- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबरप्रतिष्ठानको फार्मेसीमा २० प्रतिसत छुट

प्रतिष्ठानको फार्मेसीमा २० प्रतिसत छुट

- Advertisement -spot_img

घोराही, २४ माघ । बिरामीलाई जाँच गराईसकेपछि औषधी किन्नु पर्ने अनिवार्य जस्तै छ । तर औषधी कति रूपैयाँ पर्छ ? औषधी किन्दा कति नाफा लिन्छन् भनेर कसैले ध्यान दिएको पाईदैन् ।
औषधी बिक्रेताहरूले जति रूपैयाँको औषधी भन्छन् त्यति पैसा बुझाएर औषधी प्रायले लिने गरेका छन् । औषधीको मूल्य हेर्ने हो भने फरक–फरक पसलमा फरक–फरक मुल्यमा औषधी खरिद गर्दै आईरहेका छन् ।
तर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गर्दै आएको अस्पताल फार्मेसीमा सस्तोमा औषधीमा बिक्री गर्दै आईरहेको दावी फार्मेसीले गरेको छ ।
फार्मेसीले कुनै पनि औषधीमा २० प्रतिशत मात्रै मार्जिन राखेर औषधी बिक्री गर्ने गरेको बताएको छ । ‘ग्याष्ट्रिकको औषधीलाई एकपत्ता अन्य औषधी पसलमा ८० रूपैयाँमा बेच्ने गर्छन्’
रामपुरकी विनसरी नेपालीले भनिन् ‘प्रतिष्ठानको फार्मेसीमा ५० रूपैयाँमा बेच्ने रहेछ ।’ उनले करिव नौ महिनादेखि ग्याष्ट्रिकको औषधी खाईरहेकी छन् ।
‘औषधी सकिएको थियो एकपत्ता ग्याष्ट्रिकको औषधि किन्नु प¥यो भनेर सधै जस्तो ८० रूपैयाँ लिएर आएको थियो’ उनले भनिन् ‘३० रूपैयाँ फिर्ता आयो ।’ अन्य पसलमा भन्दा सस्तोमा औषधी पाउने गरेको उनको महसुुस छ ।
घोराही भरतपुरका पूर्ण केसीले पनि अन्य औषधी पसलको तुलनामा सस्तोमा औषधी पाइने गरेको बताए । ‘प्रतिष्ठानमा स्वास्थ्य जाँच गराएर बाहिरबाट नै औषधी लैजाने गरेको थिए, एउटै मूल्य होला भनेर’ उनले भने ‘एउटा पत्तामा औषधी खरिद गर्दा एक सय ८६ सम्म फाईदा रहेछ ।’
फार्मेसीमा सस्तोमा औषधी पाईन्छ भनेर अझै पनि बिरामीहरूलाई बुझाउन नसकेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालनमा रहेको फार्मेसीका सिनियर फार्मसिस्ट विजय रेग्मीले बताए ।
‘सबै औषधीहरू हामीले टेण्डरमार्फत खरिद गर्ने गर्छौ’ सिनियर फार्मसिस्ट रेग्मीले भने ‘जसले सबैभन्दा सस्तोमा टेण्डर हाल्नुहुन्छ, उहाँहरूमार्फत नै औषधी खरिद गर्छौ ।’
जसले गर्दा अन्य मेडिकलको तुलनामा औषधी सस्तो पर्ने गरेको उनले बताए । फार्मेसीले प्रत्येक औषधीमा २० प्रतिशत मात्रै मार्जिन राख्ने गरेको उनले बताए ।
अन्य मेडिकलहरूले डाईरेक्ट औषधी मगाउने र कम्पनीको रेट अनुसार पैसा पनि महंगो पर्ने गरेको उनको भनाई छ । ‘यो अस्पतालको फार्मेसी हो, यहाँ धेरै औषधी बिक्री हुन्छ भन्ने औषधी कम्पनीहरूले बुझेका हुन्छन्’
रेग्मीले भने ‘सस्तोमा धेरै विजनेस गर्ने भएकाले औषधीको मूल्य पनि सस्तो पर्न जान्छ ।’ फार्मेसी निर्देशिका २०७२ अनुसार नै सस्तोमा औषधी वितरण गर्न गरेको बताए । नाफारहित फार्मेसी भएकाले कम मार्जिन राखेर औषधी बिक्री गर्ने गरेको उनले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here