- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeविचारखेलको दायरा बढ्दैछ

खेलको दायरा बढ्दैछ

- Advertisement -spot_img

दाङमा खेलकुद विकासको गति तीब्ररूपमा भइरहेको छ । भौतिक संरचनादेखि नयाँ खेलाडी उत्पादन गर्नतर्फ तीनै तहका सरकार लागिरहेका छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा खेलको महत्व बढ्न थालेपछि खेलाडीमा पनि नयाँ किसिमको उत्साह थपिन थालेको छ । खेलक्षेत्रमा नै आफूलाई दक्षता हासिल गर्दै लैजानका लागि खेलाडी लागेका छन् ।
यसैक्रममा संघ सरकारको सहयोगमा जिल्लाका दशवटै स्थानीय तहमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने गरेको छ ।
प्रतियोगिताले विद्यालयस्तरबाट खेलक्षेत्रमा आकर्षण बढाउन थालेको छ । स्थानीय सरकारले पनि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई सार्थकता दिने काम गरिरहेका छन् ।
प्रतियोगितालाई थप व्यवस्थापन गर्नका लागि स्थानीय सरकारले थालेको प्रयास के कस्तो छ ? प्रदेश टुडेकमो आजको राउण्ड टेबलमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको विषयमा कुराकानी गरेका छौं ।


नरबहादुर वि.क.
प्रमुख प्रशासकीय अधिकृत
शान्तिनगर गाउँपालिका

भविष्यमा देशका लागि उत्कृष्ट एवं सक्षम खेलाडीको आधारशीला तयार गर्ने उद्देश्यले विद्यालय तहमा अहिले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने गरेको छ ।
खेल प्रतिभाको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने नीतिअनुरूप शान्तिनगर गाउँपालिले पनि पालिकाभित्र रहेका विद्यालयमार्फत राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने गरेको छ ।
निर्देशिकामा विद्यालयमा अध्ययनरत १८ वर्षभन्दा मुनिका कक्षा १२ सम्म अध्ययनरत विद्यार्थी खेलाडी सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ । त्यसैअनुरूप नै गाउँपालिकाले प्रतियोगिता सञ्चालन गरिरहेको छ ।
प्रतियोगिता सञ्चालन निर्देशिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विद्यार्थी सम्बन्धमा विशेष व्यवस्था गरिएअनुसार शैक्षिक सत्रको माध्यमिक विद्यालयको कक्षा १२ सम्म नियमित रूपमा अध्ययन विद्यार्थीले सहभागिता गर्न पाउने व्यवस्था गरिएको छ ।
तर, गाउँका विद्यार्थी केहिले ढिलो पढ्ने हुन्छन् र २० वर्षका विद्यार्थी पनि खेल्न आउँदा १६/१७ वर्षका प्रतिभाशाली विद्यार्थीलाई धेरै मर्का वा अन्याय हुने हुन्छ र प्रतिभा पलायन वा ड्रप आउट हुने बढी सम्भावना हुन्छ । हामीले सकेसम्म व्यवहारिक पक्षलाई ध्यान दिएर नै प्रतियोगिता सञ्चालन गरिरहेका छौँ ।
यस्तो किसिमको प्रतियोगिताले विद्यार्थीले जिल्ला, प्रदेश अनि राष्ट्रिय प्रतियोगिता पनि जित्ने पुरस्कार थाप्छन् अनि आफ्नो घर वा जिल्लामा जाने हुन्छन् ।
नेपालका कमै स्कुलमा वैज्ञानिक तरिकाले खेलकुद प्रशिक्षण दिएका हुन्छन् । त्यस्ता प्रतिभावान् खेलाडीलाई नियमित रूपमा खेलकुद प्रशिक्षण गराउने व्यवस्थामा ध्यान दिन सकिएको छैन ।
त्यस्ताका लागि पनि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता महत्वपूर्ण मानिएको छ । गाउँपालिका भौगोलिक विकटमा भएका कारण सबै विद्यालयले पालैपालो प्रतियोगिता सञ्चालन गर्न कठिनाई भएपनि हामीले प्रतियोगितालाई निरन्तरता दिएका छौँ ।
भौगोलिक विकटतासँगै खेलकुदको संरचनाको अभावमा पनि प्रतियोगिता सञ्चालन गर्न समस्या हुने गरेको छ । ठूला–ठूला खेलकुद प्रतियोगिता सञ्चालन गर्न नसके पनि विभिन्न पक्षलाई मध्यनजर गरी हामीले सकेसम्म धेरै किसिमका खेलकुद प्रतियोगिता सञ्चालन गरिरहेका छौँ ।
प्रतियोगितामा कपड्डी, तेक्वान्दो, भलिबल, कराँते, एथ्लेक्टिक, १००, २००, ८००, १५०० मिटरको दौड, रिले लगायतको खेल हुने गरेका छन्् । प्रतियोगितमा गाउँपालिकाभरिका विद्यालयहरूले सहभागिता जनाउने गर्दछन् ।
विद्यार्थीमा खेलक्षेत्रका आकर्षण बढाउन र नयाँ खेलाडी उत्पादन गरी खेलकुदको विकास गर्नका लागि प्रतियोगिता हरेक वर्ष फरक–फरक विद्यालयमा सञ्चालन हुने गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here