- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsगायक पुष्कलसँग रमाए दर्शक

गायक पुष्कलसँग रमाए दर्शक

- Advertisement -spot_img

देउखुरी, २८ माघ । देउखुरीको लमहीमा आयोजित प्रथम कृषि तथा औद्योगिक महोत्सवमा दैनिकजसो अवलोकन गर्न आउने दर्शकको संख्यामा वृद्धि हुँदै गएको छ ।
महोत्सवमा सोमबार चौथो दिन करिब हजार दर्शकले महोत्सवको अवलोकन गरेका छन् । हरेक दिन राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुतिले मेलालाई झन् रौनकता दिएको छ ।
घुम्न जाउँ देउखुरी, सफल बनाउ भ्रमण बर्ष २०२० भन्ने मुल नाराको साथ लमही चेम्बर अफ कमर्सले आयोजना गरेको ब्यापारिक महोत्सवमा सोमबार लोक तथा दोहोरी पुस्कल शर्माले ‘मुटु जलाई जलाई’, ‘गयो माया हो काली गङ्गा तरेर’, ‘ए साथी सम्झनामा आउ है’, ‘झुम्के बुलाकीले’जस्ता गीत गाउँदा दर्शकले नाचेका थिए ।
लमहीमा आयोजित महोत्सवमा चौथो दिन सोमबार लोकदोहोरी गायिका रूपा घर्तीमगर, गायक राजेन्द्र चौधरी, मोडेल निशु चौधरी, कमलनारायणी लगायतको प्रस्तुति रहेको थियो भने कार्यक्रमको सञ्चालन गायक तथा मोडेल विजय पुनले गरेका थिए । यस्तै मंगलबारका पप गायक कमल खत्री, लोक दोहोरी गायिका भूमिका गिरीलगायतका कलाकारको प्रस्तुति रहने छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here