- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsतालिमलाई सूत्रको रूपमा प्रयोग गर्नुपर्छ

तालिमलाई सूत्रको रूपमा प्रयोग गर्नुपर्छ

- Advertisement -spot_img

नारायणपुर, २८ माघ । घोराही–१० नारायणपुरमा दुईदिने पत्रकारिता तथा उद्घोषण तालिम सोमबारदेखि शुरू भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १० को आर्थिक सहयोग तथा स्वतन्त्र पत्रकार संघ दाङको आयोजनामा तालिम सञ्चालन भएको हो ।
तालिमको उद्घाटन स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष केवि मसालले गरेका हुन् । तालिमको उद्घाटन गर्दै अध्यक्ष मसालले तालिमले पत्रकारितासँगै व्यक्तित्व र नेतृत्व विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
उनले दुईदिने तालिमलाई सूत्रको रूपमा लिनुपर्ने भन्दै तालिममा सिकेका कुरालाई व्यवहारमा कार्यान्वयन गर्न स्वयम् व्यक्तिले मेहनत गर्नुपर्नेमा जोड दिए ।
‘महत्वपूर्ण कुरा थोरै भएपनि त्यसको परिभाषा विशाल हुन्छ भनेझैँ दुईदिने पत्रकारिता तथा उद्घोषण तालिमलाई पनि विशाल बनाउन सकिन्छ’ उनले भने–‘तपाईहरूले जति मेहनत गर्नुहुन्छ, त्यति नै विशाल बन्ने हो ।’
उनले पत्रकारिताका माध्यमबाट समाज परिवर्तन गर्न सकिने भन्दै तथ्य र सत्य समाचार सम्प्रेषण गर्नु पत्रकारको दायित्व रहेको बताए ।
‘समाचार सत्यतथ्य र विश्वसनीय हुनुपर्छ, जसले समाजमा हुने विकृति विसंगतिको अन्त्य गरी समाज परिवर्तनमा ठूलो भूमिका खेल्छ’ उनले भने– ‘पत्रकारितामा सफल हुनका लागि अध्ययनशीलतामा जोड दिनुपर्छ ।’
तालिमका प्रशिक्षक प्रेस स्वतन्त्र सेनानी सुशील गौतमले देशमा हरेक परिवर्तनमा पत्रकार तथा सञ्चार जगत्को महत्वपूर्ण भूमिका रहेको बताए । उनले पत्रकारिता पेशा आफैमा सम्मानित पेशा भएकोले यसको गरिमालाई बचाउन अध्ययन र चासोका साथ काम गर्नुपर्ने बताए ।
‘पत्रकारिता पेशा विशाल र फराकिलो पेशा हो, यसको गरिमा बचाउनका लागि हाम्रो मेहनतमा भर पर्छ’ उनले भने–‘हरेक कुरा मेहनतबिना असफल हुन्छ ।’
त्यस्तै अर्का प्रशिक्षक साहित्यकार डा. लोकराज पराजुलीले बोल्ने कलाले पनि जीवन निर्वाह गर्न सकिने बताए । ‘बोल्ने कलामा पनि फरक प्रस्तुति दिन सकेमा पनि आम्दानीका सम्भावनाहरू प्रशस्त छन्’ उनले भने– ‘आफूलाई अरूभन्दा फरक बाटोमा उभ्याउनुस् ।’
स्वतन्त्र पत्रकार संघ दाङका उपाध्यक्ष अनिल शर्माको स्वागत मन्तव्यबाट शुरू भएको उद्घाटन कार्यक्रममा सिद्धरत्ननाथ माविका अध्यक्ष दिपक पाण्डे, नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र दाहाल,
नेकपाका प्रतिनिधि तिलक महरा, स्वतन्त्र पत्रकार संघका प्रदेश पार्षद् सुनिलकुमार देवकोटा लगायतले तालिमपश्चात् सिकेका कुरालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताए ।
प्रेस स्वतन्त्र सेनानी सुशील गौतम, साहित्यकार डा. लोकराज पराजुली, वंशीकुमार शर्माले तालिमको प्रशिक्षण दिएका थिए । आज मंगलबार तालिमको प्रशिक्षकमा वरिष्ठ पत्रकार विरेन्द्र पाण्डे, सुशील बस्नेत, गोपाल शर्मा भट्टराई, लगायतका रहेका छन् । तालिममा ५० जनाको सहभागिता रहेको छ ।
स्वतन्त्र पत्रकार संघ दाङका अध्यक्ष भुवन गौतमको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष केवि मसालको प्रमुख आतिथ्यतामा तालिम उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण सचिव जीतसागर जीएमले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here