- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsनेपाल उद्योग वाणिज्य महासंघको प्रदेश भेला

नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश भेला

- Advertisement -spot_img

तुलसीपुर, २९ माघ । नेपाल उद्योग वाणिज्य महासंघको पाँच नम्वर प्रदेश भेला मंगलबार तुलसीपुरमा भएको छ । प्रदेश नम्बर ५ का अध्यक्ष गुणनिधि तिवारीको अध्यक्षतामा भएको भेलामा नेपालमा लगानी बर्षको सन्दर्भमा व्यवसायीको भूमिका,
नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउने सन्दर्भ, नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको तयारी तथा दाङ जिल्लाको बेलझुण्डीमै आयोजना हुन थालेको प्रदेश नम्वर ५ को एक्स्पोलाई सफल बनाउने, मेला महोत्सवलाई व्यवस्थापन गर्ने सन्दर्भलगायतका विषयमा छलफल भएको थियो ।
उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघको चैत अन्तिम साता हुन गैरहेको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष, जिल्ला नगर उपाध्यक्ष, र केन्द्रीय सदस्यहरूको नाम सर्वसम्मत रूपमा प्रस्ताव गरिएको छ ।
वरिष्ठ उपाध्यक्षमा आइएमइ ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालको नाम सर्वसम्मत रूपमा प्रस्ताव तथा अनुमोदन गरेको छ ।
त्यस्तै प्रदेश नम्वर ५ का वर्तमान अध्यक्ष गुणनिधि तिवारीको नाम जिल्ला तथा नगर उपाध्यक्षमा सर्वसम्मत रूपमा प्रस्ताव एवं समर्थन गरिएको आतिथ्य शाखा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीर वहादुर रावतले जानकारी दिए । त्यस्तै केन्द्रीय सदस्यमा तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष,
क्लिन तुलसीपुर/ग्रिन तुलसीपुरका अभियान्ता, सफल व्यवसायी विमल रिजाल, किशोर आचार्य, कृष्ण प्रसाद श्रेष्ठ र चक्रबहादुर अधिकारीको नाम सिफारिस तथा अनुमोदन भएको छ ।
त्यस्तै प्रदेश नम्बर ५ को अध्यक्षमा हेमराज बन्जाडे, सुरेन्द्र श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठको नाम सर्वसम्मत सिफारिस भएका छन् ।
प्रदेश भेलामा सहभागी पाँच नम्वर प्रदेशका जिल्ला तथा नगर गरी जम्मा ३६ उद्योग वाणिज्य संघहरूका करिब दुई सयभन्दा बढी उद्योगी, व्यवसायीहरूले यी नामहरू सर्वसम्मत रूपमा सिफारिस गरेका थिए ।
उक्त अवसरमा परासी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारी, दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसाल, तुलसीपुर उद्योग वाज्यि संघका अध्यक्ष वीर वहादुर रावत, बुटवल उद्योग वाणिज्य संघका खिम हमाल, भैरहवा उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने,
रोल्पाका विश्वचन्द, रूकुमका प्रकाश मल्ल, बर्दियाका कृष्ण रेग्मी, गुलरिया उवासंघका वीरबहादुर चौधरी, कपिलवस्तुका उमाकान्त पौडेल लगायतले प्रदेश भेलाका विषयमा आ–आफ्नो जिल्ला उद्योग वाणिज्य संघले गरेका गतिविधि र भावी योजनाका विषयमा प्रकाश पारेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here