- Advertisement -spot_img
Friday, June 18, 2021
Homeविचारनयाँ खेलाडी उत्पादन

नयाँ खेलाडी उत्पादन

- Advertisement -spot_img

दाङमा खेलकुद विकासको गति तीब्ररूपमा भइरहेको छ । भौतिक संरचनादेखि नयाँ खेलाडी उत्पादन गर्नतर्फ तीनै तहका सरकार लागिरहेका छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा खेलको महत्व बढ्न थालेपछि खेलाडीमा पनि नयाँ किसिमको उत्साह थपिन थालेको छ । खेलक्षेत्रमा नै आफूलाई दक्षता हासिल गर्दै लैजानका लागि खेलाडी लागेका छन् ।
यसैक्रममा संघ सरकारको सहयोगमा जिल्लाका दशवटै स्थानीय तहमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने गरेको छ ।
प्रतियोगिताले विद्यालयस्तरबाट खेलक्षेत्रमा आकर्षण बढाउन थालेको छ । स्थानीय सरकारले पनि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई सार्थकता दिने काम गरिरहेका छन् ।
प्रतियोगितालाई थप व्यवस्थापन गर्नका लागि स्थानीय सरकारले थालेको प्रयास के कस्तो छ ? प्रदेश टुडेकमो आजको राउण्ड टेबलमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको विषयमा कुराकानी गरेका छौं ।


कमानसिं डाँगी
अध्यक्ष
शान्तिनगर गाउँपालिका

शान्तिनगर गाउँपालिकामा विगतका वर्षदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुँदै आएको छ । सरकारले खेलकुद क्षेत्रमा खेलाडीको आकर्षण बढाउन हरेक स्थानीय तहमार्फत राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने गरेको छ ।
शान्तिनगर गाउँपालिकामा पनि यहाँ रहेका विद्यालयमार्फत प्रतियोगिता हुने गरेको छ । विद्यालयमा अध्ययनरत बालबालिका प्रतियोगितामा सहभागिता जनाउन थालेपछि खेलकुदको आकर्षण बढ्ने देखिन्छ ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने उद्देश्यका साथ प्रतियोगिता हुने गरेको छ । प्रतियोगितामा विभिन्न खेलकुदहरू सञ्चालन हुने गरेका छन् । स्थानीय सरकार आइसकेपछि हामीले खेलकुदमा उल्लेखनीय काम गरिरहेका छौँ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले पनि विद्यार्थीमा खेलकुदप्रतिको आकर्षण बढाएको छ  । राष्ट्रियस्तरमा नै खेलकुदका ठूला प्रतियोगिता सञ्चालन भइरहदा हामीले सञ्चालन गर्ने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई खेलप्रतिको महत्व बढेको छ । शुरू–शुरूमा खेलप्रति पनि रूचि नदेखाउने प्रचलन रहेको थियो ।
हामीले यस्ता प्रतियोगिताहरू सञ्चालन गर्न थालेपछि हरेक वर्ष नयाँ खेलाडी उत्पादन हुने गरेका छन् । खेलाडीको उत्पादन गर्न अर्थात् खेलप्रतिको रूचि बढाउन यस्ता किसिमका प्रतियोगिता सञ्चालन हुने गरेका छन् ।
विद्यालयस्तरबाटै प्रतियोगिताहरू सञ्चालन हुँदा अभिभावक पनि आफ्ना बालबालिकालाई खेल प्रतियोगितामा सहभागिता गराउने गरेका छन् । गाउँपालिकाभित्रका विद्यालयमार्फत प्रतियोगिता सञ्चालन हुने गरेको छ ।
यसवर्ष पनि हामी प्रतियोगिता सञ्चालनको तयारीमा छौँ । गतवर्ष भएको प्रतियोगितामा सहभागी जनाउने खेलाडीले जिल्लास्तरमा राम्रो स्थान हासिल गरेका छन् ।
संघ सरकारले स्थानीयस्तरमा नयाँ खेलाडी उत्पादन तथा पुराना खेलाडीको प्रोत्साहनका लागि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने गरेको छ । प्रतियोगिताका लागि हरेक वर्ष संघ सरकारले स्थानीय सरकारलाई एक लाख बजेट व्यवस्थापन गरेको हुन्छ ।
बजेट पर्याप्त नभएपछि हामी स्थानीय सरकारले पनि केही अपुग बजेट व्यवस्थापन गरी प्रतियोगितालाई भव्यरूपमा सम्पन्न गर्ने गरेका छौँ ।
प्रतियोगितामा वर्षेनी नयाँ खेलाडीको आगमनसँगै खेलकुदमा आफूलाई दक्ष गराउँदै लगेको अवस्थामा प्रतियोगिताको महत्व झनै बढेको देखिन्छ । गाउँपालिकामा रहेका विद्यालयमार्फत हुने प्रतियोगिता सञ्चालन गरेको छ ।
हामीले सञ्चालन गर्ने गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्राको सहभागिता अझ बढी देखिन्छ । यसले पनि पुरूषको तुलनामा महिलामा अझ बढी खेलप्रतिको रूचि देखिएको छ ।
प्रतियोगितामा शिल्ड हात पार्नकै लागि पनि विद्यार्थीले अरू समयमा पनि खेलकुदका गतिविधिलाई निरन्तरता दिने गरेका छन् । गाउँपालिमा खेलकुदको विकासका लागि हामीले भौतिक संरचनादेखि नयाँ खेलाडी उत्पादनलाई जोड दिएका छौँ ।
अन्तर्राष्ट्रियस्तरमा पनि खेलकुदको भविष्य राम्रो देखिएकाले यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्दछन् । खेलकुदले शारीरिक रूपमा स्वस्थता बनाउनुका साथै राष्ट्रलाई चिनाउने महत्वपूर्ण भूमिका खेल्दछ ।
हामीले सम्भव भएसम्म खेलप्रतिको रूचि बढाउनका लागि विभिन्न समयमा विभिन्न किसिमका प्रतियोगिता सञ्चालन गर्ने गरेका छौँ र यो प्रतियोगिताले पनि खेलकुदको विकासमा भूमिका खेलेको छ ।
प्रतियोगिताअन्तर्गत भलिबल, हाइजम्प, लमजम्प, कपड्डीलगायतका खेल हुने गरेका छन् । फुटबल प्रतियोगिता सञ्चालन गर्न नसकिरहेको अवस्था छ ।
फुटबलका लागि समय अलिकति बढी लाग्ने भएका कारण पनि बजेट व्यवस्थापनमा कठिनाई हुने गरेको छ । त्यसैले फुटबल प्रतियोगिता राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सञ्चालन हुन सकेको छैन् ।
फुटबल प्रतियोगिताका लागि पनि हामीले कोसिस गरिरहेका छौँ । खेलाडीको फुटबलप्रति रूचि पनि देखिएको र सम्भावना पनि धेरै रहेका कारण पनि फुटबल प्रतियोगिता सञ्चालन गर्नु आवश्यक ठानेका छौँ ।
त्यसैले आगामी दिनमा हामीले संघ सरकारबाट प्राप्त बजेट मात्रैमा भरपर्ने भन्दा पनि आफैले बजेट व्यवस्थापन गरी फुटबललगायतका अतिआवश्यक खेलुकुद प्रतियोगिता संचालन गर्ने साेंच बनाएका छौँ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here