- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरविजौरी उवासंघमा उम्मेदवार सार्वजनिक

विजौरी उवासंघमा उम्मेदवार सार्वजनिक

- Advertisement -spot_img

विजौरी, २९ माघ । विजौरी उद्योग वाणिज्य सघंको फागुन १० गते हुने निर्वाचनका लागि नेपाली काँग्रेस निकट व्यवसायीले प्रजातान्त्रिक प्यानल बनाएको छ । व्यवसायीहरूको मंगलबार बसेको भेलाले वर्तमान महासचिव वीरेन्द्र खड्काको अध्यक्षतामा १४ कार्यसमिति सदस्यीय प्रजातान्त्रिक प्यानल गठन गरेको हो ।
संघको वाणिज्य उपाध्यक्षमा दुर्गा बस्नेत, उद्योग उपाध्यक्षमा बालकृष्ण रेग्मी, महासचिवमा बिदुर गौतम, कोषाध्यक्षमा चित्रबहादुर खड्का, सचिवमा दिपककुमार बस्नेत रहेका छन् ।
त्यस्तै उद्योग सदस्यमा श्रीप्रसाद चौधरी, महिला सदस्यमा इवा लामिछाने (लक्ष्मी), वाणिज्य सदस्यहरूमा देवबहादुर डाँगी, शिवराज केसी, डिल्ली केसी, रेश्मीराज खड्का, कर्णबहादुर वली रहेका छन् । अध्यक्ष पदका उम्मेदवार खड्काले सम्पूर्ण उद्योगी, व्यापारीहरूको हकअधिकारका लागि प्रजातान्त्रिक प्यानलका उम्मेदवारहरूलाई विजयी गराउन अनुरोधसमेत गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here