- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबरजनज्योति विद्यामन्दिरको २२औं वार्षिकोत्सव

जनज्योति विद्यामन्दिरको २२औं वार्षिकोत्सव

- Advertisement -spot_img

घोराही, २९ माघ । घोराही उपमहानगरपालिका वडा नं. १५ मा रहेको जनज्योति विद्यामन्दिरले आफनो २२औँ वार्षिकोत्सव मनाएको छ । विद्यालयले उत्कृष्ट छात्रछात्राहरू त्था शिक्षकहरूलाई सम्मान गरेर मनाएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाशकुमार शर्माको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका प्रवक्ता भरत अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा सहभागीहरूले विद्यार्थीहरूलाई पुस्तकको ज्ञान मात्रै नभएर सस्कार सिकाउनुपर्ने बताएका थिए । उनीहरूले विद्यार्थीहरूलाई संस्कारसहितको गुणस्तरीय तथा आधुनिक शिक्षा प्रणालीमा सिकाउनुपर्ने बताएका थिए ।
बदलिदो परिवेशसँगै विद्यार्थीहरूमा संस्कार हराउँदै गएको भन्दै विद्यालयले बालबालिकाहरूलाई शिक्षासँगै संस्कारसमेत सिकाउनुपर्ने बताएका थिए ।
जनज्योति विद्यामन्दिरले शिक्षामा आफ्नै पहिचान कायम गरेको भन्दै पहिचानलाई सधैं काम राख्नका लागि अझ मेहनत गर्न सुझाव दिएका थिए । कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका प्रवक्ता भरत अर्यालले गुणस्तरीय शिक्षाको विकासमा जनज्योति विद्यामिन्दरले महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका थिए ।
कार्यक्रममा शिक्षाविद् युवराज पोख्र्रेल, नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासन, प्याब्सन दाङका सचिव खगेश्वर पौडेल, राप्ती पोष्ट दैनिकका प्रकाशक/सम्पादक शरद अधिकारी, पूर्व अभिभावक मधुसुदन वैद्य, विद्यार्थी अपेक्षा भुसाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
विद्यालयको बारेमा विद्यालयका प्रिन्सिपल पिताम्वर शाहले जानकारी गराएका थिए । विद्यालयले वार्षिकोत्सवका अवसरमा विद्यालयको शैक्षिक विकासमा योगदान पु¥याउने रामप्रसाद ध्वजु, त्यसैगरी पूर्वविद्यार्थी नविन पोख्रेल, सुमन गैरे र सागर सुवेदीलाई सम्मान गरेको थियो ।
विद्यालयका शिक्षक कृष्णदेव थापाको स्वागत मन्तव्यबाट कार्यक्रम शुरू भएको थियो । कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्य प्रस्तुत गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here