Saturday, April 13, 2024
Homebreaking-newsसप्तरङ्गीमा खेलकुद सप्ताह

सप्तरङ्गीमा खेलकुद सप्ताह

- Advertisement -spot_img

तुलसीपुर, २८ माघ । तुलसीपुर–९ बेलुवामा रहेको सप्तरङ्गी बोर्डिङ स्कुल (सक्सेस)ले साताव्यापी खेलकुद कार्यक्रम सुरु गरेको छ । विद्यालयमा अध्ययनरत छात्र/छात्राभित्र लुकेर रहेका अन्तरनिहित खेल प्रतिभालाई उजागर गर्न खेल सप्ताह शुरु भएको हो ।
खेल सप्ताहको तुलसीपुर उपमहानगरपालिका युवा तथा खेलकुद समितिका संयोजक अमर नेपाली माईकलले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालीले खेलकुद क्षेत्र स्वास्थ्य र समृद्धिसँग जोडिएको बताए ।
विद्यालयको १३औँ वार्षिकोत्सवका अवसरमा आयोजित खेलकुद सप्ताहमा एथलेटिक्सतर्फका ट्रयाक तथा फिल्ड, छात्र फुटबल, खो–खो, स्लो बाईक रेस, कबड्डी लगायतका सिनियर तथा जुनियरतर्फका खेलहरु हुनेछन ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल छवि कुमार ओलीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका युवा तथा खेलकुद समितिका संयोजक अमर नेपालीको प्रमुख आतिथ्यता एवं तुलसीपुर उपमहानगरपालिका युवा तथा खेलकुद समितिका सदस्य दिपक कुमाल र भलिबलका पूर्व राष्ट्रिय खेलाडी कमल पोख्रेलको विशिष्ट आतिथ्यमा भएको हो ।
विद्यालयका भाइस प्रिन्सिपल प्रदिप ओलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका कोर्डिनेटर गोपाल गिरीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here