- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-news‘एक ठाउँ मात्र रोज’

‘एक ठाउँ मात्र रोज’

- Advertisement -spot_img

दोहोरो सुविधा हटाउँदै राप्ती बबई क्याम्पस …
तुलसीपुर, २७ माघ । राती बबई क्याम्पसका केही प्राध्याकहरूले एकै समयमा दुई संस्थामा अध्ययापन गराएर दोहोरो सुविधा लिएको खबर सार्वजनिक भएपछि राप्ती बबई क्याम्पसले दोहोरो सुविधा नदिने तयारी गरेको छ ।
क्याम्पसको दरबन्दीमा रहेका केही प्राध्यापकहरूले दोहोरो सेवा सुविधा लिइरहेको विषयका प्रदेश टुडे दैनिकले खोजी रिपोर्ट सार्वजनिक गरेपछि क्याम्पस सञ्चालक समिति र क्यामपस प्रशासनले त्यस्ता गतिविधि रोक्न एक्सन सुरू गरेको छ ।
सञ्चालक समितिले आउँदो बुधबारसम्मको समय दिएर दोहोरो सुविधा लिइरहेका प्राध्यापकहरूलाई एक संस्था रोज्न निर्देशन दिएको छ । सञ्चालन समितिको आइतबार बसेको पूर्ण बैठकले यस्तो निर्देशन गरेको हो ।
‘क्याम्पसले किनेको समयमा अर्काे संस्थामा पढाउन जान पाइदैन’, सञ्चालक समितिका कोषाध्यक्ष विनिल केसीले भने, ‘बाहिर जाने प्राध्यापकहरूलाई क्याम्पस सञ्चालन नियमावली अनुसार कारबाही हुन्छ ।’
उनले बुधवारसम्ममा एक संस्था रोजेर निर्णय लिन क्याम्पस प्रशासनमार्फत त्यस्ता प्राध्यापकलाई निर्देशन दिइसकेको बताए । ‘बिहानको क्याम्पस समय ६–११ बजे हो, यो समयमा दरबन्दीमा कार्यरत करार,
अस्थायी, स्थायी सबै प्राध्यापक क्याम्पसमै हुनुपर्छ’ उनले भने, ‘यो गर्न नसक्नेले क्याम्पस छोड्ने व्यवस्था गरे हुन्छ । जता सहज हुन्छ प्राध्यापकहरू त्यतै जान सक्नुहुन्छ ।’
‘एकै समयमा दोहोरो सुविधा हैन, एकै ठाउँमा काम गर्नुहोस् भनेका छौ’ उनले भने ‘क्याम्पसका प्राध्यापक–हरूलाई सञ्चालक समितिले बैठकमार्फत निर्देशन पनि यही छ ।’
एकै समयमा दुई संस्थामा दरबन्दीमै काम गरेर सेवा सुविधा लिनु गैरकानुनी मानिन्छ । क्याम्पसका र अन्य शिक्षण संस्थामा एकै समयमा काम गर्ने क्याम्पसले अनुमति पनि दिएको थियो ।
बिहान ११ बजेसम्म पूर्णकालिन प्राध्यापकका लागि समय क्याम्पसमा नै तोकिएको छ । तर केही प्राध्यापकहरू १० बज्नुभन्दा पहिले नै अर्काे कार्यालयमा काम गर्ने गरी दरबन्दीमै छन् ।
कति त जिम्मेवार पदमा पनि रहेको पाइएको छ । राप्ती बबई क्याम्पसमा पूर्णकालिन शिक्षक दरबन्दीमा रहेको आठजना प्राध्यापकहरू नेपाल संस्कृत विश्वविद्यालय,
गुरूजजुर नमुना माध्यमिक विद्यालय तथा तुलसीपुर क्षेत्रका केही प्रतिष्ठित निजी शिक्षण संस्थामा पनि पूर्णकालिन दरबन्दीमा रहेर सेवा सुविधा लिदै आएका छन् । ‘खाली भएको समय लाइब्रेरीमा गएर बस्नुहोस्, तर गेट बाहिर नजानुहोस् भन्ने ध्येय हाम्रो हो’ केसीले भने ।

२० प्रतिसत तलब बृद्धि

पश्चिम दाङको शैक्षिक थलोको रूपमा रहेको सामुदायिक क्याम्पस राप्ती बबई क्याम्पसमा अध्यापन गराउने प्राध्यापक तथा कर्मचारीहरूको तलव बृद्धि गरिएको छ । क्याम्पस सञ्चालन समितिको आइतबार बसेको बैठकले प्राध्यापक तथा कर्मचारीका लागि २० देखि २३ प्रतिसतसम्म तलब वृद्धि गर्ने निर्णय गरिएको कोषाध्यक्ष केसीले बताए ।
उनका अनुसार प्राध्यपाक तथा कर्मचारीहरूको २० प्रतिशत र श्रेणीविहीन कर्मचारीको २३ प्रतिसत तलब बढाउने निर्णय भएको छ । क्याम्पसका प्राध्यापकहरू तथा कर्मचारीको २०७१ सालदेखि सेवा सुविधा बढेको थिएन ।
आंशीक प्राध्यापकहरूको पनि सेवा सुविधा २० प्रतिसत बढाइएको छ । माघ १ गतेदेखि नै लागू हुने गरी तलब बृद्धि गरिएको हो । तलब बृद्धिसँगै क्याम्पसमा वार्षिक ब्ययभार ३५ देखि ३८ लाखसम्म हुनेछ ।
यसको व्यस्थापनको लागि फजुल खर्च कटाइएको र विद्यार्थी संख्या बढाउने लक्ष्य लिइएको कोषाध्यक्ष केसीले बताए । पब्लिक क्याम्पसमा पश्चिम क्षेत्रमै धेरै विद्यार्थी हुने मध्येको क्याम्पसको रूपमा राप्ती बबई रहेको सहायक क्याम्पस प्रमुख सूर्यप्रकाश शर्माले बताए । उनले डिग्री कक्षामा पश्चिम नेपालका अन्य क्याम्पसभन्दा बढी संख्यामा विद्यार्थी राप्ती बबईमा छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here