- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsनिष्पक्ष छानबिनको माग

निष्पक्ष छानबिनको माग

- Advertisement -spot_img

घोराही, २७ माघ । नेपाल तरूण दाङले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको विषयमा पक्षपाति गरेको निर्णयको विरूद्धमा विरोध प्रदर्शन गरेको छ ।
आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेतालाई उन्मुक्ति दिएको भन्दै नेपाल तरूण दलले विरोध प्रदर्शन गरेको हो । राजनीतिक प्रतिशोधकै कारण नेपाली काँग्रेसका नेतालाई फसाउन खोजेको र नेकपाका कार्यकर्ताहरूलाई उनमुक्ति दिएको भन्दै सबैको सत्थतथ्य छानबिन हुनुपर्ने माग गरेका थिए ।
नेपाली काँग्रेसको पार्टी कार्यालयबाट शुरू भएको विरोध ¥याली घोराही बजार परिक्रमा गरेर तुलसीपुर चोकमा आएर कोणसभामा परिणत भएको थियो ।
सभामा सहभागीहरूले नेकपामा नेताहरू माधवकुमार नेपाल, विष्णु पौडेललाई सत्ताको आडको कारण उनमुक्ति दिएको र नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारलाई फसाउन लागेको बताएका थिए ।
बालुवाटार जग्गा प्रकरणमा नेकपाका नेतालाई उन्मुक्ति तथा अन्यलाई राजनैतिक प्रतिशोध र बदनियतपूर्ण ढंगले मुद्दा लगाउने निर्णय अख्तियारले गरेसँगै नेपाल तरूण दलले विरोध प्रदर्शनमा उत्रिनु परेको तरूण दल दाङका अध्यक्ष टिका घर्तीले बताए ।
काँग्रेसले जग्गा प्रकरणमा विजयकुमार गच्छदार दोषी देखिनु तर तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालविरूद्ध मुद्दा नलगाइनुले राजनैतिक प्रतिशोध भएका कारण यसलाई सच्याउनुपर्ने उनको भनाइ थियो ।
नेपाल तरूण दलका उपाध्यक्ष मुक्तिप्रसाद न्यौपाने र नेपाल विद्यार्थी संघका तिलक रावतले आयोगले लगाएको भ्रष्टाचारको मुद्दा दुराशयपूर्ण रहेको भन्दै नियतवश गरिएको कारवाही सही नभएको बताएका थिए ।
राजनीति प्रतिशोधका कारण नेपाली काँग्रेसलाई मात्र फसाउन खोजेका आरोप लगाएका थिए । तरूण दल दाङका अध्यक्ष टिका घर्तीको नेतृत्वमा विरोध प्रदर्शन भएको थियो ।
विरोध ¥यालीमा ‘अख्तियार दुरूपयोग अनुसन्धान मुर्दावाद, अधिनायकवाद उन्मुख सरकार मुर्दावाद, बालुवाटार जग्गा प्रकरण निष्पक्ष छानबिन गर,
संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल जिन्दावाद, नेपाल तरूण दल जिन्दावाद, नेपाली काँग्रेस जिन्दावाद लगायतका नाराहरू लगाएका थिए । सभाको सहजीकरण जिल्ला सचिव धु्रब आचार्यले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here