- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरविजौरी उवाको साधारणसभा

विजौरी उवाको साधारणसभा

- Advertisement -spot_img

तुलसीपुर, २६ माघ । विजौरी उद्योग वाणिज्य संघको सातौँ साधारणसभा तथा तेस्रो अधिवेशन शनिबार विजौरीमा भएको छ । संघका अध्यक्ष मुकेश वलीको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश उपाध्यक्ष हेमराज बन्जाडेको प्रमुख आतिथ्यतामा साधारणसभा तथा अधिवेशनको उद्घाटन गरिएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश उपाध्यक्ष बन्जाडेले आर्थिक समृद्धिका लागि निजी क्षेत्रले पनि महत्वपूर्ण भूमिका खेलेको बताए ।
‘आर्थिक समृद्धिमा व्यवसायीको महत्वपूर्ण भूमिका छ’, उनले भने– ‘व्यवसायीले राज्यलाई बुझाएको करले नै देशमा परिवर्तन भएका छन् ।’
उनले व्यवसायीहरू आर्थिक लाभमात्रै नभई सामाजिक सेवाभावका साथ व्यवसाय गर्नुपर्नेमा जोड दिए । ‘हामीहरू नाफामात्रै भन्दा पनि विभिन्न सामाजिक सेवाभावका साथ काम गर्नुपर्छ,
व्यवसायीहरूले सामाजिक काम पनि रहेका छन्’ उनले भने– ‘समाजको हरेक परिवर्तनमा आर्थिक बिना सम्भव छैन्, आर्थिक विकास लागि व्यवसायीले महत्वपूर्ण भूमिका खेलेका छन् ।’
सरकारले निजी क्षेत्रप्रति गर्ने व्यवहार अझै पनि परिवर्तन हुन नसकेको भन्दै उनले निजी क्षेत्र र सरकारको सम्बन्ध बलियो हुनुपर्ने बताए ।
संघका उपाध्यक्ष लेखनाथ खत्रीको स्वागत मन्तव्यबाट शुरू भएको उद्घाटन कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका निमित्त कुलसचिव माधव अधिकारी,
तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य देवराज विश्कर्मा, कार्यपालिका सदस्य अमर नेपाली, दाङ जिल्ला उद्योग वाणिज्य सघंका पूर्वउपाध्यक्ष ओपेन्द्र महतरा, निवर्तमान सदस्य रामप्रसाद पोख्रेल,
नेपाली काँग्रेस विजौरीका इकाई सचिव रविराज गौतमलगायतले मुलुकको परिवर्तनका लागि व्यवसायीले महत्वपूर्ण भूमिका खेलेको बताए ।
विजौरी उद्योग वाणिज्य संघमा अहिले ४ सय ४२ जना व्यवसायी आवद्ध रहेका छन् । अधिवेशनले नयाँ नेतृत्व चयनसमेत गर्नेछ ।
संघमा नयाँ नेतृत्व चयनका लागि आज आइतबार बिहानसम्म सहमति खोजिने र सर्वसम्मत नभए निर्वाचन हुने संघका प्रेस सल्लाहकार राकेश बस्नेतले जानकारी दिए । साधारणसभा तथा अधिवेशन उद्घाटन कार्यक्रमको सहजीकरण विरेन्द्र खड्काले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here