- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरदेउखुरी सेवा समाजको साधारणसभा

देउखुरी सेवा समाजको साधारणसभा

- Advertisement -spot_img

घोराही, २९ माघ । दाङ देउखुरी सेवा समाज सस्थाको दोस्रो साधारणसभा मंगलबार घोराहीमा भएको छ । संस्थाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्यता एव घोराही उपमहानगरपालिका महिला विकास अधिकृत मोतीकुमारी विश्वकर्माको विशिष्ट आतिथ्यतामा भएको हो ।
साधारणसभाका सहभागीहरूले संस्थाले सामाजिक सेवाको कार्यमा महत्वपूर्ण योगदान पु¥याएको बताएका थिए । कार्यक्रममा संस्थाको विकासका लागि महत्वपूर्ण योगदान पु¥याएको भन्दै संस्थाका उपाध्यक्ष बलदेव विश्वकर्मालाई सम्मान गरेको छ ।
त्यसैगरी संस्थाले घोराही उपमहागनगरपालिका वडा नं. १२ निवासी शारीरिक अपाङ्ग चतुरमान चौधरीलाई नगद पाँच हजार र संस्थाकी सहकोषाध्यक्ष मनिषा खड्काले व्यक्तिगत नगद पाँच हजार रूपैयाँ गरी दश हजार रूपैयाँ सहयोग गरेको छ ।
साधारणसभामा संस्थापक अध्यक्ष गणेश बेलवासे, चित्रबहादुर नेपालीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साधारणसभाका अवसरमा संस्थाले घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका बिरामीहरूलाई फलफूल वितरण गरेको थियो । संस्थाका उपाध्यक्ष बलदेव विश्वकर्माको स्वागत मन्तव्यबाट सुरूभएको कार्यक्रमको सहजीकरण लिलामणि लामिछानेले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here