका समस्यालाई बाहिर ल्याउन नसकेको भन्दै नागरिकलाई सुसूचित गराउन यस्ता किसिमका तालिमले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
‘पत्रकारिताका माध्यमबाट नै समाज परिवर्तन गर्न सकिन्छ, यसका लागि कतिपय प्रतिभा भएपनि आर्थिक अभावका कारण समस्यामा हुन सक्छन्’ उनले भने– ‘हामीले हरेक वर्ष यस्तै तालिममार्फत युवालाई जागरण बनाउने कोसिस गरेका छौँ’ उनले भने–
‘भौतिक विकासमात्रै विकास नहुने भन्दै मानवीय सचेतनाको विकास पनि महत्वपूर्ण विकास हुने बताए । संघका केन्द्रीय अध्यक्ष मसालले सिप सिकेर मानिस कहिल्यै पूर्ण नहुने भन्दै जीवनमा एकपछि अर्को सिप सिक्न अनिवार्य रहेको बताए ।
‘सिप भन्ने चिज नै निरन्तर सिक्न आवश्यक छ, जसले नै हामीलाई आर्थिक तथा सामाजिक रूपमा सक्षम गराउँदछ ।’ उनले रहर र लहरमा पत्रकारिता नहुने भन्दै दत्तचित्तका साथ यो पेशामा प्रवेश गर्न प्रशिक्षार्थीलाई आग्रहसमेत गरे ।
तालिममा समापनका अवसरमा पत्रकार तथा प्रशिक्षक विरेन्द्र पाण्डेले ड्रोन क्यामराको बारेमा प्रशिक्षार्थीलाई जानकारी दिदैँ ड्रोन उडाउन सिकाएका थिए । वडा नम्बर १० का करिब ५० जना सहभागी रहेको तालिमको प्रशिक्षकमा प्रेस स्वतन्त्र सेनानी सुशील गौतम, साहित्यकार डा. लोकराज पराजुली,
पत्रकार विरेन्द्र पाण्डे, बंशीकुमार शर्मा, प्रदेश टुडे दैनिकका सम्पादक गोपाल शर्मा भट्टराईलगायतका रहेका थिए । घोराही उपमहानगरपालिका वडा नम्बर १० को आर्थिक सहयोग तथा स्वतन्त्र पत्रकार संघ दाङको आयोजनामा तालिम सञ्चालन भएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here