- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsगोरखालाई रनिङ शिल्डको उपाधि

गोरखालाई रनिङ शिल्डको उपाधि

- Advertisement -spot_img

तुलसीपुर, २८ माघ । तुलसीपुर उपमहानगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि गोरखा मावि तुलसीपुरले जितेको छ । उपमहानगरपालिकाको आयोजना तथा सहिद स्मृति आवासीय विद्यालय तुलसीपुरको संयोजनमा सञ्चालन भएको नगरस्तरीय दोस्रो तथा १२औँ रनिङ शिल्ड प्रतियोगितामा गोरखा मावि विभिन्न पदकसहित प्रथम भएको हो ।
विद्यालयले १३ स्वर्ण, ५ रजत र ३ कास्य पदक प्राप्त गरेको हो । यो सँगै गोरखा माविले रनिङ शिल्डको उपाधि चौथो पटक जितेको छ ।
प्रतियोगितामा ज्ञानज्योती सेकेण्डरी स्कुल तुलसीपुरले ६ स्वर्ण, १० रजत र ६ कास्य पदकसहित दोस्रो स्थान प्राप्त गरेको छ । त्यस्तै महेन्द्र मावि तुलसीपुरले ३ स्वर्ण, १ रजत र २ कास्य पदकसहित तृतीय स्थान प्राप्त गरेको छ ।
प्रतियोगितामा गुरुजजुर नमुना मावि रक्षाचौर २ स्वर्ण, ३ रजत र ४ कास्य पदक सहित सान्त्वना भएको प्रतियोगिताका सचिवालय सदस्य बालकृष्ण शाहले जानकारी दिए ।
तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया आचार्यको अध्यक्षता तथा शिक्षा मन्त्रीका प्रमुख राजनैतिक सल्लाहकार जीवन गौतमको प्रमुख आतिथ्यमा प्रतियोगिताको समापन गरिएको हो । कार्यक्रमको सहिद स्मृति आवासीय विद्यालयका प्रधानाध्यापक नारायण पौडेलले सहजीकरण गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here