- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsप्रहरीकै भवन अलपत्र, ठेकेदार सम्पर्कविहीन

प्रहरीकै भवन अलपत्र, ठेकेदार सम्पर्कविहीन

- Advertisement -spot_img

सल्यान, २८ माघ । सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा रहेको ईलाका प्रहरी कार्यालय सल्ली बजारको भवन अलपत्र अवस्थामा रहेको छ ।
भवन निर्माणको जिम्मा लिएको निर्माण कम्पनी देवसिं निर्माण सेवा प्रालि कैलाली सम्पर्कविहीन भएपछि चार महिनादेखि निर्माणको काम अलपत्र भएको हो ।
निर्माण कम्पनीका कृष्णबहादुर स्वार सम्पर्कविहीन हँुदा कामले गति लिन सकेको छैन । उनी सम्पर्कमा समेत आउन नमानेको बुझिएको छ ।
अढाई तलाको १६ कोठे भवनको लागि कर्णाली प्रदेश सरकारले २ करोड ३० लाख ७७ हजार ५ सय ३५ रूपैयाँ बजेट विनियोजन गरिएको थियो ।
निर्माण व्यवसायी कृष्णबहादुर स्वार र जिल्ला प्रहरी कार्यालय सल्यानबीच मिति २०७६ जेठ २४ गते सम्झौता भई २०७७ जेठ २३ गते काम सम्पन्न गर्ने सम्झौता भएको छ । काम गर्ने सम्झौता भएको ८ महिना बिति सक्दासमेत निर्माण कार्य शुन्य भएको छ ।
उक्त क्षेत्रमा ‘ख’ वर्गको प्रहरी चौकी हँुदा त्यहाँका जनतालाई विभिन्न प्रकृतिका घटना हँुदा कानुनी प्रक्रियामा समस्या हुने गरेको छ । जिल्ला प्रहरी कार्यालयलाई खबर गर्नुपर्ने अवस्था रहेको छ ।
नयाँ बन्ने भवनमा ईलाका प्रहरी कार्यालय सल्ली बजारको कार्यालय, व्यारेक, भवन, मेस, शौचालय तथा स्नानगृह लगायतका संरचना निर्माण हुने भनिएको थियोे ।
भवन निर्माणको कामको जिम्मा लगेका देवसिं निर्माण कम्पनी प्रालिका प्रोप्राईटर कृष्णबहादुर स्वारले पहिले एक वर्षभित्र भवन निर्माणको काम सक्ने बताए पनि दुई महिना काम गरेपछि सम्पर्कविहीन बनेका हुन् ।
विगत लामो समयदेखि इप्रका असुरक्षित अवस्थामा कार्यालय सञ्चालन हुँदै आएको छ । अहिलेसम्म भवन नहुँदा जीर्ण घरमा भाडा तिरेर सञ्चालन भइरहेको ईलाका प्रहरी कार्यालय सल्ली बजारका ईन्चार्ज प्रेम बोहराले बताए ।
काम समयमा सम्पन्न नहँुदा यो वर्ष पनि वर्षाको समयमा चुहिने जीर्ण अवस्थाको भवनमा बसेर सेवा दिनुपर्ने अवस्था भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here