- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsहात्तीपाईले रोगविरूद्धको औषधि खान आह्वान

हात्तीपाईले रोगविरूद्धको औषधि खान आह्वान

- Advertisement -spot_img

दाङ, २६ माघ । दाङमा दशौँ चरणको हात्तीपाइले रोगविरूद्धको औषधि सेवन अभियान शनिबारदेखि शुरू भएको छ । जिल्लाका १० वटै स्थानीय तहमार्फत औषधि सेवन अभियानको शुरूवात गरिएको हो ।
तुलसीपुरमा नगर प्रमुख घनश्याम पाण्डेले शनिबार हात्तीपाइले रोगविरूद्धको औषधी सेवन गरी अभियानको सुरूवात गरेका छन् ।
उपमहानगरपालिकामा रहेका १ लाख ४८ हजार ८ सय ३६ जनालाई औषधि खुवाउन ४ सय ९६ जना स्वास्थ्यकर्मी र २ सय १८ जना महिला स्वास्थ्य स्वयम्सेविका पनि परिचालन हुने स्वास्थ्य शाखा प्रमुख ओम पि न्यौपानले जानकारी दिए ।
अभियानलाई सफल बनाउन तुलसीपुरमा राप्ती प्रादेशिक अस्पताल, उपमहानगर–पालिकामा विभिन्न स्वास्थ्य संस्था र निजी स्वास्थ्य संस्थामार्फत पनि स्वास्थ्यकर्मीको निगरानीमा औषधि खुवाउने गरेको उनले बताए ।
दंगीशरण गाउँपालिकाका पनि अध्यक्ष भागिराम चौधरीले हात्तीपाइले रोगविरूद्धको औषधिको सेवन गरी अभियानको शुरूवात गरिएको छ ।
उनले ईलाका स्वास्थ्य चौकि हेकुलीमा औषधि खाई अभियानको सुरूवात गरेका हुन् । औषधि सेवनपछि अध्यक्ष चौधरीले राष्ट्रियस्तरकै कार्यक्रम भएकाले ढुक्कका साथ औषधि खान आग्रह गरेका छन् ।
दंगीशरण गाउँपालिकाका सातवटै वडामा औषधि खुवाउने कार्यक्रम शुरू भएको हो । दंगीशरणमा ३५ जना कर्मचारी खटाईएको स्वास्थ्य शाखा प्रमुख दशरथ गिरीले जानकारी दिए ।
उनका अनुसार प्रत्येक वडामा गरी ३३ वटा बुथ तोकिएका छन् । अभियानको पहिलो दिन शनिबार तोकिएको बुथबाट औषधि खुवाईएको थियो भने आज आइतबारबाट घरदैलोमार्फत औषधि खुवाइने कार्यक्रम रहेको गिरीले बताए । यस्तै अन्य स्थानीय तहले पनि अभियानको शुरूवात गरेका छन् ।
दाङमा नवौँ चरणमा पनि अभियान सफल हुन नसकेपछि दशौँ पटक औषधि खुवाउन लागिएको हो । शनिबारदेखि शुरू भएको अभियान दुई सातासम्म सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुनिता पौडेलले जानकारी दिइन् ।
दशौँ चरणमा जिल्लामा ६ लाख ४४ हजार ५ सय ६३ जनालाई हात्तीपाइले रोगविरूद्धको औषधी खुवाउने लक्ष्य रहेको छ । हात्तीपाईले रोगविरूद्धको औषधी खाली पेट, २ बर्ष मुनिका बालबालिका, गर्भवती, सात दिनका सुत्केरी र दीर्घरोगीले भने खान नहुने चिकित्सकको भनाइ छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here