- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeविचारविद्यार्थीमा खेलकुदप्रतिको आकर्षण

विद्यार्थीमा खेलकुदप्रतिको आकर्षण

- Advertisement -spot_img

दाङमा खेलकुद विकासको गति तीब्ररूपमा भइरहेको छ । भौतिक संरचनादेखि नयाँ खेलाडी उत्पादन गर्नतर्फ तीनै तहका सरकार लागिरहेका छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा खेलको महत्व बढ्न थालेपछि खेलाडीमा पनि नयाँ किसिमको उत्साह थपिन थालेको छ । खेलक्षेत्रमा नै आफूलाई दक्षता हासिल गर्दै लैजानका लागि खेलाडी लागेका छन् ।
यसैक्रममा संघ सरकारको सहयोगमा जिल्लाका दशवटै स्थानीय तहमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने गरेको छ ।
प्रतियोगिताले विद्यालयस्तरबाट खेलक्षेत्रमा आकर्षण बढाउन थालेको छ । स्थानीय सरकारले पनि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई सार्थकता दिने काम गरिरहेका छन् ।
प्रतियोगितालाई थप व्यवस्थापन गर्नका लागि स्थानीय सरकारले थालेको प्रयास के कस्तो छ ? प्रदेश टुडेकमो आजको राउण्ड टेबलमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको विषयमा कुराकानी गरेका छौं ।


भरत अर्याल
प्रवक्ता
घोराही उपमहानगरपालिका

खेलकुदको विकासका लागि उपमहानगरपालिकाले विभिन्न किसिमका प्रतियोगिताहरू सञ्चालन गरिरहेको अवस्थामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पनि एक हो ।
हामीले उपमहानगर–पालिकाभित्र भएका सामुदायिक तथा निजी विद्यालयमार्फत प्रतियोगिता सञ्चालन गर्ने गरेका छौँ । यसले पनि विद्यार्थीमा खेलप्रतिको रूचि बढेको छ ।
बिगतका वर्षमा विभिन्न नामले सञ्चालन हुने प्रतियोगिता संघीयता कार्यान्वयनसँगै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने गरेको छ ।
नयाँ व्यवस्थामा स्थानीय सरकार आइसकेपछि प्रतियोगिता सञ्चालनका लागि झनै सजिलो भएको छ । संघ सरकारले प्रतियोगिता सञ्चालनका लागि एक लाखको बजेट व्यवस्थापन गर्ने गरेको छ तर यो रकम पर्याप्त हुँदैन् ।
हामीले प्रतियोगितालाई थप व्यवस्थित बनाउनका लागि विभिन्न आर्थिकदेखि विभिन्न सहयोग गरेका छौँ ।
युवामा पछिल्लो समय खेलप्रतिको रूचि बढिरहेको अवस्थामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले झनै आकर्षण बढाएको छ । विषेशगरी विद्यालयतहबाटै विद्यार्थीमा खेलप्रतिको रूचि बढाउनका लागि पनि प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको छ ।
अवस्था विगतको जस्तो छैन्, वर्षमा एकपटक खेल प्रतियोगितामा समावेश हुन पाउने । व्यवस्था परिवर्तन भएसँगै खेलकुदको विकास पनि उल्लेखनीय विकास भइरहेको छ ।
घोराही उपमहानगरपालिकाले पनि खेलकुदको विकासका लागि निरन्तर लागिरहेको छ । विभिन्न भौतिक संरचना निर्माणदेखि खेलाडी उत्पादनमा उपमहानगरपालिकाले विभिन्न प्रयास गरिरहेको छ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले पनि विद्यालयस्तरबाटै विद्यार्थीमा आकर्षण बढाएको छ । प्रतियोगितामा विभिन्न किसिमका खेल प्रतियोगिता सञ्चालन हुने भएकाले पनि सबै खेलकुदको विकास हुन सकेको छ । प्रतियोगितामा भलिबल, कपड्डीलगायतका दर्जन बढी खेलहरू हुने भएकाले पनि सबै खेलको सम्बोधन हुन सकेको छ ।
प्रतियोगितामा हरेक वर्ष खेलाडीको उत्साहजनक सहभागिताले पनि खेलाडीमा खेलप्रतिको आकर्षण बढेको छ । जसले गर्दा यस्ता प्रतियोगिताले जिल्लामा दक्ष खेलाडी उत्पादन हुँदै गएका छन् ।
जिल्लालाई खेलकुदको हबको रूपमा विकास गर्नका लागि पनि यस्ता किसिमका प्रतियोगिता सञ्चालन हुन आवश्यक छ । अहिले हामीले घोराही उपमहानगरपालिकाले पनि खेलक्षेत्रलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरी विभिन्न भौतिक संरचना निर्माण गरिरहेका छौँ ।
उपमहानगरपालिकाले हरेक वर्ष मेयरकप प्रतियोगिता पनि सञ्चालन गर्ने गरेको छ । उपमहानगरपालिका खेलाडी उत्पादन गर्नतर्फ लागिरहेको छ ।
ठूलो धनराशिका खेलहरू सञ्चालन हुन नसकेपनि स्थानीयस्तरका खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलमा लैजानका लागि यस्ता किसिमका प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको छ । खेलक्षेत्रको विकासका लागि हामीले अझै धेरै गर्नु छ र पनि भएका प्रयास पनि सानो छैनन् जस्तो लाग्छ ।
विद्यालयस्तरमै खेलकुदका विभिन्न गतिविधि भइरहेको समयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भएपछि विद्यार्थीमा खेलको महत्व बढेको देखिन्छ । यसमा हामीले फुटबल खेल प्रतियोगिता सञ्चालन गर्न सकिरहेका छौँ ।
फुटबल खेलेका अत्याधिक आवश्यकता देखिएको छ तर बजेटमा केही कठिनाई भएका कारण पनि फुटबल प्रतियोगिता समावेश गर्न सकिरहेका छैनौँ ।
फुटबल खेल खेलाउँदा समय धेरै लाग्ने भएका कारण पनि बजेट सीमित हुँदा सञ्चालनमा कठिनाई आइरहेको छ । आगामी वर्षमा फुटबल खेल पनि समावेश गराउनका लागि हामीले बजेट व्यवस्थापनदेखि विभिन्न प्राविधिक पाटोलाई व्यवस्थापन गर्न लागिरहेका छौँ ।
अहिले सञ्चालन हुने खेलमा कपड्डीमा बढी रूचि देखिएको छ । विषेशगरी छात्रामा कपड्डीसँगै भलिवल प्रतियोगितामा बढी रूचि देखिएको छ । तर छात्रमा फुटबल खेलप्रति बढी आकर्षण देखिन्छ ।
मागलाई मध्यनजर गरी आगामी प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेका छौँ । स्थानीय सरकारबाट हुनसक्ने सहयोगको दायरालाई फराकिलो बनाएर प्रतियोगितालाई झनै व्यवस्थित साथ सञ्चालन गर्नका लागि योजना बनाएका छौँ । खेलकुदको विकासका लागि हामीलाई विद्यालयले पनि महत्वपूर्ण सहयोग गर्नुभएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here