- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरचट्याङ लागेर तीनको मृत्यु

चट्याङ लागेर तीनको मृत्यु

- Advertisement -spot_img

दाङ, २६ माघ । दाङमा चट्याङ लागेर तीनजनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानपालिका–७ नवलपुरमा दुईजना र घोराही उपमहानगरपालिका–११ हापुरमा एकजनाको गरी तीनजनाको मृत्यु भएको दाङ प्रहरीले जनाएको छ ।
नवलपुरमा गीता चौधरीको घरमा चट्याङले हान्दा दुईजनाको र हापुरमा सूर्यबहादुर पुरीको घरमा एकजना गरी तीनजनाको मृत्यु भएको दाङ प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिए ।
चट्याङले लागेर गम्भीर घाइते भएकी चौधरीकी सात वर्षीया छोरी सृष्टि चौधरी र त्यही बस्ने ५७ वर्षीय लक्ष्मी आचार्यको राप्ती लाइफ केयर अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
घरको आँगनमा खेल्दै गरेको अवस्थामा चट्याङ लागेर सूर्य बहादुरका आठ वर्षीय छोरा ताराबहादुर पुरीको पनि मृत्यु भएको छ । पुरीको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
दाङ चट्याङको उच्च जोखिम जिल्लामा पर्छ । जिल्लाको विपद्मा बाढी पहिरो आगलागीसँगै चट्याङ पनि रहदै आएको छ । चालु आर्थिक वर्षको अहिलेसम्म सातजनाको चट्याङले मृत्यु भइसकेको छ ।
गत असारमा राप्ती गाउँपालिका–१ का सञ्जु चौधरी, खुसीराम चौधरीको चट्याङकै कारण मृत्यु भएको थियो । त्यसैगरेर असारमै तुलसीपुर–१५ का सुमन चौधरीको मृत्यु भएको छ ।
भने घोराहीका अरूण सिंह केसी घाइते भएको जिल्ला आपत्कालिन कार्यसञ्चालन केन्द्रका तथ्यांक व्यवस्थापन सहायक विनायक पौडेलले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here