- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsशहिद उमेशचन्द्रको स्मृति

शहिद उमेशचन्द्रको स्मृति

- Advertisement -spot_img

घोराही, २७ माघ । दोस्रो जनआन्दोलन ०६२/६३ का लोकतान्त्रिक आन्दोलनका प्रथम सहिद उमेश चन्द्र थापाको स्मृति गरिएको छ ।
स्मृति दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा लोकतान्त्रिक आन्दोलनमा उनले पु¥याएको योगदानको बारेमा चर्चा गरिएको छ ।
शहिद उमेशचन्द्र थापा स्मृति प्रतिष्ठान नेपालले नेपालको लोकतान्त्रिक आन्दोलनका प्रथम शहिद थापाको स्मृतिमा गणतन्त्र स्थापनामा योगदानको बारेमा छलफल गरेको थियो ।
छलफलमा सहभागीहरूले नेपालमा गणतन्त्र ल्याउनको लागि रगत बगाएका सहिदको सधै सम्मान गर्नुपर्ने बताएका थिए । नेपाली जनताको मुक्त र स्वतन्त्रताको लागि थापाले गरेको योगदान कसैले पनि विर्सन नहुने वताएका थिए । सहिद थापाको सपना पूरा गर्नको लागि सबै एक हुनुपर्ने बताएका थिए ।
शहिद उमेशचन्द्र थापा स्मृति प्रतिष्ठानका अध्यक्ष विकीरण गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका प्रदेश कमिटी सचिव तथा राष्ट्रियसभा सदस्य जगप्रसाद अपारले लोकतान्त्रिक आन्दोलनका प्रथम शहिद थापाको नेपालको गणतन्त्र स्थापनामा अतुलनीय भूमिका रहेको चर्चा गरेका थिए ।
लोकतान्त्रिक आन्दोलनका एजेण्डाहरूलाई संस्थागत गर्न जरूरी रहेको बताउँदै उनले लोकतान्त्रिकका आन्दोलनका एजेण्डा संस्थागत गर्न सकेमात्र शहिदप्रति सच्चा सम्मान हुने बताएका थिए ।
०६२/६३ को आन्दोलनको जगमा प्राप्त उपलब्धि संस्थागत गर्दै शहिदहरूको सम्मान राज्यले गर्नुपर्नेमा जोड दिएका थिए । स्वर्गीय थापा र अरू थुप्रै ज्ञातअज्ञात शहिदहरूको सपना पूरा गर्न अझै बाँकी रहेकाले आगामी कार्यभार पूरा गर्न सबै गम्भीर हुनुपर्ने वक्ताहरूले बताए ।
०६२/६३ को लोकतान्त्रिक आन्दोलनले नै वर्तमान अवस्था स्थापित भएको स्मरण गर्दै तत्कालीन अवस्थामा नेपाली जनताको साथ पनि उत्तिकै सम्झनायोग्य भएको बताए ।
देशका विभिन्न स्थानमा भएको लोकतान्त्रिक आन्दोलनको उभारको रूपमा अहिलेको संघात्मक व्यवस्था कायम भएपनि शहिदहरूको बलिदानीको कदरपूर्ण हुन नसकेको बताउँदै शहिदको सपना बिर्सन नमिल्ने उनले बताए ।
कार्यक्रममा नेकपाका दाङ जिल्ला इन्चार्ज जीवन गौतमले देशको व्यवस्था परिवर्तन र सामाजिक न्यायका लागि भएको जनआन्दोलन वर्तमान अवस्थाको प्रमुख सारथी भएको बताए ।
देश विकास र सुशासन कायम गर्दै विकास निर्माणको बाटोमा अघि बढ्यौँ भने मात्रै शहिदप्रति सच्चा सम्मान हुने बताएका थिए ।
प्रतिष्ठानले जनआन्दोलनका घाइते कृष्ण गिरी र शहीद गेट निर्माणमा भूमिका खेलेका समाजसेवी शम्भु गौतमलाई सम्मान गरेको थियो । तत्कालीन शाही सरकारले नागरिकको अधिकार आफ्नो नियन्त्रणमा लिएर अघि बढेका बेलामा नागरिक आन्दोलन थालिएको थियो ।
उक्त क्रममा २०६२ माघ २६ गते नागरिक आन्दोलन भइरहेका बेला घोराहीमा तत्कालीन शाही सेनाले चलाएको गोली लागेर उमेशचन्द्र थापाको निधन भएको थियो ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य नारायणी शर्मा, नेकपा दाङका अध्यक्ष टीकाराम खड्का, नेपाली काँग्रेसका नेता भूपबहादुर डाँगी, राजमोका अध्यक्ष गणेश आचार्य, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल,
नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनलगायतले शहिद उमेशचन्द्र थापाप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । प्रतिष्ठानका कोषाध्यक्ष विवेक श्रेष्ठको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण महासचिव सुरामणि वेल्वासेले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here