- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरसल्यानमा राजस्व संकलन कार्यालय

सल्यानमा राजस्व संकलन कार्यालय

- Advertisement -spot_img

माघ, २६ सल्यान । सल्यान उद्योग वाणिज्य संघ सल्यानको पहलमा सल्यान र रुकुम जिल्लालाई मध्यनजर गर्दै कर सेवा राजस्व संकलन केन्द्र कार्यालय सल्यानमा स्थापना हुने भएको छ । नेपाल सरकार मन्त्रिपरिषदको निर्णय अनुसार ग्राहकको सेवालाई मध्यनजर गर्दै सल्यानमा करदाता सेवा कार्यालय स्थापना गर्न लागिएको हो ।
उद्योगी, व्यवसायीहरुको सेवालाई मध्यनजर गरी यसै आर्थिक बर्षभित्र अनिवार्य रुपमा लागू हुने गरी केन्द्रबाटै करदाता सेवा कार्यालय खोल्न लागेको संघका बरिष्ठ उपाध्यक्ष कुमार बुढाथोकीले बताए ।
टाढाको दूरी हुँदा उद्योगी, व्यवसायीलाई कर तिर्न समस्या भएपछि करदाता सेवा कार्यालय थप गरेको हो । सल्यान र रुकुमका ब्यापारीका निम्ति कर बुझाउन लामो समय लगायर दाङ जानुपर्ने बाध्यता रहेकोमा अब भने सल्यानमै स्थापना गरिन लागिएको महासचिव भरत बस्नेतले बताए ।
सल्यानका ब्यापारीका हकहितको लागि संघले विभिन्न समयमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङसँग समन्वय गरि राजस्व संकलन गर्ने गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here