- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeसम्पादकीयचर्चा हुन्छ काम हुँदैन

चर्चा हुन्छ काम हुँदैन

- Advertisement -spot_img

टरिगाउँ विमानस्थलको पूर्वाधार विकास र आवश्यक सुधारका लागि सधै चर्चा चल्छ । तर त्यो अहिलेसम्म पूर्णरूपमा पूरा भएको देखिदैन । फेरी एक पटक इन्धन डिपो, रनवेय विस्थार र इन्धनको व्यवस्थापनको लागि ब्राउजरको व्यवस्था हुने विषयले राम्रो चर्चा पाएको छ ।
आयल निगमको पदाधिकारी सहितको पूर्ण टोली दाङमा आएर यस विषयमा अन्तरक्रियासमेत गरेको छ । यस्ता कार्य पहिला पनि पटक–पटक हुँदै आएका थिए । विभागीय मन्त्रीदेखि निगमका पदाधिकारी सहभागी भएर ।
तर काम हुन अहिलेसम्म नसकिरहेको बेलामा पुन यसले चर्चा पाउनु अस्वभाविक हैन । तर स्थापना हुनेमा भन्ने शंका रहन्छ नै । अहिले नेपाल एयरलाइन्सले दैनिक हवाईसेवा दिइरहेको छ । आफैले इन्धन बोकेर ।
यो समस्या हटेमा मात्रै पनि दाङको हवाई सेवाले निरन्तता पाउने विश्वास गरिदै आएको छ । टरिगाउँ विमानस्थलमा हवाईसेवा नियमित भइरहनु भनेको यस क्षेत्रका आम नागरिकको सेवा बढाउनु हो । विगतमा जस्तौ पटक–पटक उडान भर्ने र कारणले देखाउँदै बन्द हुने अवस्था अब आउनु हँुदैन ।
स्थानीय भक्कुप्रसाद आचार्यले २०११ सालमा पहिलो पटक टरिगाउँमा विमानस्थलको निर्माण गरेर जहाज बसालेका थिए । आचार्यको यो प्रयास निरन्तर रूपमा २०५६ सालसम्म चल्यो ।
जति बेला घाँसे मैदानमा टुइनेटर विमान अवतरण हुन्थ्यो । अहिले घाँसे मैदान बल्याकटप भएको छ । सानो जहाज पनि नियमित छ । योभन्दा पहिले पटक–पटक गरेर छ पटक टरिगाउँ विमानस्थलको हवाईसेवा अनियमित भइसकेको छ ।
अहिले पनि इन्धनकै यो समस्या नआवस् भन्ने कामना सबै छ । राज्यको आधिकारिक हवाई सेवा कम्पनीले उडान थाल्नु र एक वर्षदेखि नियमित उडान भर्नुले हवाई सेवाले विश्वासत जितेको छ ।
तर पटक–पटक हुने चर्चाले पूर्ण विश्वास दिलाउन सकेको छैन । यही एयरपोर्ट सञ्चालनमा समेत विभिन्न बहाल खोजेर विकल्पको कुरा पनि सार्वजनिक त भएको छ । एउटै एयरपोर्टमा आवश्यक पूर्वाधार पूरा नभएको अवस्थामा विकल्पको कुराले सम्भव टाढा देखाउँछ ।
टरिगाउँ एयरपोर्टमा इन्धन डिपो स्थापनाका लागि जिल्लामा राजनीतिज्ञ र जनप्रतिनिधिहरूले लाग्नु आवश्यक छ । त्यही अनुसार दवाव दिनसकेमा मात्रै विकास र पूर्वाधारले गति लिने हो । नत्र कुरा गर्ने पूरा नहुने रोग चलिनै रहन्छ । अहिलेसम्मको प्रयास सह्रानीय भए पनि राजनीतित्रको प्रयास अपूरो छ ।
त्यसतर्फ अझै सोच्नुपर्ने देखिन्छ । घाँसे मैदानलाई कालोपत्रे गर्न भूमिका खेल्ने तत्कालिन नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्टदेखि वर्तमान अवस्थामा वायुसेवा निगमको जहाज ल्याउनेतर्फ लागेका तुलसीपुरमा नगरप्रमुख घनश्याम पाण्डे गरेको कार्य उच्च छ । यहाँको हवाईसेवा दीर्घकालिन र भरपर्दाे बनाउनेतर्फ सबै लाग्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here