घोराही खानेपानीको २०औं साधारणसभा …
घोराही, २६ माघ । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले पानीको उचित व्यवथापनका लागि खोलाहरूमा ड्याम अनिवार्य भएको बताएका छन् ।
उनले पानीका स्रोत बढाउन र आवश्यकता अनुसार पानी आपूर्ति गर्नका लागि प्रदेश सरकारले खोला तथा नदीहरूमा ड्याम बनाउने योजना अघि सारेको बताए ।
घोराही खानेपानी संस्थाको २०औँ साधारणसभाको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले यस्तो बताएका हुन । उनले ग्वारखोलामा ड्याम निर्माण भएपछि जिल्लाबासीलाई खानेपानीको समस्या नहुने बताए ।
ग्वारखोलामा ड्याम निर्माणको लागि डिपिआर तयार भईसकेकाले निर्माण कार्ययोजना शुरू भईरहेको बताए । ‘ग्वारखोलामा ड्याम निर्माण भयो भने सम्पूर्ण जिल्लाबासीको पानीको समस्या समाधान हुन्छ’ मुख्यमन्त्री पोख्रेलले भने ‘करिव २० वर्षसम्म ढुक्कले स्वच्छ पानीको लागि समस्या हुने थिएन् ।’
सिंचाईको लागि घोराही उपमहानगरपालिकाले ड्याम निर्माण गरेको जस्तै गरी पानी संरक्षण तथा सञ्चय गर्न सुझाव दिए । प्रदेश सरकारले पानीको लागि बजेटहरू परिचालित गरेको समेत जानकारी गराए ।
पानीको समस्याको समाधान गर्नको लागि मुख्य कुरा त पानीकोे मुहान संरक्षणमा सबैको दायित्व रहेको उनको भनाइ थियो । खानेपानीको सवालमा काम गर्दा दीर्घकालीन योजना बनाएर अगाडि बढ्न सुझाव दिएका थिए ।
उपभोक्ताहरूलाई सस्तोमा पानी उपलब्ध गराउन र जलासयहरूलाई सही व्यवस्थापन गर्नसमेत सुझाव दिए ।
खानेपानी नपुगेको स्थानमा पानीको पु¥याउन प्राथमिकतामा योजना बनाएर अगाडि बढ्न सुझाव दिएका थिए ।
खानेपानी संस्थाहरूले खानेपानीको सरसफाईमा पनि ध्यान दिन अनुरोध गरेका थिए । खानेपानी डिभिजन प्रमुख गुणनिधि पोख्रेलले खानेपानी तथा सरसफाईको लागि सरकारले विभिन्न योजनाहरू ल्याएको बताए ।
सम्पूर्ण नागरिकहरूको घर–घरमा स्वच्छ पानी पु¥याउनको लागि सरकारले रणनीतिक योजना बनाएको बताएका थिए । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष देविबहादुर डिसीको अध्यक्षतामा २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको थियो ।
सभामा प्रगति प्रतिवेदन सदस्य धर्मेन्द्र श्रेष्ठले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन धुव्र केसीले प्रस्तुत गरेका थिए । सभामा घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका संस्थापक शम्भु गौतम, सल्लाहकार नुमाकान्त न्यौपाने, नेपाली काँग्रेसका क्षेत्रीय सभापति भूपबहादुर डाँगी, नेकपाका जिल्ला अध्यक्ष टिकाराम खड्का,
राजमोका गणेश आचार्य, घोराही उपमहानगरपालिका १४ का वडा सदस्य लक्ष्मण बुढा, घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका सदस्य मिनराज भाट, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, उपभोक्ताको तर्फबाट कमल भट्टराईलगायतले शुभकामना मन्तवय व्यक्त गरेका थिए ।
उपाध्यक्ष भरतमणि पाण्डेको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सदस्य धमेन्द्र श्रेष्ठले गरेका थिए । त्यस अवसरमा सबैभन्दा बढी पानीको महसुल बुझाउने माधव घिमिरे र कम महसुल बुझाउने सुनिता अधिकारीलाई सम्मान गरिएको थियो भने उत्कृष्ट कर्मचारीहरूलाई पनि सम्मान गरिएको थियो ।