Tuesday, March 26, 2024
Homebreaking-newsबालविवाहमा कमी आएन

बालविवाहमा कमी आएन

- Advertisement -spot_img

दंगीशरण, २७ माघ । बालबालिका स्वयम् जागरुक नहुँदासम्म बालविवाहमा कमी नआउने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
बालविवाह न्यूनीकरणमा अरु तह र तप्काबाट जति प्रयास भएपनि कार्यान्वयन हुन नसकेको भन्दै यो क्षेत्रमा बालबालिका लाग्नुपर्ने सहभागीहरुको तर्क थियो । साथै उनीहरुले अभिभावकहरु जिम्मेवारीका साथ आफ्नो सन्तानप्रतिको दायित्व निर्वाह गर्नसके बालविवाहमा कमी आउन सक्ने बताए ।
बाल क्लवकी सदस्य विमला न्यौपानेले अभिभावकले पाठ सिकाएमा आफूजस्ता धेरै बालबालिकाहरु बाल क्लवमार्फत बालविवाह न्यूनीकरण गर्नतर्फ अग्रसर हुने बताइन् ।
‘बाल क्लव गठन गरेर मात्र के गर्नु क्लवभित्रै रहेका साथीहरु बालविवाह गर्नुभएको छ’ उनले भनिन् । यस्तै शिक्षक कैलास अधिकारीले विद्यालयमा बालविवाह न्यूनीकरणसम्बन्धी जति पाठ सिकाए पनि घरपरिवारको बेवास्ताका कारण बालविवाहमा कमी आउनुको साटो बढ्दै गएको बताए । ‘विद्यालयबाटै उनीहरु भागी विवाह गर्छन् । हामी विवाह भएपछि मात्र थाहा पाउँछौँ’ शिक्षक अधिकारीले भने ।
यस्तै विरेन्द्र मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मोहन चौधरीले जनचेतनाको कमी भएकै कारण बालविवाह न्यूनीकरण हुन नसकेको कुरा बताए ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालयकी प्रहरी जवान टिका थापाले पछिल्लो समय प्रहरी साझेदारी कार्यक्रममार्फत प्रहरीले बालविवाह न्यूनीकरणमा काम गरिरहेको भएपनि सामाजिक रुपमा प्रहरीले साथ नपाएकाले यो कार्यक्रमलाई अगाडि बढाउन मुस्किल परेको बताईन् ।
‘प्रहरीले एक्लै काम गर्न गाह्रो छ । कारवाही गरौँ अभिभावक स्वयम् बालबालिकालाई साथ दिएका छन्, कानुनी प्रक्रियामा ल्याउँन दिदैनन्’ प्रहरी जवान थापाले बताइन् ।
कार्यपालिका सदस्य अङ्गने चौधरीले बालविवाह न्यूनीकरण गर्न अब कारवाही प्रक्रिया नचाल्दासम्म सफल नहुने बताए । दंगीशरण गाउँपालिकामा भएको बालविवाह न्यूनीकरण तथा बालमैत्री स्थानीय शासनसम्बन्धि दुईदिने अभिमुखीकरण तालिममा उनीहरुले यस्तो धारणा राखेका हुन् ।
गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले विविध कार्यक्रमहरु व्यवहारमा लागू नभएकै कारण न्यूनीकरणमा समस्या आएको बताए ।
दंगीशरणमा बालविवाह प्रतिशत झनपछि झन बढ्दै गएको छ । अबको कार्यक्रम सामाजिक अभियानका रुपमा अगाडि लग्ने बताए ।
गाउँपालिकाकी उपाध्यक्ष पिमा कुमारी खड्काले न्यायीक समितिमा आउने सम्बन्ध विच्छेदका मुद्दा अधिकांश बालविवाहकै रहेको बताइन् । अबका दिनमा बालविवाह न्यूनीकरण गर्न अरु कार्यक्रमभन्दा सडक नाटक र वहस गरेर न्यूनीकरण हुने कुरा बताइन् ।
शान्तिनगर र दंगीशरणमा समाजमा वातावरणीय शिक्षाको विकास सिडले गरेको सर्वेक्षणमा आर्थिक वर्ष ०७५÷७६ मा गरेको सर्वेक्षणमा २३.५९ प्रतिशतले बालविवाह गरेको देखिएको समाजमा वातावरणीय शिक्षाको विकासका कार्यक्रम संयोजक माधव चौधरीले जानकारी दिए ।
९ सय बालबालिकामा गरिएको सर्वेक्षणमा २ सय २३ जनाले बालविवाह गरेको भेटियो । जसमा ९० जना अर्थात् ४० प्रतिशत बालक र १ सय ३३ जना अर्थात् ६० प्रतिशत बालिका रहेको जानकारी दिए ।
जसमा दलित र थारु समुदायका बालबालिका धेरै छन् । यस्तै गाउँपालिकाका किरण पोख्रेलले बालमैत्री स्थानीय शासन, उद्देश्य, आवश्यकताका बारेमा जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण महिला बालबालिका तथा समाज कल्याण इकाई शाखाकी चन्द्रा वलीले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here