- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरविपद् पूर्वसूचना यन्त्र राख्न सम्झौता

विपद् पूर्वसूचना यन्त्र राख्न सम्झौता

- Advertisement -spot_img

घोराही, २८ माघ । घोराही उपमहानगरका ६ स्थानमा विपद् ब्यवस्थापन पूर्वसूचना प्रणालीको सेन्सर यन्त्र राख्ने गरी विपद् न्यूनीकरणका लागि राष्ट्रिय विज्ञान तथा प्रविधि केन्द्र ताइवान र घोराही उपमहानगरपालिकाबीच सम्झौता भएको छ ।
नगर प्रमुख नरुलाल चौधरी र प्रविधि केन्द्रका डा. उई सेन्लीबीच सोमबार ताइवानमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौताका लागि केन्द्रको खर्चमा नगर प्रमुख चौधरी र नगरको वातावरण तथा विपद् ब्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगी ताइवान पुगेका छन् ।
विपद् ब्यवस्थापन पूर्वसूचना प्रणाली यन्त्रले भूइँचालो आउनु पूर्वसूचना दिने, वर्षामा पानीको जोखिम र हावाको गति मापन गर्नेछ । अबको ६ महिनाभित्र उक्त यन्त्रहरु जडान हुने गरी सम्झौता भएको नगर प्रमुख चौधरीले जानकारी दिए ।
यन्त्र राख्नका लागि नगरको कार्यालय परिसरसँगै वडा नम्बर २, ७, ९, १० र १२ मा ताइवानको प्राविधिक टोलीले अध्ययनसमेत गरिसकेको छ ।
नगरले प्रत्येक वडाहरुमा अहिले कृत्रिम जलाशयहरु बनाएको र ठूलो बर्षा हुन निम्तिन सक्ने जोखिमलाई न्यूनीकरणका लागि उक्त यन्त्रले सूचना दिने र सुरक्षाको तयारीमा मद्दत पुग्ने नगर प्रमुख चौधरीको भनाइ छ ।
यन्त्रहरुले दिने सूचनाले जोखिम घटाउन ठूलो भूमिका खेल्ने उनले बताए । उक्त यन्त्र जडानका लागि घोराही उपमहानगरसँगै बर्दियाको ठाकुरबाबा नगरपालिकासँग पनि सम्झौता भएको छ । यसअघि केन्द्रले बाँकेको दुई स्थानीय तहमा यस्ता यन्त्र जडान गरिसकेको कोमल अर्यालले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here