- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeखेलकुदअध्यक्ष कप प्रतियोगिता

अध्यक्ष कप प्रतियोगिता

- Advertisement -spot_img

शान्तिनगर, २७ माघ । शान्तिनगर गाउँपालिकामा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । शान्तिनगर गाउँपालिका वडा नं ३ को आयोजनामा सोमबारदेखि खेलकुद प्रतियोगिता सुरु भएको हो ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ सुरु भएको प्रतियोगिता वडा नं ३ का वडा अध्यक्ष बुद्धिराम तिवारीको अध्यक्षता एवं गाउँपालिका अध्यक्ष कमानसिं डाँगीको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष डाँगीले खेल र खेलाडी राष्ट्रको गहना भएको बताए । खेलकै माध्यमबाट देशलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउनका खेलाडीहरुले महत्वपूर्ण भूमिका खेलेको बताउँदै उनले खेल क्षेत्रको संरक्षण र खेलाडीहरुलाई हौसला प्रदान गर्नका लागि राष्ट्रले लगानी लगाउन जरुरी रहेको औँल्याए ।
‘हाम्रो गाउँपालिकाले खेल र खेलाडीको महत्व निकै राम्रोसँग बुझेको छ’ उनले भने– ‘यसर्थ गाउँपालिकाले खेल क्षेत्रको संरक्षण र विकासका लागि लगानी गर्दै आएको छ, साथै आगामी दिनमा पनि लगानी गर्दै जानेछ ।’
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर विश्वकर्मा, विपी मावि बयालेका व्यवस्थापन समिति अध्यक्ष शशिधर केसी, विभिन्न राजनैतिक दलका प्रतिनिधि,
समाजसेवीलगायतले खेल क्षेत्रको महत्व र आवश्यकताका बारेमा चर्चा गरेका थिए । तीन दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा भलिबल, फुटबल र कराँते प्रतियोगिता हुने कार्यक्रम संयोजक गणेश डाँगीले जानकारी दिए । दिल बहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण थम्मन कँडेलले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here