- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeसम्पादकीययुवाको नयाँ योजना

युवाको नयाँ योजना

- Advertisement -spot_img

युवाले आँटेमा असम्भव काम पनि सहजै हुन्छन् । युवासँग बल, ताकत, बुद्धि प्रविधि र योजना बढी हुने भएकाले सामान्य सहयोगले पनि युवा आफ्नो सोंचमा सफल हुन्छ ।
त्यो प्रयोग गरेमा युवाहरू खाडी हैन स्वदेशमै नयाँ काम गर्न सक्छन् पनि । नयाँ प्रविधि र आवश्यकताको आँकलन गरेर युवाले ल्याएका योजना समग्रमा सफल नै मानिन्छन् ।
आँट गरेमा नयाँ र असम्भव विषयले पनि सार्थकता पाउँछ । त्यो उदाहरण दाङको फूलबारीमा व्यवसाय सञ्चालन गरेका दुई युवाले देखाएका छन् ।
नेपालमै पहिलो पटक दाङमा लोकल कुखुराको अत्याधुनिक ह्याचरी उद्योग सञ्चालनमा ल्याएर दुई युवा राजन केसी र रामकुमार अधिकारीले दाङमा नयाँ आयाम पनि थपिदिएका छन् ।
बोइलर कुखुराका चल्ला उत्पादन गर्ने ह्याचरी र पोल्टी फर्म दाङ लगायतका जिल्लामा भएको भए पनि लोकल कुखुराको चल्ला उत्पादन चितवन पश्चिम नभइरहेको बेलामा दाङमा पहिलो ह्याचरी उद्योग खोलेर युवाहरूले स्थानीय उत्पादनको महत्व बुझाई दिएका छन् ।
तुलसीपुर उपमहानगरपालिका–१३ फूलबारी दमारगाउँमा अहिले लोकल कुखुराको व्यवसायीक उत्पादन र चल्ला उत्पादन उद्योग सञ्चालनमा आएको छ । राजन र रामले झण्डै २ करोड ५० लाखको लगानीमा लोकल कुखुरा उत्पादन गर्न ह्याचरी उद्योग सञ्चालनमा ल्याएका हुन् ।
लोकल कुखुराको माग अत्यधिक रहेको र उत्पादन व्यवसायीक रूपमा कमै मात्रै भएकाले उत्पादन बढाउन ह्याचरी र पोल्ट्री फर्म सञ्चालनमा ल्याएको सञ्चालकको दावी भए पनि नयाँ उद्योगको रूपमा स्थापना भएको ह्याचरीले धेरै सम्भावना देखाइदिएको छ । चिकित्सक पेशा अङ्गालेका राजन कृषिमा आउनुले त झनै युवामा कृषि मोह बढी छ भन्ने देखाउँछ ।
एमबिबिएसको अध्ययन गरेर लोकल कुखुरा उत्पादनमा लाग्नु सामान्य अवस्था हैन । यसमा धेरै चुनौती पक्कै छन् । तर स्वदेशमै केही गरेर देशको आर्थिक र व्यवसायिक अवस्था सुधार्न लाग्ने युवाबाट राज्यले पनि केही सिक्नुपर्छ ।
जिल्लामा पहिलो पटक स्थानीय जातका कुखुरा उत्पादनको लागि व्यवसाय उद्योग स्थापना हुनु नै यस क्षेत्रका लागि राम्रो पक्ष हो । यसलाई सरोकरावालाहरूले पनि ध्यान दिन जरूरी छ ।
युवाहरू व्यवसयामा आउने क्रम बढिरहेको छ । आफू अनुकूल व्यवसाय रोज्ने र व्यवसायामा लाग्ने युवाहरूको संख्या बढ्दै गएको पक्का हो । तर युवाको व्यवसायीक सुरक्षा, उत्पादित वस्तुको बजारीकरण र राज्यबाट हुने संरक्षण प्रोत्साहन कम छ ।
जुनकुनै व्यवसायमा लाग्ने युवाहरूलाई राज्यले पनि प्रोत्साहन गर्नसकेमा कृषिलगायतका उत्पादनशील क्षेत्रमा युवाको प्रवेश पनि बढ्ने छ । यसतर्फ तीनै तहका सरकारहरूले सोच्नुपर्छ र युवालाई जति सक्यो बढी स्वोजगारमा लागउने वातावरण निर्माण गर्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here