- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsलोकल कुखुराको ह्याचरी उद्योग

लोकल कुखुराको ह्याचरी उद्योग

- Advertisement -spot_img

तुलसीपुर, २८ माघ । पश्चिम नेपालमै पहिलो पटक दाङमा लोकल कुखुराको अत्याधुनिक ह्याचरी उद्योग सञ्चालनमा आएको छ । ब्रोइलर कुखुराका चल्ला उत्पादन जिल्लामा भएको भए पनि लोकल कुखुराको चल्ला उत्पादनको लागि भने दाङमा पहिलो ह्याचरी उद्योग खुलेको हो ।
तुलसीपुर उपमहानगर–पालिका– १३ फूलबारी दमारगाउँमा दुई युवाले झण्डै २ करोड ५० लाखको लगानीमा लोकल कुखुरा उत्पादन गर्न ह्याचरी उद्योग सञ्चालनमा ल्याएका हुन् ।
रूकुम मुसिकोटमा राजन केसी र काभ्रेका रामकुमार अधिकारीले लोकल कुखुरापालन फर्म र लोकल कुखुराका चल्ला उत्पादनका लागि ह्याचरी उद्योग सञ्चालनमा ल्याएका हुन् ।
लोकल कुखुराको माग अत्यधिक रहेको र उत्पादन व्यवसायीक रूपमा कमै मात्रै भएकाले उत्पादन बढाउन ह्याचरी र पोल्ट्री फर्म सञ्चालनमा ल्याएको सञ्चालक रामकुमार अधिकारीले बताए ।
राजन केसीले आफूले डाक्टरको सफलता त्यागेर पोल्ट्री फर्म ब्यवसायमा लागेको बताए । ‘एमबिबिएसको अध्ययन गरेर लोकल कुखुरा उत्पादनको लागि ह्याचरी उद्योगमा लागेको छु’ उनले भने ‘युवाहरूले व्यवसायमा हात हाल्दा सकारात्मक सन्देश जानेछ । राजन डाक्टर बन्ने उद्देश्यले फिलिपिन्समा एबिबिएस पढ्न गएका थिए ।

एमविविएस पढेर फर्किदा उनलाई चिकित्सक हैन किसान बन्ने सोंच भएपछि भिनाजुसँगको सहकार्यले पश्चिम नेपालकै नमुना र एकमात्रै लोकल कुखुरा उत्पादन केन्द्र स्थापना गरेको बताए ।
राजन केसी र रामकुमार अधिकारीले साला–भिना हुन् । जिल्लामा पहिलो पटक स्थानीय जातका कुखुरा उत्पादनको लागि २ करोड ५० लाखको लगानीमा ह्याचरी र लोकल कुखुरापालन फर्म खोलेको सञ्चालक रामकुमारले बताए ।
तुलसीपुर–१३ फुलवारी दमारगाउँमा एक वर्ष अघिदेखि ‘राइसा ह्याचरी एण्ड पोल्टी फर्म’ सञ्चालनमा ल्याइएको हो । एकसातामा ५ हजार नयाँ चल्ला उत्पादन गर्ने उद्देश्यले ह्याचरी सञ्चालनमा आएको सञ्चालक अधिकारीले बताए ।
उनले आवश्यकता अनुसार लोकल कुखुराका सबै जात र प्रकारको उत्पादन एकथलोबाट गरिनेछ । उनले आफ्नो यो उद्योग चितवन पश्चिममा एकमात्र रहेको बताए ।
पाँच विगाह क्षेत्रमामा रहेको फर्मको निर्माण र सञ्चालनका लागि अहिलेसम्म २ करोड १८ लाखभन्दा बढी रकम खर्च भइसकेको बताए । यसबाट केही महिनादेखि आम्दानीसमेत सुरू भएको उनले बताए ।
फर्ममा स्थानीय जातको न्यूहेम्सायर रातो, अष्ट्रोलयर कालो, साकिनी क्रस, ग्रामीण रैथाने लोकल, कटकनाथ, फाइटर, टर्की, लौकाठ, बट्टाईका साथै विदेशी विभिन्न प्रकारका कुखुराहरू रहेका छन् । त्यस्तै गरेर साकिनी,
प्याँख उल्टे, घाँटी खुइलेलगायतका रहेका छन् । कुखुरापालन र उत्पादन त्यो पनि स्थानीय जातको योजनासहित उद्योग सञ्चालनमा ल्याएको र युवाहरूको सक्रियता भएपछि कृषिमा आफूले प्रेरणा थपि दिएको राजनका बुवा नैन केसीले बताए ।
उनले कृषिमा छोराको रूची बढेपछि एमविविएस पढेर यो व्यवसयामा लाग्न सहमति भएको बताए । पारिवारिक लगानीसहित बैंकको लगानीमा उद्योग सञ्चालनमा आएको उनले बताए ।
अहिले खोरमा एक दिनदेखि एक वर्षसम्ममा लोकल कुखुराहरू रहेका छन् । ह्याचरीबाट उत्पादित चच्लाहरू प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूमा जाने गरेका छन् । स्थानीय उत्पादनलाई जोड दिने उद्देश्यले लोकल कुखुरा उत्पादन सुरू गरेको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here