Friday, April 26, 2024
Homebreaking-news‘अभियानमा सबै सहभागी बनौं’

‘अभियानमा सबै सहभागी बनौं’

- Advertisement -spot_img

हात्तीपाइले रोगविरूद्धको अभियान आजदेखि …
दाङ, २५ माघ । हात्तीपाइले रोग निवारणका लागि दाङमा दशौँ चरणमा हात्तीपाइले रोगविरूद्धको औषधि शनिबार(आज)देखि खुवाइदै छ ।
जिल्लाका दशवटै स्थानीय तहमा रहेका सरकारी तथा निजी स्वास्थ्य संस्थामार्फत औषधि खुवाइने भएको हो । नवौँ चरणमा पनि अभियान सफल हुन नसकेपछि दशौँ पटक औषधि खुवाउन लागिएको हो ।
दाङमा गत वर्ष ५७ प्रतिशत नागरिकले मात्रै औषधी खाँदा अभियान नै फेल भएका कारण थप दुई बर्ष औषधी सेवनको कार्यक्रम ल्याएको छ । दशौँ चरणमा जिल्लामा ६ लाख ४४ हजार ५ सय ६३ जनालाई हात्तीपाइले रोगविरूद्धको औषधी खुवाउने लक्ष्य रहेको छ ।

दाङमा गत वर्ष ५७ प्रतिशत नागरिकले मात्रै औषधी खाँदा अभियान नै फेल भएका कारण थप दुई बर्ष औषधी सेवनको कार्यक्रम ल्याएको छ । दशौँ चरणमा जिल्लामा ६ लाख ४४ हजार ५ सय ६३ जनालाई हात्तीपाइले रोगविरूद्धको औषधी
खुवाउने लक्ष्य रहेको छ ।

दाङमा हाईड्रोसील भएका १ हजार ६ सय ११, खुट्टा सुन्निएका ४ सय २९ र हाइड्रोसीलसँगै खुट्टा सुन्निएका १६ गरी २ हजार ५६ जनामा हात्तीपाइलेको संक्रमण रहेको स्वास्थ्य कार्यालयको तथ्यांकमा छ । औषधीको सामान्य असरलाई ठूलो हल्लाको रूपमा लिदा अभियान प्रभावित भएको सरकारको भनाई छ ।

तुलसीपुर स्वास्थ्यकर्मीसँग अन्तरक्रिया

तुलसीपुरमा अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीसँग अन्तरक्रिया गरिएको छ । तुलसीपुरमा रहेका निजी तथा सरकारी अस्पतालका स्वास्थ्यकर्मीलाई शुक्रबार प्रशिक्षण दिइएको हो ।
स्वास्थ्यकर्मी गम्भीर भएमा अभियान प्रभावकारी हुने भन्दै तुलसीपुरका निजी तथा सरकारी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी गम्भीर हुनुपर्ने बताएका थिए ।
राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. प्रताप पोखरेलको अध्यक्षतामा कार्यक्रम भएको हो । उपमहानगरपालिकामा रहेका १ लाख ४८ हजार ८ सय ३६ जनालाई औषधि खुवाउन २ सय १८ जना महिला स्वास्थ्य स्वयम्सेविका पनि परिचालन हुने स्वास्थ्य शाखा प्रमुख ओम पि न्यौपानले जानकारी दिए ।
अभियानलाई सफल बनाउन तुलसीपुरमा राप्ती प्रादेशिक अस्पताल, उपमहानगरपालिकामा विभिन्न स्वास्थ्य संस्था र निजी स्वास्थ्य संस्थामार्फत पनि स्वास्थ्यकर्मीको निगरानीमा औषधि खुवाइने उनले बताए ।
अभियान प्रभाकारी बनाउन सबैभन्दा बढी अभियानमा संलग्न हुने स्वास्थ्यकर्मी गम्भीर हुनुपर्ने जनस्वास्थ्य निरीक्षक विमल केसीले बताए ।
स्वास्थ्यकर्मीमार्फत औषधी खुवाउन लागिएको भन्दै सबैभन्दा बढी गम्भीर स्वास्थ्यकर्मी हुनुपर्ने बताए । शाखाले पनि अभियानलाई प्रभावकारी बनाउन ४ सय ९६ जना स्वास्थ्यकर्मी परिचालन गर्न लागेको छ ।

तीन स्थान बढी जोखिममा

दाङ तीन स्थान हात्तीपाइले रोगको बढी जोखिममा देखिएका छन् । तुलसीपुर, घोराही र देउखुरी क्षेत्र हात्तीपाइले रोगको संक्रमणको बढी जोखिम देखिएका हुन् । जिल्ला स्वास्थ्य कार्यालयले तीन वर्ष अघि गरेको सर्वेक्षणमा जिल्लाका तीन स्थान बढी जोखिम देखिएका हुन् ।
जिल्लाका चार स्थानमा १ हजार २ सय २२ जनामा गरिएको सर्वेक्षणमा तीन स्थानमा संक्रमितको संख्या भेटिएको हो । तुलसीपुरको टरिगाउँमा ३०६ जनामा गरिएको सर्वेक्षणमा ५ जनामा,
घोराहीको नारायणपुरमा ३०४ जनामा गरिएको सर्वेक्षणमा २ जनामा र राप्ती गाउँपालिकाको सिसहनियामा ३०८ जनामा गरिएको सर्वेक्षणमा ११ जनामा हात्तीपाइले रोगको संक्रमण भेटिएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here