- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeविचारश्री खैरावाङ भगवतीको चिनारी

श्री खैरावाङ भगवतीको चिनारी

- Advertisement -spot_img

गोविन्द बहादुर बस्नेत
‘सल्यानी दाजु’

सल्यान जिल्ला कर्णाली प्रदेश हिवल्चामा स्थापित श्री भुवनेश्वरी भवगतीको चिनारी यस्तो रहेको पाइन्छ । हाम्रो नेपाल भौगोलिक बनावट कतै फाँट र धेरैजसो पहाडै पहाड रहेको छ तापनि आफ्नै महत्व बोकेको छ ।
यो खैरावाङ भगवती भुवनेश्वरी भनि चिनिने खैरावाङ भगवती डोल्पा जिल्ला त्रिपुराकोट नगरपालिका अन्तर्गतबाट पुतली रूपमै कुन युगमा हो थाहा भएन यिनै देवी त्यहाँदेखि आउनाको कारणसमेत खुलाएर मलाई एकजना बुद्धिजीवि शिद्धकुमाख गाउँपालिका वडा नं. २ मा बस्ने गुमानसिंह बस्नेतले आफ्नो बाजेबाट बुझ्दै आएको कुरा बताउनुहुन्छ ।
हाम्रो नेपाल विकटै हुँदा त्यहाँ हिउँ पर्ने र धेरै जाडो हुने मुख्यबाली मकैं, जौं, गहुँ, कोदो, तितेफापर हुने हुँदा त्यसैको परिकार बनाई खाने देवी देवतालाई अक्षताको आवश्यक पर्दा पाखे धान छर्ने गर्दा रहेछन् ।
कुनै ठूलो चाडपर्वजस्तै बडादसैँमा भात पकाई खाँदा स–साना केटाकेटीले अचम्म मानेर खादैनौं बाबा आमा भनेर बावाआमा किरी हो भनेर भाग्ने गर्दथे रे !
त्यसैले समयमा डोल्पा त्रिपुराकोट नगरपालिकामा गाउँलेहरूले धान कुटी चामल बनाउँदा गाउँले भरिले एकै ठाउँ ठूलो ढुंगामा ढुंगैको ओखल ढुंगैको मुशल बनाई धान कुट्न लागेपछि चामल, जतिपाथी धान कुटेको हो, उति पाथी चामल हुन जाने यस्तो अदभूत शक्ति कसरी भयो ?
भन्ने गाउँलेलाई कौतुहल हुँदा जान्नको लागि यहि ढुंगाको शक्ति हो, यसमा के रहेछ भनेर सबै गाउँले अन्जानमै नचिन्नेलाई श्रीखण्ड खुर्पाको बिड भनेझै गाउँले सबै मिलेर त्यो ठूलो ओखल ढुंगा खन्न लागेछन् ।
दिनभर खनि नसक्दा भोली खनौला भनेर छाडी गएछन् भोलीपल्ट जाँदा त्यहाँ जस्ताको त्यस्तै देखेछन् र झनै यसभित्र के–के नै होला भनि रातदिन लगाई खन्न लाग्दा त्यो ओखल ढुंगा पल्टाएर हेर्दा प्वाल भेटिएछ ।
त्यस प्वालबाट किसिम किसिमका पुतली निस्किदै पूर्व, पश्चिम चारै दिशा फैली उडेछन् । त्यसमध्ये एउटा पुतली हिवल्चाको जंगलमा गै प्वालभित्र पसेछ ।
हिवल्चाका गाई बस्तुभाउ चराउन गएको गोठालाले देखेछ, कान थापेर सुन्दा अनेक किसिमका आवाज शारदा नदी बगेको कलकल आवाज सुनिएछ ।
लौरोले त्यो प्वालभित्र नपुगी लामो टिगँस्नो प्वालभित्र हाली हेर्दा टिगोलोको टुप्पामा रगतदेखि घर गई सबैसँग यथार्थ कुरा बताएछ र त्यस रात हिवल्चामा हावा हुरी, मुसल्धारे पानी परी उत्पात मच्चिएछ ।
त्यहाँका जानकारहरूले जोतिषी, धामीहरूलाई हेराउँदा देवीको छल हो भनि मन्दिर बनाएर पूजा गराँैला शान्ति गर देवी भनेर भाकल गरेपछि शान्ति भएछ । सानो मन्दिर बनाएर भुवनेश्वरी देवीको नाम राखी पूजाआजा गर्न लागेछन् ।
राजा महाराजा आएर पूजाआजा गरी मन्दिरको राम्रो व्यवस्थापन गरेका छन् । यहाँ बडादसैँ, चैते अष्टमीमा ठूलो मेला लाग्ने र हजारौं बली, पञ्चबली दिएर वर माग्ने चलन पनि छ । दसैँभर ब्राह्मणहरूले वेद पाठ,
चण्डी दुर्गाकवच पाठ गर्ने थुप्रै ब्राह्मण छन् । अघिपछि पनि दर्शन गर्ने भक्तजनहरू आउने गरेका छन् । साँच्चिकै बताउँदा पर्यटकीय तीर्थस्थल मानिएको यस मन्दिर व्यवस्था पनि विधि विधानअनुसार चल्दै आएको छ ।
अलौकिक शक्तिका कुरा गर्दा एकपटक यस गाउँदेखि टाढा मन्दिरमा शान्तिको लागि उदाएको परेवा एकजनाले छोपेर मारी खाएछ । उसकी श्रीमतीले कानमा लगाएको सुन १ तोलाको चेप्टे सुन खाना पकाउँदै अकस्मात हराएछ,
धामी जोतिषीलाई हेराउँदा देवीको छल हो, देवीको पूजा गरी बली चढाउनुपर्छ अनि मात्र सुन भेटिने सम्भावना देखिन्छ भनेपछि खैरावाङ भगवतीलाई चढाउने एउटा ठूलै बोका लगि पूजा गरी बली दिने बेला तिल,
जौं अक्षता लगि मंसाउँदा बोकाले मानेनछ, त्यसै खुकुरीले हान्दा बोकाको गर्धनमा एक रौं पनि काटिएन छ । अर्को पटक हान्दा बोकालाई काट्न नसक्दा त्यसै छाडी अर्को बोका लगि परेवा उडाएपछि मात्र बोका छिनालेछ । घर गई अगेनामा आगो बाल्दा सुन चुलोभित्र भेटिएछ ।
यिनी देवीको मुसल स्थान डोल्पा भएको हुँदा त्यहाँ त्रिपुरादेवी नामले प्रसिद्ध छन् । हाम्रा परम पूर्खादेखि मान्दै आएको हिन्दू धर्माबलीहरू हिन्दूधर्म परम्परा,
संस्कृति संस्कार जीवन्तरहित होस् र स्थानीय सरकारले आफ्नो गाउँ ठाउँमा भएका मठमन्दिर शक्ति पीठहरूलाई कर्णाली प्रदेशसम्म पु¥याई चिनारी बनावस् भन्ने मेरो अनुरोध छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here