- Advertisement -spot_img
Friday, June 18, 2021
Homeसम्पादकीयखानेपानीको चिन्ता

खानेपानीको चिन्ता

- Advertisement -spot_img

जीवनका लागि पानी महत्वपूर्ण छ । पानीबिना कुनै पनि प्राणीको जीवन सम्भव छैन । तर बढ्दो वातावारणीय समस्याका कारण पानीका समस्या बढिरहेको छ । पानीसँग सम्बन्धित सरोकारवालाहरूले विभिन्न स्थानमा पानीको समस्या पनि सुनाउँदै आएका छन् । पछिल्लो समय विभिन्न कारणले पानीका स्रोत मासिदै गएका छन् ।
जलवायु परिवर्तन, प्राकृतिक सम्पदाको दोहन र बढ्दो सहरीकरणका कारण अहिले पानीको समस्या जटिल बन्दै गएको छ । गर्मीयाम सुरू भएसँगै पानीका स्रोतहरू सुक्ने, हराउने हुँदा यसको समस्या बढी यो समयमा देखिने गरेको छ ।
पानीको स्रोत ब्यवस्थापन र संरक्षणको लागि सबैले समयमै सोच्नुपर्ने देखिन्छ । मुख्यमन्त्रीले पनि जिल्लाको खानेपानीको समस्याको बारेमा ठूलै चिन्ता व्यक्त गर्नुले पनि पानी समस्या बढेकै प्रष्ट्याउँछ ।
खानेपानी आपूर्तिका लागि जिल्लामा खानेपानी उपभोक्ता समितिहरू पनि बढिरहेका छन् । सबै खानेपानी संस्थाहरूले आपूर्तिलाई सहज बनाउने उपाय खोज्नुपर्छ । सरकार र खानेपानी समितिहरूले पानीको समस्या टार्न,
हाइड्याम निर्माणदेखि डिप बोरिङको प्रयास गरिरहेका छन् । मुख्यमन्त्रीले पनि पानीको संरक्षणको लागि खोलाहरूमा ड्याम आवश्यक रहेका तर्क गरिहेका छन् भने त्यसका लागि प्रदेश सरकारले पनि योजना बनाएको बताउनुले पानी संरक्षण चुनौती देखाएको छ ।
पछिल्लो समय सार्वजनिक भएको तथ्यांकअनुसार पानीका उपभोक्ताले मागअनुसारको पानी पाउन समस्या भएको छ । माग बढी आपूर्ति कम भएपछि सहजरूपमा उपभोक्ताहरूलाई पानीको ब्यस्थापन गर्नसमेत समस्या रहेको देखिन्छ ।
उपभोक्ताको मागअनुसार पानी पु¥याउन समस्या कठिनाई हुँदा आम उपभोक्ताले पानीको सास्ती भोगिरहनु परेको छ । कम पानी भए पनि उचित ब्यवस्थापन गरेर सबै उपभोक्तालाई सहज आपूर्ति गरेको खानेपानी संस्थाहरूले दाबी गरेर पनि उपभोक्तामा त्यस्तो देखिएको छैन ।
प्रतिदिन करोड लिटर पानी आवश्यक पर्ने क्षेत्रमा ५०/६० लाख लिटर उपलब्ध हुँदा आधा हाहाकार नै छ । वर्षेनी गर्मीसँगै यो बढ्दै जाने निश्चित जस्तै हुन्छ ।
बजार क्षेत्रमा पानीको सधै समस्या हुन्छ । उचित व्यवस्थापन हुन नसके खानेपानी समेत सहज प्राप्त हुँदैन । त्यसका लागि शहर केन्द्रित खानेपानी संस्थाहरूले संघर्ष गरिरहेको देखिन्छ ।
तर पनि स्रोत साधनको उपलब्धता र पर्याप्तताले यो अहिले सम्भव छैन । खोलामा ड्याम र लिफ्टिङ प्रद्धति अपनाउन सकेमा केही सहज हुने देखिन्छ । तर दाङमा यो समस्या समाधानका लागि यो योजना पूर्णरूपमा कार्यान्वयन हुन सकेको छैन ।
धाराको माग पनि दैनिक बढिरहेको छ । पानीकै समस्याले मागअनुसारको धारा दिनसमेत खानेपानी तयार देखिदैन । पानीको समस्या दिनानुदिन बढदै जानु राम्रो होइन । अब सबैले आ–आफ्नो क्षेत्रबाट पानीको संरक्षण गर्न लाग्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here