- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबरहिमालको १६औं वार्षिकोत्सव

हिमालको १६औं वार्षिकोत्सव

- Advertisement -spot_img

तुलसीपुर, २६ माघ । तुलसीपुरमा रहेको हिमाल एकाडेमीले शुक्रबार आफ्नो १६औं वार्षिकोत्सव मनाएको छ । विद्यालयले विभिन्न कार्यक्रम गरी आफ्नौ १६औँ वार्षिकोत्सव मनाएको हो ।
विद्यालयका प्रिन्सिपल मधुसुदन केसीको अध्यक्षता र निजी विद्यालयहरूको छाता संगठन प्याव्सनकी केन्द्रीय सदस्य सरिता देवकोटाको प्रमुख आथित्यमा कार्यक्रम भएको हो ।
विद्यालयको वार्षिकोत्सव समारोहलाई सम्वोधन गर्दै केन्द्रीय सदस्य देवकोटाले बालबालिकाको रूचि र चाहनाअनुसार अगाडि बढ्नका लागि अभिभावक तथा शिक्षकले प्रेरणा दिनुपर्ने बताइन् ।
‘बालबालिका माथि चाप दिनुहुन्न, पाईलट बन्नुपर्छ भनेर अभिभावकले आफ्नो चाहना लाद्नु गलत हो’ देवकोटाले भनिन् ‘त्यस्तो चापले बालबालिकाको भविष्य अन्धकारमा धकेलिन सक्छ ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनयकुमार मिश्रले बालबालिकाको लागि विद्यालय एउटा सुन्दर बगैचा सरह बनाउनुपर्ने बताए ।
‘संस्कार, सीप र प्रविधिको प्रयोग अबको आवश्यकता भएको औंल्याउँदै मिश्रले ती कुराहरूको अनुशरणले बालबालिकाको भविष्य उज्ज्वल बनाउने बताए ।
प्रिन्सिपल मधुसुधन केसीले अभिभावकको मायाले हिमालले अहिलेसम्मको उचाई प्राप्त गरेको स्मरण गर्दै भविष्यमा पनि यस्तै अपार माया र सद्भाव पाउने अपेक्षा गरे ।
विद्यालयका भाइस प्रिन्सिपल एमुकेश कुमारको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीरकण शिक्षिका अनिमा वैद्यले गरेकी थिइन् ।
त्यसक्रममा गत सालको वार्षिक परीक्षामा विभिन्न कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल बालबालिकालाई मेडलले सम्मान गरिएको थियो । कार्यक्रममा बालबालिकाले विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here