- Advertisement -spot_img
Friday, June 18, 2021
Homeमुख्य खबरप्रदेश एक्स्पो सफल पार्न उपसमिति

प्रदेश एक्स्पो सफल पार्न उपसमिति

- Advertisement -spot_img

घोराही, २८ माघ । प्रदेशबासीको उत्सवको रुपमा ५ नं. प्रदेश सरकारले फागुन १०, ११ र १२ गते दाङमा प्रदेश एक्स्पो गर्ने भएको छ । सरकारको दोस्रो स्थापना दिवसको अवसरमा आयोजना गर्न लागिएको एक्स्पो सञ्चालनका लागि प्रदेश सरकारले आन्तरिक मामिला तथा कानून मन्त्री कूलबहादुर केसीको संयोकजकत्वमा ३८ सदस्यीय मूल समारोह समिति र ९ वटा उपसमिति गठन गरी तयारी शुरु गरेको छ ।
प्रदेश सरकार स्थापनादेखि हालसम्मका गतिविधि र उपलब्धिबारे जानकारी दिने, प्रदेश नं. ५ को विविधता, उत्पादन, पहिचान, संस्कृति र विकासको स्थितिको जानकारी दिने, ‘समृद्ध प्रदेश, खुशी जनता’को लक्ष्य पूरा गर्न समान उत्साह र समान खुशी पैदा गर्न अभिप्रेरित गर्ने र प्रदेश नं. ५ मा कृषि,
पर्यटन, स्वास्थ्य, शिक्षा तथा संस्कृतिको विकासलाई नमूनाको रुपमा स्थापना गरी विकासमा उत्साह ल्याउने एक्स्पो आयोजनाको मूल उद्देश्य रहेको संयोजक एवं मन्त्री केसीले बताए ।
एक्स्पोलाई ५ नं. प्रदेशबासीको उत्सवको रुपमा सञ्चालन गर्न थालिएको बताउँदै मन्त्री केसीले प्रदेश सरकारको दुई वर्षको उपलब्धिसहित ५ नं. प्रदेशका १२ जिल्लाको मौलिक ज्ञान, सीप, लोककला,
स्थानीय उत्पादन, स्थानीय खाना र नवीन प्रविधिको प्रस्तुती एवं प्रदर्शन गरिने जानकारी दिएका छन् । एक्स्पोमा योगा, ध्यान शिविर, विशेषज्ञ डाक्टरद्वारा मुटु र क्यान्सर रोगको निःशुल्क उपचार, शैक्षिक एवं वैज्ञानिक कार्यक्रमहरु, युवा तथा बालबालिकाहरुका लागि नवीन खेलहरु,
प्रदेश ५ का नाच, दोहरी गीत, सारङ्गी बादन, झाँकी, चर्या नृत्यसहित दुईवटा मण्डला निर्माण गरिने भएको छ । एक्स्पोमा ५० वटा सरकारी स्टल र करीब ५ सय जति अन्य स्टलहरु रहने जनाइएको छ ।
यसैबीच प्रदेश सरकारले यही फागुन १०, ११, र १२ गते दाङको बेलझुण्डीमा प्रदेश एक्स्पो कार्यक्रमलाई सफल पार्नको लागि छलफल गरिएको छ ।
प्रचार प्रसार समितिका सदस्य केएल पीडितको अध्यक्षता एवं जिल्ला समन्वय समिति प्रमुख एवं अतिथि व्यवस्थापन समितिका संयोजक जितेन्द्रमान नेपालीको प्रमुख आतथ्यितामा छलफल भएको हो ।
छलफलमा अतिथि स्वागत तथा व्यवस्थापन समितिका संयोजक श्रीधर पौडेलले प्रदेश सरकारले गरेका कामका बारेमा नागरिकलाई सुसूचित गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको जानकारी दिएका थिए ।
प्रदेश नं. ५ का १२ जिल्लाका समन्वय समिति, प्रदेश मातहतका कार्यालय पालिकाका गरी करिव ९ सय ९१ अतिथिलाई दाङमा स्वागत गरिनेछ ।
अतिथि व्यवस्थापनका लागि १२ जिल्लाका हेल्पडेक्स स्थापना गरी हरेकले आ–आफ्नो जिल्लाका अतिथिहरुको आवास भोजन तथा अन्य व्यवस्थापन गर्ने गरी जिम्मेवारी मिलाइने भएको छ ।
यसैगरी अतिथी व्यस्थापनका लागि एक सयजना मातृशक्ति र चार सय स्वयम्सेवकमार्फत अतिथि व्यवस्थापन गरिनेछ । एक्स्पो सम्मेलनमा १२ जिल्लाका झाँकीसहित साँस्कृतिक टिम, दाङका १० वटा पालिकाबाट झाँकी तथा साँस्कृतिक टिमको सहभागिता रहनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here