- Advertisement -spot_img
Friday, June 18, 2021
Homeफिचरअन्तरपार्टी महिला सञ्जालको नयाँ समिति

अन्तरपार्टी महिला सञ्जालको नयाँ समिति

- Advertisement -spot_img

दंगीशरण, २७ माघ । अन्तरपार्टी महिला सञ्जालको स्थानीय तह अन्र्तगत संगठन विस्तार कार्यक्रम दंगीशरणमा भएको छ । अन्तरपार्टी महिला सञ्जालको आयोजनामा भएको कार्यक्रमले हिरा चौधरीको अध्यक्षतामा अन्तरपार्टी महिला सञ्जाल गठन गरेको हो । जसको सचिवमा पदमा चौधरी रहेका छन् ।
सदस्यहरूमा राधा आचार्य, टिका भण्डारी, डम्वर कुमारी डाँगी, सीता डाँगी, शुभद्री चौधरी, राधा रजौरे, यशोदा शर्मा, विनिता चौधरी रहेका छन् ।
अन्तरपार्टी महिला सञ्जाल दाङका अध्यक्ष सुशीला पौडेलको अध्यक्षता एवं गाउँपालिकाका उपाध्यक्ष पिमा कुमारी खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा उपाध्यक्ष खड्काले नयाँ गठित पदाधिकारीलाई शुभकामना दिदै महिलाहरूको हकहितका लागि काम गर्न आग्रह गरिन् ।
महिलाहरू एक भएको संगठनले महिलाकै बारेमा सवाल उठाउनुपर्ने उनले बताईन् । कार्यक्रमको सहजीकरण अन्तरपार्र्टी महिला सञ्जाल सदस्य देवा डाँगीले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here