- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeखेलकुदरनिङ शिल्डमा गोरखाको अग्रता

रनिङ शिल्डमा गोरखाको अग्रता

- Advertisement -spot_img

तुलसीपुर, २७ माघ । तुलसीपुर उपमहानगरपालिका स्तरीय दोस्रो तथा १२औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ को शीर्ष स्थानमा गोरखा मावि कायमै रहेको छ ।
तुलसिपुर उपमहानगरपालिकाको आयोजना तथा शहिद स्मृति आवासीय विद्यालय तुलसीपुर–१७ बनकट्टीको संयोजनमा सञ्चालित प्रतियोगिताको अहिलेसम्म सम्पन्न एथलेटिक्स तर्फका ट्रयाक एण्ड फिल्डमा १२ स्वर्ण, ५ रजत र ३ कास्य पदक हात पार्दै गोरखा माविले शीर्ष स्थान कायम राख्न सफल भएको हो ।
त्यस्तै ज्ञानज्योती सेकेण्डरी स्कुल तुलसीपुर ६ स्वर्ण, ७ रजत र ६ कास्य पदकका साथ दोस्रो स्थानमा रहेको छ । भने गुरूजजुर नमुना मावि रक्षाचौर २ स्वर्ण, २ रजत र ५ कास्य पदकसहित तेस्रो स्थानमा रहेको प्रतियोगिताका सचिवालय सदस्य बालकृष्ण शाहले जानकारी दिए ।
प्रतियोगिताअन्तर्गत सोमबार भलिबल छात्र सेमिफाइनल तथा फाइनल र कबड्डी छात्र र छात्रा फाइनल तथा तृतीय स्थानका लागि खेल हुनेछन् । कबड्डीको छात्रतर्फ गोरखा मावि र ज्ञानज्योती, त्यस्तै छात्रातर्फ महेन्द्र मावि र गुरूजजुर भिड्ने छन् । खेल बिहान ८ बजेपछि हुनेछ । यसैबीच प्रतियोगिताको समापन आज सोमबार गरिनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here