- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरज्ञानज्योतिको रजतजयन्ती

ज्ञानज्योतिको रजतजयन्ती

- Advertisement -spot_img

तुलसीपुर, २९ माघ । तुलसीपुरमा रहेको ज्ञानज्योति माविले आज बुधबार रजतजयन्ती मनाउन लागेको छ । विद्यालयले विभिन्न कार्यक्रम गरी मनाउन थालेको कलेजका प्राचार्य सुरेन्द्र जिसीले जानकारी दिए ।
रजतजयन्तीलाई सम्बोधन प्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठले गर्ने उनले बताए । प्राचार्य जिसीका अनुसार मदन पुरस्कारसमेत पाइसकेकी साहित्यकार निलम कार्की निहारीका र कलाकार श्रेष्ठकी छोरी एवं गायिका सराना श्रेष्ठसमेत उक्त कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।
२५ वर्षदेखि पश्चिम दाङमा रहेर शिक्षा प्रदान गर्दै आएको ज्ञानज्योति मावि अहिले फाउन्डेसनका रुपमा रुपान्तरण भइसकेको छ ।
फाउन्डेसनअन्तर्गत विभिन्न ठाउँमा गरेर १० वटा विद्यालय सञ्चालनमा रहेको पनि प्राचार्य जिसीले जानकारी दिए । रजतजयन्तीका अवसरमा विद्यालयले प्रकाशन गरेको रजत स्मारिकासमेत विमोचन गर्ने कार्यक्रम रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here