- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeमुख्य खबरसहकारीको समीक्षा

सहकारीको समीक्षा

- Advertisement -spot_img

घोराही, २७ माघ । नमस्ते बचत तथा ऋण सहकारी सस्था लिमिडले भए गरेका कामहरूको समीक्षा गरेको छ । संस्थाको वार्षिक कार्यक्रम अनुसार समीक्षा गरेको हो ।
कार्यक्रममा संस्थाले आफ्नो वार्षिक कार्ययोजना बनाएअनुसार अर्धवार्षिक लक्ष्य हासिल गर्न सफल भएको समीक्षा गरेको थियो ।
संस्थाले समीक्षा कार्यक्रमको आयोजना गरेर संस्थाले हालसम्म गरेका गतिविधि तथा सहकारीका आधारभूत सिद्धान्तका बारेमा समेत छलफल गरेको थियो ।
संस्थाका अध्यक्ष अञ्जन कुमार पौडेलको अध्यक्षता एवं नेफ्स्कुनका संयोजक सन्दिप सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नयाँ शेयर सदस्यहरूलाई सम्मान गर्दै शेयर प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा नेफ्स्कुनका अधिकृत वेदप्रसाद भट्टराई, नमस्ते बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष दामोदर खनाल, शेयर सदस्य दिनेश आचार्यले सुझाव राखेका थिए ।
सञ्चालक समितिका कमलकुमार शर्माको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव ईन्द्रबहादुर वुढाथोकीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here