- Advertisement -spot_img
Friday, June 18, 2021
Homeमुख्य खबरपतञ्जली योग समिति पुनर्गठन

पतञ्जली योग समिति पुनर्गठन

- Advertisement -spot_img

तुलसीपुर, २८ माघ । पतञ्जली योग समिति तुलसीपुरको पुनर्गठन गरिएको छ । प्रह्लाद शाहको अध्यक्षतामा नयाँ समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा योगेन्द्र शाह, कोषाध्यक्षमा हुमबहादुर केसी, सचिवमा विष्णुप्रसाद आचार्य, महासचिवमा दुर्गाप्रसाद भण्डारी, संगठन मन्त्रीमा पूर्णप्रसाद धिताल, शिक्षा विभागमा धु्रवराज गौतम र सञ्चार विभागमा रेखा शर्मा रहेका छन् ।
पतञ्जली योग तुलसीपुर समितिका प्रभारी योग गुरु प्रह्लाद शाहको अध्यक्षतामा तथा पतञ्जली योग समिति प्रदेश नम्बर ५ का प्रशिक्षण विभाग प्रमुख दिपक बस्यालको प्रमुख आतिथ्यतामा भएको भेलाले नयाँ समिति गठन गरेको हो ।
त्यस अवसरमा पतञ्जली योग जिल्ला समिति उपाध्यक्ष विनोद चौधरी, तुलसीपुर उपमहानगरका योग संयोजक तथा वडा न ७ का अध्यक्ष टोपबहादुर केसी,
पतञ्जली योग जिल्ला समिति संगठन विभाग प्रमुख बामदेव धिताल, पतञ्जली योग दाङकोे तर्फबाट तुलसीपुर नगरलाई संयोजन भूमिकाको जिम्मेवारी दिईएको संयोजक टेक बहादुर खड्काले बताए ।
यसैबीच राष्ट्रिय नाच घर काठमाडाँैको आयोजना तथा पतञ्जली योग साँस्कृतिक समिति दाङको समन्वयमा चारवटा विधामा तालिम हुने भएको छ । तालिम फागुन ६ देखि १४ गतेसम्मका लागि सञ्चालन हुने भएको छ ।
तालिममा गायन, नृत्य, वाद्यवादन र अभिनय गरी चारवटा विधाहरु प्रस्तुत हुने पतञ्जली योग केन्द्र नारायणपुरका संयोजक दानबहादुर बुढाथोकीले जानकारी दिए । विद्यार्थीका लागि बिहान ७ बजेदेखि र अरू व्यक्तिहरुलाई दिउँसो ४ बजेदेखि कार्यक्रममा सहभागी गराइने छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here