- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsचट्याङले खानेपानीमा लाखौंको क्षति

चट्याङले खानेपानीमा लाखौंको क्षति

- Advertisement -spot_img

घोराही, २७ माघ । दाङको घोराही उपमहानगरपालिका–१५ स्थित भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिको कार्यालयमा जडान गरिएका उपकरण चट्याङका कारण जलेका छन् ।
शनिबार दिउँसो हावाहुरी र पानीसँगै परेको चट्याङका कारण भरतपुर खानेपानी उपभोक्ता समितिको कार्यालयका रहेको विद्युत मिटरबक्स, विद्युतीय तार, ब्याट्री, कम्प्युटर, टेलिफोन, जेनेरेटर र तीनवटा डिप बोरिङमा जडान गरिएका मोटरहरू जलेका हुन् ।
चट्याङले १० लाख बढीका उपकरण जलेर नष्ट भएको खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष शंकर गौतमले जानकारी दिए । खानेपानीका तीनवटा मोटर जलेका कारण एक हप्तासम्म खानेपानी वितरण कार्य प्रभावित हुने देखिएको छ ।
साथै तीन दिनसम्म कार्यालयबाट प्रवाह गरिने महसुल जम्मा गर्ने लगायतका कम्युटरबाट हुने सेवा बन्द गरिएको अध्यक्ष गौतमले जानकारी दिए ।
हाल एउटा डिप बोरिङ मात्रै सञ्चालनमा रहेका कारण उपभोक्ताको धारमा एक हप्तासम्म पानीको मात्रा कम हुने उनको भनाइ छ । चट्याङका कारण दाङमा तीनजनाको मृत्युभएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here