- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeविचारखेलप्रति अभिभावकको चासो

खेलप्रति अभिभावकको चासो

- Advertisement -spot_img

दाङमा खेलकुद विकासको गति तीब्ररूपमा भइरहेको छ । भौतिक संरचनादेखि नयाँ खेलाडी उत्पादन गर्नतर्फ तीनै तहका सरकार लागिरहेका छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा खेलको महत्व बढ्न थालेपछि खेलाडीमा पनि नयाँ किसिमको उत्साह थपिन थालेको छ । खेलक्षेत्रमा नै आफूलाई दक्षता हासिल गर्दै लैजानका लागि खेलाडी लागेका छन् ।
यसैक्रममा संघ सरकारको सहयोगमा जिल्लाका दशवटै स्थानीय तहमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने गरेको छ ।
प्रतियोगिताले विद्यालयस्तरबाट खेलक्षेत्रमा आकर्षण बढाउन थालेको छ । स्थानीय सरकारले पनि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई सार्थकता दिने काम गरिरहेका छन् ।
प्रतियोगितालाई थप व्यवस्थापन गर्नका लागि स्थानीय सरकारले थालेको प्रयास के कस्तो छ ? प्रदेश टुडेकमो आजको राउण्ड टेबलमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको विषयमा कुराकानी गरेका छौं ।


घनश्याम पाण्डे
नगरप्रमुख
तुलसीपुर उपमहानगरपालिका

तुलसीपुर उपमहानगरपालिका नै खेलकुद नगरीको रूपमा विकास भइरहेको छ । उपमहानगरपालिकाभित्रै अन्तर्राष्ट्रियस्तरको खेलकुद रंगशाला निर्माण भएपनि अहिले खेलाडीमा एक किसिमको नयाँ उत्साह थपिएको छ ।
संघ सरकारको सहयोगमा स्थानीय सरकारमार्फत सञ्चालन गर्ने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामार्फत पनि नयाँ र दक्ष खेलाडी उत्पादन भइरहेको छ । खेलकुदकोे सम्भावना बढ्दै जाँदा यस्ता प्रतियोगिताले पनि महत्वपूर्ण भूमिका खेल्दछन् । यस वर्षको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भइसकेको छ ।
खेलकुदको विकासका लागि स्थानीय सरकारले विभिन्न प्रतियोगिता सञ्चालन गरिरहेको अवस्थामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले झनै खेलाडीमा हौसला थपेको छ ।
पुरस्कारको राशि ठूलो नभएपनि प्रतियोगिताले खेलप्रति रूचि राख्ने आमनागरिकमा ठूलो भूमिका खेलेको छ । तुलसीपुरमा रहेको विद्यालयको सहयोगमा प्रतियोगिता सञ्चालन हुने गरेको छ । हामीले आर्थिकरूपमा सहयोग गर्ने गरेका छौँ भने विद्यालयले प्राविधिक रूपमा व्यवस्थापन गरी प्रतियोगिता हरेक वर्ष सञ्चालन हुने गरेको छ ।
प्रतियोगितमा वर्षेनी खेलाडी बढ्न थालेको अवस्थामा पनि यसले पनि खेलप्रतिको आकर्षण बढाएको छ । प्रतियोगितालाई व्यवस्थित गर्नका लागि संघ सरकारबाट प्राप्त हुने एक लाख रकममा हामीले थप रकम व्यवस्थापन गर्ने सोंच बनाएका छौँ ।
तुलसीपुरलाई स्पोटर््स सिटीको रूपमा विकास गर्नका लागि खेलाडीमा उत्साह थप्न र रूचि बढाउनका लागि पनि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दायरालाई ठूलो बनाउने सोंच गरेका छौँ ।
अहिले प्रतियोगितामा सीमित खेलहरू सञ्चालन भइरहेको अवस्थामा यसलाई फराकिलो बनाउनका लागि हामीहरू लागिरहेका छौँ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अलवा हामीले विभिन्न समयमा गर्ने मेयरकप,
वडा अध्यक्ष कपले पनि खेलाडी उत्पादनमा थप सहयोग पुगेको छ । खेलकुदलाई पनि पेशाको रूपमा विकास गर्न सक्नुपर्छ भन्ने उद्देश्यका साथ स्थानीय सरकारले खेलप्रतिको आकर्षण बढाउन विभिन्न प्रयास गरिरहेको अवस्थामा तुलसीपुर उपमहानगरपालिकाले पनि विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गर्ने गरेको छ ।
विद्यालयस्तरमा नै खेलकुदका विभिन्न गतिविधि सञ्चालन हुने गरेका कारण पनि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पनि सरकारको आर्थिक सहयोगमा विद्यालयले नै गरिरहेका छन् ।
विद्यार्थीमा अध्ययनमा मात्र नभई अन्य बाहिरी कुरामा पनि ध्यान दिनुपर्छ भन्ने विकास भई खेलकुदप्रति रूचि बढ्न थालेको छ । खेलकुदका भौतिक संरचना पनि उपमहानगरपालिकाका विभिन्न स्थानमा केही बनिसकेका छन्,
केही निर्माणको क्रममा छन्, यसले पनि खेलाडीमा झनै उत्साह थपिएको छ । यस्ता किसिमका प्रतियोगिताले नयाँ खेलाडी उत्पादन भएर जिल्ला हुँदै राष्ट्रियस्तरमा हुने विभिन्न प्रतियोगितमा तुलसीपुरका खेलाडीहरूले पनि विभिन्न स्थान हासिल गर्ने गरिरहेका छन् । यस कारणले गर्दा पनि यस्तो किसिमको प्रतियोगिताले थप हौसला प्रदान गरिरहेको छ ।
विद्यालयस्तरमै विद्यार्थीको खेलप्रतिको रूचि बढाउनका लागि सरकारले हरेक वर्ष प्रतियोगिता सञ्चालन गर्दै आएको छ । प्रतियोगिताले विद्यार्थीमात्र नभई अभिभावकमा पनि आफ्ना बालबालिकालाई खेलाडी बनाउनुपर्छ भन्ने सन्देश गएको छ । प्रतियोगितामा फुटबलदेखि भलिवल, कपड्डीलगायतका विभिन्न किसिमका खेल हुने गरेका छन् ।
यसले गर्दा पनि विद्यार्थीमा रूचि अनुसारका खेल खेल्नमा सहयोग पुगेको छ । यस्ता किसिमका प्रतियोगिता बिगतमा हुने गरे पनि दायरा फराकिलो बन्न सकेको थिएन् ।
संघीय व्यवस्था कार्यान्वयनमा आएसँगै प्रतियोगिता व्यवस्थित बन्दै गएको छ । केन्द्र सरकारसँगै स्थानीय सरकारको सहयोगमा प्रतियोगिता सञ्चालन हुने गरेको छ ।
खेलाडीको उत्पादन नगरी खेलकुदको विकास कसरी हुनसक्छ र ? त्यसैले खेलाडी उत्पादन गर्नका लागि यस्तो किसिमको प्रतियोगिता सञ्चालन हुने गरेको छ ।
खेलाडीको उत्पादन हुन थालेपछि खेलकुदका संरचना पनि विकास हुन थालेका छन् । यसले पनि खेलाडीमा थप हौसला थपेको छ ।
खेलकुद राष्ट्रको गौरबको रूपमा त रहेको छ नै स्वास्थ्यका लागि पनि खेलकुदको विकास जरूरी रहेको छ । त्यसैले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले पनि महत्वपूर्ण भूमिका खेल्ने छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here