- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeखेलकुदलखन कपमा १६ क्लव

लखन कपमा १६ क्लव

- Advertisement -spot_img

घोराही, २७ माघ । फागुन २ गतेदेखि घोराहीमा सञ्चालन हुने नेपालका प्रथम शहीद लखन थापामगर रनिङ शिल्ड फुटबल प्रतियोगितामा १६ क्लवले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल मगर संघ दाङको आयोजनामा फागुन २ देखि १५ गतेसम्म घोराही १८ नवलपुर खेल मैदानमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा चौघेरा युवा क्लव, रतनपुर–११, बुद्ध स्पोर्ट, सक्सेस क्लव, युएनविसी, मेघा युथ क्लव, बबई एफए क्लव, घोराही एफए क्लव, फुर्सेखाली एफसी क्लव, फुर्सेखाली युवा क्लव, राप्ती क्लव, ग्रीनभ्याली क्लव, न्यू स्टार फुटबल एकाडेमी, दाङ युवा मञ्च र नवलपुर युवा क्लवले प्रतिष्पर्धा गर्ने भएका हुन् ।
प्रतियोगितामा एउटा क्लवले दाङबाहेक प्रदेश नम्बर ५ भित्रका दुई खेलाडी सहभागी गराउन पाउने छन् । प्रतियोगितामा गत वर्ष बडहरा युवा क्लवले उपाधी जितेको थियो ।
प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ११ हजार १ सय ११ रूपैयाँ नगदसहित शिल्ड र दोस्रो हुनेलाई ५५ हजार ५ सय ५५ रूपैयाँ नगदसहित शिल्ड प्रदान गर्ने मगर संघले जनाएको छ ।

मैत्रीपूर्ण फुटबलमा पत्रकार विजयी

यसैबीच लोकतान्त्रिक आन्दोलनका प्रथम शहीद उमेशचन्द्र थापाको स्मृतिमा तुलसीपुुरमा भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पत्रकारहरूको समूह विजयी भएको छ । युवा संघ दाङले आयोजना गरेको प्रतियोगितामा पत्रकारको समुहले युवा संघको समूहलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
अरनिको मैदानमा भएको खेलमा पत्रकारको तर्फबाट छवि पुरी र कपिलमणि लामिछानेले एक÷एक गोल गरे भने युवा संघको तर्फबाट नम बुढाले एक गोल गरेका थिए । युवा संघका जिल्ला संयोजक देवु बस्नेतको अध्यक्षतामा भएको खेल कार्यक्रमको नेकपाका क्षेत्र नम्बर ३ का ईञ्चार्ज टोपेन्द्र केसीले गरेका थिए ।
कार्यक्रममा बोल्दै नेकपाका जिल्ला कार्यालय सदस्य हुकुम बस्नेत, सचिवालय सदस्य मनोहर बुढाथोकी, भोजराज वली, विनोद शर्मा, मंगल चौधरीलगायतले गणतन्त्र ल्याउने आन्दोलनमा शहीद उमेशचन्द्र थापाको योगदान उच्च रहेको उल्लेख गरे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here